३० भाद्र २०८३, मंगलबार
15-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

टेक्सासमा अन्धाधुन्ध गोली प्रहार, २० मारिए

मारिएकामा अधिकांस अमेरिकी, केही आफ्नो नागरिक पनि मारिएको मेक्सिकन सरकारको दावी
Logo

काठमाडौं, श्रावण १९
अमेरिकाको टेक्सासस्थित इआई पासोमा अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तीमा २० जनाको ज्यान गएको र २६ जना घाइते भएका अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । घटना सिलो भिस्टा मल नजिकैको वालमार्ट स्टोरमा भएको खुल्न आएको छ । घटना भएको क्षेत्र अमेरिका र मेक्सिकोको सीमा नजिकैमा पर्दछ ।
आक्रमणमा ज्यान गुमाउने र घाईते हुनेहरूको पहिचान र यकिन संख्या अझै खुल्न सकेको छैन् । यद्यपि, मेक्सिकोले आफ्ना केही नागरिकहरु पनि उक्त घटनामा मारिएको दावी गरिरहेको छ ।
सीसीटीभीमा कैद भएको भिडियोमा कालो टिसर्ट र इअर प्रोटेक्टर लगाएका व्यक्तिले एसल्ट राइफलमार्फत अन्धाधुन्ध गोली बर्साएको देख्न सकिन्छ । प्रहरीले २१ वर्षीय युवक प्याटरिक क्रुसिअसलाई उक्त घटनामा संलग्न भएको आशंकामा नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार, प्रारम्भिक अनुसन्धानका क्रममा उनी दल्लास(अमेरिकाको एक ठुलो नगर) का भएको खुलेको छ ।
अमेरिका लगाएतका पश्चिमा देशहरुमा यस्ता घटना बढेपछि नागरिकलाई बन्दुक राख्न दिइँदै आएको सुविधाबारे बहस चल्न थालेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाैं, असार ४ । अमेरिका–इरान अन्तरिम शान्ति सम्झौतापछि एसियाली सेयर बजारहरू बिहीबार स्थिर रहे। जापानको निक्केई सूचकले पहिलो पटक ७१,००० विन्दु पार गर्दै ऐतिहासिक रेकर्ड बनायो, जसमा सेमिकन्डक्टर र कृत्रिम बौद्धिकता (एआई) सँग सम्बन्धित सेयरहरूको योगदान उल्लेखनीय रह्यो। दक्षिण कोरियाली बजारमा पनि ०.९ प्रतिशत सुधार आयो। तेलको मूल्यमा उल्लेखनीय गिरावट आयो — अमेरिकी कच्चा तेल […]

काठमाडाैं, जेठ १०।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता “धेरैजसो वार्ता सम्पन्न” भइसकेको र छिट्टै विवरण सार्वजनिक हुने बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत ट्रम्पले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार र अन्य देशका नेताहरूसँग शान्तिसम्बन्धी समझदारी पत्रबारे “अत्यन्तै राम्रो कुराकानी” भएको जानकारी दिए। उनले होर्मुज जलडमरू पुनः खुला गर्ने विषय पनि सम्झौतामा समावेश भएको […]