२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

तोरीको तेलमा भारी मुल्यवृद्धि नहुने : उद्योगी

मुल्यवृद्धिबारे अफवा फैलियाे
Logo

काठमाडाै‌ं, जेठ २९
तोरीको तेलमा कुनै पनि प्रकारको भारी मुल्यवृद्धि नगर्ने/नगराउने उद्योगीहरुले प्रतिवद्धता जनाएका छन् । उद्योगीहरुको मिलेमत्तो (कार्टलिङ)मा नेपालमा तोरीतेलको मुल्य बढ्न लागेको समाचार बाहिर आएपछि उद्योगीहरुले यस्तो प्रतिक्रिया दिएका हुन् ।
केही दिनदेखि विभिन्न संचारमाध्यममा उद्योगीहरुको मिलेमतोमा तोरीको तेल प्रतिलिटर २० देखि २५ रुपैयाँले वृद्धि हुन लागेको समाचार बाहिर आएको थियो । उक्त समाचारहरुको समेत खण्डन गर्दै उद्योगीहरुले त्यती ठुलो मात्रामा तोरीकोतेलमा मुल्यवृद्धि नहुने जिकिर गरेका छन् । मिडियामा आईरहेको मुल्यवृद्धिको कुरा अवफा मात्र भएको घैला तोरीे तेलका उत्पादक नरेश राठी बताएका छन् । “मिडियामा आएजस्तो प्रति लिटरमा २०/२५ रुपैयाँ मुल्यवृद्धि हुदैन, उपभोक्तालाई म ढुक्क हुन आग्रह गर्छु” राठी भन्छन् “तर लिटरमा ४/५ रुपैयाँ भने वृद्धि हुनसक्छ किनभने लडकाउनको कारण सबै समानको मोल र खर्च बढेको छ ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]