०७ साउन २०८३, बिहिबार
23-07-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

पुराना टायर भारत तस्करी हुदा नेपाली टायर आयल उद्योगमा कच्चा पदार्थको अभाव

Logo

विराटनगर, साउन ९
पुराना टायरहरु अवैध ढंगले कवाडी मार्फत भारत निकासी हुदा नेपालको एक मात्र टायर आयल उद्योग “गोल्बल बायो इनर्जी” धरासायी बनेको छ । टायर आयल बनाउनको लागी चाहिने कच्चा पदार्थ(पुरानो टायर) नेपालमा आभाव हुदा दिन दिनै टायर आयल उत्पादन घटिरहेको संचालक विनित सिंगानियाले बताएका छन् ।
सिंगानियका अनुसार नेपालमा रहेका पुराना टायरहरु अवैध ढंगले भारत निकासी हुदा स्वदेशी टायर आयल उद्योगलाई कच्चा पदार्थको अभाव भएको छ । तस्करहरुले अवैध तरिकाले (ट्याक्स छलेर) पुरानो टायरहरु भारत पैठारी गर्दा नेपालमा टायर आयल बनाउनको लागी कच्चा पदार्थको अभाव भएको सिंगानियाको गुनासो छ ।
कच्चा पदार्थ आभावको कारण मासिक ३ सय ५० टन टायरको आयल उत्पादन गर्ने क्षमता भएको ग्लोबल बयो इनर्जी उद्योगले हाल २ सय टन टायरको मात्र आयल उत्पादन गर्दै आएको छ । फुल फेजमा मेसिन चलाएर आधा मात्र उत्पादन गर्दा उद्योगलाई ठुलो नोक्सानी भईरहेको संचालक सिंगानियाले बताए ।
नेपालमा उपलब्ध पुराना टायरहरु नेपालकै टायार आयल उद्योगलाई अपुग भईरहेको बेला, पुराना टायरहरु भारत निर्यात गर्न बन्देज लगाउन सिंगानियाले सरकारसमक्ष अग्रह समेत गरेका छन् ।
टायर आयल स्टील तथा अन्य ठुला ठुला उद्योगको मेसिनमा प्रयोग हुने गर्दछ । यसलाई विभिन्न खालका ईन्जीनको फ्युलको रुपमा समेत प्रयोग गर्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]

५ साउन, काठमाडौं । बिल लिने बानीलाई प्रोत्साहन दिन सरकारले नगद पुरस्कार योजना ल्याएको छ । अर्थ मन्त्रालयले “करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३” जारी गरी यो व्यवस्था लागू गरेको हो । योजनाअनुसार हरेक दिन एक जना उपभोक्ताले १ लाख ३३ हजार ३४ रुपैयाँ जित्नेछन् भने महिनामा दुई पटक हुने बम्पर उपहारमा दुई जनाले […]