०२ आश्विन २०८३, शुक्रबार
18-09-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

हावा गफ दिएर अरुलाई मख्ख बनाउने विराटनगरका मेयर

Logo

विराटनगर, वैशाख १७ 
विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीको पछिल्लो समय विभिन्न कारणहरूबाट पटक–पटक आलोचित बन्दै आइरहेका छन् । कोभिड १९ का बिमारीलाई उपचारमा सहयोग पुग्ने भन्दै कोशी अस्पताललाई हस्तान्तरण गरिएको रोवर्ट तथा सरकारले गरेको लकडाउन घोषणा गरेपछि विराटनगरमा अलपत्र परेका मानिसलाई काठमाडौँ पठाउँदा नागढुगांमा मानिस अलपत्र बनेपछि मेयर पराजुलीको आलोचना हुन थालेको हो ।

विराटनगरबाट काठमाडौँ हिँडेका मानिसको अलपत्र भएको घटना सार्वजनिक भएपछि मेयर पराजुलीले काठमाडौँबाट विराटनगर आउन चाहने विराटनगरवासीले धमाधम आफ्नो नाम काटेपछि काठमाडौँ पुगेको गाडी रित्तै विराटनगर फर्किएका छन् । समाचारस्रोतले दिएको जानकारीअनुसार मेयर पराजुलीले चुनाव जिते यता कुनै पनि नयाँ कार्यक्रम ल्याउन नसक्दा सधैँ आलोचित बन्दै आइरहेका छन् ।

गोपाल रेग्मी तत्कालीन महानगरका कार्यकारी अधिकृत भएका बेला ल्याइएको एडीबीको कार्यक्रमलाई आफ्नो कार्यक्रम भनेर पराजुली प्रचार गरेको उनलाई आरोप लाग्ने गरेको छ । तत्कालीन विराटनगर उपमहानगरको इतिहासमा महानगरको नेतृत्व गरेका अशोक कोइराला, रमेशचन्द्र पौडेलहरू काम गर्न नसकेर अहिलेसम्म पनि राजनीतिमा माथि उक्सन सकेका छैनन् । मेयर पराजुलीको पनि हविगत त्यस्तै हुने अवस्था आएको स्थानीयहरूले बताएका छन् ।

मेयर पराजुलीको निकट रहेका एक जानकारले बाल्यकालदेखि नै काम नगरे पनि हावा गफ दिएर भए पनि अरुलाई मख्ख बनाउने क्षमता पराजुलीमा भएको दाबी गरे । मेयर पराजुली विराटनगरमा कहिले १० रूपैयाँको भरपेट भात खुवाएर त कहिले टाइसुट लगाएर हिलोमा डुंगा तानेर पटक–पटक चर्चामा आउने गरेका छन् ।

पराजुली मेयर भएपछि नगरपालिकामा संकलित राजस्व र केन्द्र एवं प्रदेश सरकारले दिने अनुदानबाहेकका बजेटका कार्यक्रम कुनै ल्याउन सकेका छैनन् । उनले ल्याएको फ्री वाइफाइ जोन कार्यक्रम कहाँ पुग्यो कुनै नगरवासीसमेत जानकार छैनन् । अहिलेसम्म पनि उनले घोषणा गरेका सबै स्थान फ्री वाइफाइ जोन भएका छैनन् । कतै भएका भए पनि अहिले बिग्रेभत्केको अवस्थामा रहेका छन् । रंगशालामा राखिएको वाइफाइको राउटरले काम गर्दैन । राजवंशी चोकको पार्कमा राखिएको वाइफाइको राउटर चोरी भएको छ । ट्राफिक चौकमा राखिएको वाइफाइको पैसा सकिएको महानगर स्रोतले बताएको छ ।

आर्थिक दैनिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]

काठमाडाैं, भदाै २ । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेतमा मंगलबार बिहान भएको स्कार्पियो दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीलगायत ६ जना घाइते भएका छन्। काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको सवारी सडकबाट लगभग ५०–६० मिटर तल खोल्सामा खस्दा यो दुर्घटना भएको हो। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको छ भने बाँकी पाँच जनाको अवस्था मध्यम रहेको […]