०६ कार्तिक २०८३, बिहिबार
22-10-2026 , Thu
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

भाग्यमानी आमा

Logo

काठमाडौं, असार ४
अदालतमा एउटा मुद्दा आयो , जुन मुद्दाले सबैको दिमाग हल्लाइ दियो । अदालतमा सम्पत्ति विवाद र अन्य घरायसी विवादित केसहरु आइ नै रहन्छन् । तर यो मुद्दा धेरै नै फरक किसिमको थियो । एक ७० बर्षको बृद्ध व्यक्तीले आफ्नो ८० बर्षीय दाइलाई अदालतमा मुद्दा दिएका थिए । मुद्दामा यस्तो लेखिएको थियो कि , मेरो ८० बर्षको ठूलो दाजु , अब बृद्ध हुनुभयो । त्यसैले उ आफ्नो ख्याल पनि ठिकसँगले राख्न सकेको छैन । तर मैले प्रतिबन्ध लगाउदा पनि दाइ हाम्रो ११० बर्षकी आमाको स्याहार सुसार गरिरहेका छन् । म अहिले ठिक छु त्यसैले अब मलाई आमाको सेवा गर्नको लागि मौका दिनुपर्छ । र आमालाई स्याहार सुसार गर्नको लागी मलाई जिम्मा लगाइयोस ।

यो मुद्दाले न्यायाधीश महोदयलाई समय लिएर सोच्न बाध्य बनायो र कानुनी रुपमा यो मुद्दा निकै चर्चाको बिषय पनि भयो । न्यायाधीश महोदयले दुइभाइलाई सम्झाउनको लागि कोशिश गरे कि तपाइँहरु १५/१५ दिन राख्नुहोस् आमालाई । तर दुबै भाइलाई यो भनाइले केही असर पारेन । जेठो दाइको भनाई थियो कि “म आफ्नो स्वर्गलाई आफुबाट टाढा किन राखु ? आमाले यो भनुन् कि , आमा मसँग बस्दा कुनै समस्या छ । वा मैले आमाको स्याहार सुसार राम्रोसँग गरेको छैन भने अवश्य कान्छाभाईलाई आमाको जिम्मा लगाउँनुहोस्”
कान्छा भाइ भन्दै थिए कि बिगत ४० बर्षदेखि आमाको सेवा एक्लै गर्दै आइरहनुभको छ । आखिर म आफ्नो कर्तव्य कहिले पूरा गरुँ । निराश हुँदै न्यायाधीशले सबै प्रयास गरे तर कुनै हल भएन । अन्ततः न्यायाधीशले आमाको राय बुझ्नको लागि आमालाई उपस्थित हुनको लागि भने । र न्यायाधीशले सोधे कि तपाई दुईभाइ मध्य कुन भाइसँग बस्न चाहनु हुन्छ ? आमा ३० किलो जति वजनकी, धेरै नै कमजोर थिइन् । र धेरै नै मुस्किलले कान्छो छोराले दाजुको घरबाट बोकेर अदालतसम्म ल्याइ पुर‌्याएका थिए ।
आमाले दुःख मान्दै भनिन् “मेरो लागि दुबै छोरा बराबर छन म कुनै एउटाको पक्षमा फैसला सुनाएर अर्को छोराको मन दुखाउन चाहन्न । तपाईं न्यायाधीश हुनुहुन्छ , निर्णय गर्ने तपाईंको काम हो । जे तपाईं निर्णय गर्नुहुन्छ त्यही नै मान्य हुनेछ” आखिर न्यायाधीश महोदयले गरुँगो मन बनाएर निर्णय सुनाए कि यो न्यायलय कान्छो भाइको भावनामा सहमत छ कि जेठो दाजु साँचै नै बूढो र कमजोर हुनुहुन्छ । यस्तो अबस्थामा आमाको स्याहार सुसार गर्ने जिम्मा कान्छोभाइलाई दिने निर्णय गरियो ।
अदालतको फैसला सुनेपछि जेठो दाजु जोड-जोडले रुन लागे कि यस बृद्ध अबस्थामा मेरो स्वर्गलाई मबाट खोसियो । अदालतमा भएका न्यायाधीश सहित सबैजना रुन लागे ।

भन्नुको तात्पर्य यो हो कि यदि दिदी भाइ दाजु बहिनिमा झगडा होस् त यस स्तरको होस् । आमा मेरो हो । आमा मैले पाल्न पाउनुपर्छ भन्दै झगडा होस । र बृद्वाश्रममा पुर‍्याइएका छोराछोरिलाई थाहा लागोस कि बाआमाको महत्तव । बाआमालाई बृद्वाश्रमा राख्नु भनेको पाप हो । हामिले यो मुद्दाबाट यो शिक्षा पायौं कि, बुबाआमाको मन कहिले दुखाउनु हुँदैन ।
सन्तोष कार्किको फेसबुकवालमा भेटिएको लेख ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, २९ असोज। सरकारले शिक्षकहरूको सरुवा सम्बन्धी व्यवस्थामा फेरबदल गर्ने तयारी गरेको छ। स्थायी नियुक्ति पाएको एक वर्ष पूरा गरेका शिक्षकले अब सरुवाका लागि आवेदन दिन पाउने गरी शिक्षा नियमावली संशोधन गर्न लागिएको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौँ संशोधन अघि बढाउँदै सरुवाका लागि चाहिने सेवा अवधि छोट्याउने प्रस्ताव गरेको छ। हाल नियमावलीको […]

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]