२९ आश्विन २०८३, बिहिबार
15-10-2026 , Thu
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

भाग्यमानी आमा

Logo

काठमाडौं, असार ४
अदालतमा एउटा मुद्दा आयो , जुन मुद्दाले सबैको दिमाग हल्लाइ दियो । अदालतमा सम्पत्ति विवाद र अन्य घरायसी विवादित केसहरु आइ नै रहन्छन् । तर यो मुद्दा धेरै नै फरक किसिमको थियो । एक ७० बर्षको बृद्ध व्यक्तीले आफ्नो ८० बर्षीय दाइलाई अदालतमा मुद्दा दिएका थिए । मुद्दामा यस्तो लेखिएको थियो कि , मेरो ८० बर्षको ठूलो दाजु , अब बृद्ध हुनुभयो । त्यसैले उ आफ्नो ख्याल पनि ठिकसँगले राख्न सकेको छैन । तर मैले प्रतिबन्ध लगाउदा पनि दाइ हाम्रो ११० बर्षकी आमाको स्याहार सुसार गरिरहेका छन् । म अहिले ठिक छु त्यसैले अब मलाई आमाको सेवा गर्नको लागि मौका दिनुपर्छ । र आमालाई स्याहार सुसार गर्नको लागी मलाई जिम्मा लगाइयोस ।

यो मुद्दाले न्यायाधीश महोदयलाई समय लिएर सोच्न बाध्य बनायो र कानुनी रुपमा यो मुद्दा निकै चर्चाको बिषय पनि भयो । न्यायाधीश महोदयले दुइभाइलाई सम्झाउनको लागि कोशिश गरे कि तपाइँहरु १५/१५ दिन राख्नुहोस् आमालाई । तर दुबै भाइलाई यो भनाइले केही असर पारेन । जेठो दाइको भनाई थियो कि “म आफ्नो स्वर्गलाई आफुबाट टाढा किन राखु ? आमाले यो भनुन् कि , आमा मसँग बस्दा कुनै समस्या छ । वा मैले आमाको स्याहार सुसार राम्रोसँग गरेको छैन भने अवश्य कान्छाभाईलाई आमाको जिम्मा लगाउँनुहोस्”
कान्छा भाइ भन्दै थिए कि बिगत ४० बर्षदेखि आमाको सेवा एक्लै गर्दै आइरहनुभको छ । आखिर म आफ्नो कर्तव्य कहिले पूरा गरुँ । निराश हुँदै न्यायाधीशले सबै प्रयास गरे तर कुनै हल भएन । अन्ततः न्यायाधीशले आमाको राय बुझ्नको लागि आमालाई उपस्थित हुनको लागि भने । र न्यायाधीशले सोधे कि तपाई दुईभाइ मध्य कुन भाइसँग बस्न चाहनु हुन्छ ? आमा ३० किलो जति वजनकी, धेरै नै कमजोर थिइन् । र धेरै नै मुस्किलले कान्छो छोराले दाजुको घरबाट बोकेर अदालतसम्म ल्याइ पुर‌्याएका थिए ।
आमाले दुःख मान्दै भनिन् “मेरो लागि दुबै छोरा बराबर छन म कुनै एउटाको पक्षमा फैसला सुनाएर अर्को छोराको मन दुखाउन चाहन्न । तपाईं न्यायाधीश हुनुहुन्छ , निर्णय गर्ने तपाईंको काम हो । जे तपाईं निर्णय गर्नुहुन्छ त्यही नै मान्य हुनेछ” आखिर न्यायाधीश महोदयले गरुँगो मन बनाएर निर्णय सुनाए कि यो न्यायलय कान्छो भाइको भावनामा सहमत छ कि जेठो दाजु साँचै नै बूढो र कमजोर हुनुहुन्छ । यस्तो अबस्थामा आमाको स्याहार सुसार गर्ने जिम्मा कान्छोभाइलाई दिने निर्णय गरियो ।
अदालतको फैसला सुनेपछि जेठो दाजु जोड-जोडले रुन लागे कि यस बृद्ध अबस्थामा मेरो स्वर्गलाई मबाट खोसियो । अदालतमा भएका न्यायाधीश सहित सबैजना रुन लागे ।

भन्नुको तात्पर्य यो हो कि यदि दिदी भाइ दाजु बहिनिमा झगडा होस् त यस स्तरको होस् । आमा मेरो हो । आमा मैले पाल्न पाउनुपर्छ भन्दै झगडा होस । र बृद्वाश्रममा पुर‍्याइएका छोराछोरिलाई थाहा लागोस कि बाआमाको महत्तव । बाआमालाई बृद्वाश्रमा राख्नु भनेको पाप हो । हामिले यो मुद्दाबाट यो शिक्षा पायौं कि, बुबाआमाको मन कहिले दुखाउनु हुँदैन ।
सन्तोष कार्किको फेसबुकवालमा भेटिएको लेख ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]