३१ भाद्र २०८२, मंगलबार
16-09-2025 , Tue
Gold Silver Price (22 Bhadra 2082, Sunday)
Fine Gold 1 Tola NRs. 212500
Silver 1 Tola Nrs. 2515

तरकारीमा कालोबजारी : काठमाडौंका खुद्रा बजारमा तरकारी ६ गुणा महंगो

Logo
प्रकाशित बुधबार, बैशाख १७, २०७७

मनु बुढाथोकी
काठमाडाैं, बैशाख १७
लकडाउनको मौका छोपी काठमाडौंको व्यापारीहरुले तरकारीमा मनलाग्दी मुल्यविद्धि (कालोबजारी) गरेका छन् । सरकारले खाद्यान्न तथा अति आवश्यक उपभोग्य सामाग्रीहरुको मुल्यवद्धि गर्नेलाई कडा कारवाही गर्ने चेतावनी दिएतापनि खुद्रा तरकारी व्यापारीहरुले सरकारको चेतावनी तथा निर्देशनलाई टरपुच्छर लाएका छैनन् ।
कालिमाटी तरकारी बजारको दैनिक मुल्यसुची अनुसार हाल थोक–बजारमा टमाटर २२ रुपैयाँ, आलु ३२ रुपैयाँ, काउली १८ रुपैयाँ, मुला १२ रुपैयाँ, लौका १८, रायो साग ४५ रुपैयाँ प्रति केजीले विक्रिवितरण भईरहेका छ । तर उही तरकारीहरुको रेट बाहरी खुद्रा बजारमा ६ गुणा सम्म मंहगो छ । काठमाडौंका बाहिरी खुद्रा बजारमा अहिले टमाटर ६० रुपैयाँ, आलु ५० रुपैयाँ, काउली ६० रुपैयाँ, मुला ६० रुपैयाँ, लौका ७० रुपैयाँ, रायो १४० रुपैयाँ सम्म प्रति केजीले बिक्रि वितरण भईरहेको छ ।
सिधासिधी कालोबजारी
काठमाडौंको खुद्रा तरकारी व्यापारीहरुले हाल ६०० प्रतिशतसम्म मुनाफा राखेर तरकारी बेचबिखन गरिरहेको माथिको तथ्याङ्कले देखाउदछ । कुनै पनि वस्तुमा २० प्रतिशत भन्दा बढी मार्जिन राखे कानुनः कालोबजारी ऐन आकर्शीत हुन्छ । ६०० प्रतिशतसम्म मार्जिन राखेर तरकारी व्यापारीहरुले काठमाडौमा कालोबजारीकोे सिमा पार गरिदिएका छन् ।

अनुगमन छैन
कालीमाटि फलफुल तथा तरकारी विकास बोर्डका उप–निर्देशक तथा सुचना अधिकारी विनय श्रेष्ठले खुद्रा बजारमा तरकारीको भाउ सुनेर आफै पनि चकित पारेको बताए । “लकडाउनको कारण कुनै पनि तरकारीको मुल्य वृद्धि भएको छैन्, खुद्रा बजारको मुल्य सुनेर म आफै पनि चकित छु” उप–निर्देश श्रेष्ठ भन्छन् “तरकारीको मुल्य बारे सबैलाई थाहा होस् भन्ने उद्देश्यले वोर्डले दैनिक रुपमा तरकारीको मुल्य वेभसाइटमा अपडेट गरिरहेको छ सोही मुल्यलाई आधार बनाएर नियमक निकायले अनुगमन गर्नु पर्ने हो, नियमक निकायले नै अनुगमन गर्दैन भने हामीले के गर्न सक्छौ र ? ”
बजार भाउबारे अनुगमन गर्ने अधिकार सम्बन्धित जिल्लाको सिडिओ, स्थानीय तह र केही मान्त्रालयहरुलाई छ, तर हाल यी निकायहरु निकम्मा भईदिदा व्यापारीले जति भन्यो त्यती मुल्य तिरेर ग्राहकले तरकारी खरिद गर्नु परिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]

काठमाडौं, साउन ६। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गठाघर, भक्तपुर शाखामा कार्यरत कर्मचारी शान्ति राईले बीमा क्षेत्रमा ऐतिहासिक सफलता हासिल गरेकी छिन्। उनले सन् २०२६ को पहिलो मिलियन डलर राउन्ड टेबल (एमडीआरटी) सदस्यताको उपाधि प्राप्त गरेकी हुन्। यस उपलब्धिसँगै राईले नेपाली बीमा क्षेत्रमा नयाँ मापदण्डी स्थापना गरेकी छिन्। उनका अनुसार आफ्नो यो सफलताले केवल व्यक्तिगत […]