०३ चैत्र २०८१, सोमबार
17-03-2025 , Mon
Gold Silver Price (3 chaitra 2081, SUN)
Fine Gold 1 Tola NRs. 174600
Silver 1 Tola Nrs. 2060

तोरीको तेलमा भारी मुल्यवृद्धि नहुने : उद्योगी

मुल्यवृद्धिबारे अफवा फैलियाे
Logo
प्रकाशित बिहिबार, जेठ २९, २०७७

काठमाडाै‌ं, जेठ २९
तोरीको तेलमा कुनै पनि प्रकारको भारी मुल्यवृद्धि नगर्ने/नगराउने उद्योगीहरुले प्रतिवद्धता जनाएका छन् । उद्योगीहरुको मिलेमत्तो (कार्टलिङ)मा नेपालमा तोरीतेलको मुल्य बढ्न लागेको समाचार बाहिर आएपछि उद्योगीहरुले यस्तो प्रतिक्रिया दिएका हुन् ।
केही दिनदेखि विभिन्न संचारमाध्यममा उद्योगीहरुको मिलेमतोमा तोरीको तेल प्रतिलिटर २० देखि २५ रुपैयाँले वृद्धि हुन लागेको समाचार बाहिर आएको थियो । उक्त समाचारहरुको समेत खण्डन गर्दै उद्योगीहरुले त्यती ठुलो मात्रामा तोरीकोतेलमा मुल्यवृद्धि नहुने जिकिर गरेका छन् । मिडियामा आईरहेको मुल्यवृद्धिको कुरा अवफा मात्र भएको घैला तोरीे तेलका उत्पादक नरेश राठी बताएका छन् । “मिडियामा आएजस्तो प्रति लिटरमा २०/२५ रुपैयाँ मुल्यवृद्धि हुदैन, उपभोक्तालाई म ढुक्क हुन आग्रह गर्छु” राठी भन्छन् “तर लिटरमा ४/५ रुपैयाँ भने वृद्धि हुनसक्छ किनभने लडकाउनको कारण सबै समानको मोल र खर्च बढेको छ ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर ,२९ माघ । कृषिजन्य मेसिन ल्याउदा एकीकृत भन्सार जाँच चौकी विराटनगर रानीले अनावश्यक दुःख दिएको आरोप किसानहरुले लगाएका छन् । केही किसान र स्थानिय व्यवसायीको सम्लग्नतामा कम्वाइन हार्वेस्टर नामक मेसिन नेपाल ल्याउन लागिएको थियो । जुन अत्याधुनिक र नेपालका कृषकका लागि एउटा महत्वपूर्ण कृषि सामाग्री भनिएको छ । यो मेसिन विराटनगर भन्सार कार्यालय परिसर […]

विराटचाैक, माघ २७ । मोरङको सुन्दरहरैँचा-१० स्थित विराटचौकमा चौथो विराट एक्स्पो माघ ३० गतेदेखि फागुन १० गतेसम्म आयोजना हुने भएको छ । सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घले आयोजना गर्न लागेको यो एक्स्पोमा १९४ वटा स्टल रहने छन् । एक्स्पोमा औद्योगिक सामग्रीका ११४, कृषि तथा घरेलु सामग्रीका ४०, अटोमोबाइल्सका १५, होटलका १६ र मुख्य प्रायोजकका ९ वटा […]

विराटनगर, २१ माघ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वदेशी उत्पादित सामाग्री प्रयोगले मुलुकको अर्थतन्त्र बलियो हुने बताउनु भएको छ । उद्योग संगठन मोरङद्वारा आयोजित, ‘ विराट एक्स्पो–२०२५’ को आइतबार समापन कार्यक्रममा बोल्दै कार्कीले यस्तो बताउनु भएको हो । स्वदेशी उत्पादन प्रयोगले राष्ट्रिय पूँजीको विकास हुनका साथै मुलुकमा समृद्धी कायम हुने धारणा व्यक्त गर्नु भयो […]