२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

हावा गफ दिएर अरुलाई मख्ख बनाउने विराटनगरका मेयर

Logo

विराटनगर, वैशाख १७ 
विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीको पछिल्लो समय विभिन्न कारणहरूबाट पटक–पटक आलोचित बन्दै आइरहेका छन् । कोभिड १९ का बिमारीलाई उपचारमा सहयोग पुग्ने भन्दै कोशी अस्पताललाई हस्तान्तरण गरिएको रोवर्ट तथा सरकारले गरेको लकडाउन घोषणा गरेपछि विराटनगरमा अलपत्र परेका मानिसलाई काठमाडौँ पठाउँदा नागढुगांमा मानिस अलपत्र बनेपछि मेयर पराजुलीको आलोचना हुन थालेको हो ।

विराटनगरबाट काठमाडौँ हिँडेका मानिसको अलपत्र भएको घटना सार्वजनिक भएपछि मेयर पराजुलीले काठमाडौँबाट विराटनगर आउन चाहने विराटनगरवासीले धमाधम आफ्नो नाम काटेपछि काठमाडौँ पुगेको गाडी रित्तै विराटनगर फर्किएका छन् । समाचारस्रोतले दिएको जानकारीअनुसार मेयर पराजुलीले चुनाव जिते यता कुनै पनि नयाँ कार्यक्रम ल्याउन नसक्दा सधैँ आलोचित बन्दै आइरहेका छन् ।

गोपाल रेग्मी तत्कालीन महानगरका कार्यकारी अधिकृत भएका बेला ल्याइएको एडीबीको कार्यक्रमलाई आफ्नो कार्यक्रम भनेर पराजुली प्रचार गरेको उनलाई आरोप लाग्ने गरेको छ । तत्कालीन विराटनगर उपमहानगरको इतिहासमा महानगरको नेतृत्व गरेका अशोक कोइराला, रमेशचन्द्र पौडेलहरू काम गर्न नसकेर अहिलेसम्म पनि राजनीतिमा माथि उक्सन सकेका छैनन् । मेयर पराजुलीको पनि हविगत त्यस्तै हुने अवस्था आएको स्थानीयहरूले बताएका छन् ।

मेयर पराजुलीको निकट रहेका एक जानकारले बाल्यकालदेखि नै काम नगरे पनि हावा गफ दिएर भए पनि अरुलाई मख्ख बनाउने क्षमता पराजुलीमा भएको दाबी गरे । मेयर पराजुली विराटनगरमा कहिले १० रूपैयाँको भरपेट भात खुवाएर त कहिले टाइसुट लगाएर हिलोमा डुंगा तानेर पटक–पटक चर्चामा आउने गरेका छन् ।

पराजुली मेयर भएपछि नगरपालिकामा संकलित राजस्व र केन्द्र एवं प्रदेश सरकारले दिने अनुदानबाहेकका बजेटका कार्यक्रम कुनै ल्याउन सकेका छैनन् । उनले ल्याएको फ्री वाइफाइ जोन कार्यक्रम कहाँ पुग्यो कुनै नगरवासीसमेत जानकार छैनन् । अहिलेसम्म पनि उनले घोषणा गरेका सबै स्थान फ्री वाइफाइ जोन भएका छैनन् । कतै भएका भए पनि अहिले बिग्रेभत्केको अवस्थामा रहेका छन् । रंगशालामा राखिएको वाइफाइको राउटरले काम गर्दैन । राजवंशी चोकको पार्कमा राखिएको वाइफाइको राउटर चोरी भएको छ । ट्राफिक चौकमा राखिएको वाइफाइको पैसा सकिएको महानगर स्रोतले बताएको छ ।

आर्थिक दैनिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]