२४ भाद्र २०८१, सोमबार
09-09-2024 , Mon

काेराेनालाई जितेर घर फर्किए विराटनगरका सुजन ( भिडियाे अन्तर्वार्ता )

Logo
प्रकाशित शुक्रबार, साउन २३, २०७७

विराटनगर, साउन २३

एक साताअघि मात्र कोरोना भारईसको सिकार भई आइसोलेशन सेन्टर भर्ना भएका विराटनगर निवासी सुजन दाहल पुर्णरुपमा निको भई बिहिबार घर फर्किएका छन् । एक हप्ताभित्रै करोनालाई पराजित गरेर घर फर्किएका दहाल  नेपालकाे सबै भन्दा छिटो कोरोना निको भएर घर फर्किने व्यक्तिहरुकाे लिष्टमा परेका छन्।

अत्यन्तै छोटो समयमा कारोनालाई पराजित गरेर घर फर्किएका दहालले आत्मबल दह्रो भए कोरानालाई पराजित गर्न सकिने प्रतिक्रिया दिएका छन् । “दुनियमा कोरोना बारे डर र भ्रम फैलाउने काम भईरहेको रैछ, समाचारहरु आएजस्तो कोभिड १९ डरलाग्दो र भयावय रोग हैन रछ” दाहलले भने “कोरोना संक्रमितहरु रोगले हैन समाजले देखाउन डरले मरिरहेका रैछन्, त्यसै कारण कोरोना र समाजको डर दुवै चिजसँग लड्नलाई उच्च मनोबलको आवश्यत्ता पर्दो रैछ ।”

दहालले कोराना भाइरस एउटा समान्य फ्युभन्दा बढी केहि नभएको समेत प्रतिक्रिया दिएका छन् । दाहल भन्छन् “ फोकटमा मान्छेलाई डराउने काम भैइरहेको रैछ संसारभर । कोरोना भाइरस एउटा समान्य रुगाखोकी जतिको पनि नहुदो रैछ । बरु रुखाखोकी लाग्दा असहज महशुस हुन्छ हप्तादिन केहि गर्न सकिदैन तर कोरोना लाग्दा त्यस्तो अफठ्योरो मैले केही महशुस गरिन ।” अर्कोतिर कोरोना एउटा औषधी पत्ता लाग्न नसकेको रोग भएको कारणले गर्दा रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, बृद्धि तथा बच्चाको लागी यो रोग जोखिमपुर्ण रहेको कुरा भने नकार्न नसकिने दाहलको भनाई छ ।

विराटनगर निवासी सुजन दहाल साहित्यकार एव कलाकर हुन् । उनलाई कोरोना पोजेटिभ देखिएपछि साउन १४ गते मोरगको गोठगाँउस्थित पूर्वाञ्चल विश्वविद्यालयमा रहेको आईसोलेन सेन्टर भर्ना गरिएको थियो । एक साताको क्वारेन्टाइन बसाईपछि पुनःचेकअप गराउदा करोना नेगेटिभ देखिएपछि दहाल साउन २१ गते डिस्चार्ज भई पुनः घर फर्किएका थिए । डाक्टरले पुर्णरुपमा डिस्चार्ज दिइसकेता पनि थप १४ दिनसम्म होम क्वारेन्टाईनमै बस्ने दाहले निधो गरेका छन् । कारोना लागेका वा नलागेका दुवै खाले व्यक्ति करोनासँग नडराउन र नआत्तिन आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वडामा भइरहेकाे समग्र काम बारे विराटनगर महानगरपालिका वडा नम्बर १२का अध्यक्ष हिरालाल कामतसँग गरिएकाे संक्षिप्त कुराकानी  वडा १२ मा दुइपटक वडा अध्यक्षको रूपमा निर्वाचित भइसक्नु भएको छ । किन जनताले तपाइलाई नै पुनः वडा अध्यक्षको लागि उपयुक्त ठाने ? यो त म प्रति जनताले देखाउनु भएको माया अनि विश्वास हो । यो भन्दा अगाडिको ५ […]

पुस ६ देखि १६ गते सम्म हुने अन्तर्राष्ट्रिय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी आयोजक संस्था मोरङ व्यापार संघ रहेको छ । संस्थाले एक्स्पो सन्चालनका लागि संघका उपाध्यक्ष अनिल साहलाई संयोजकको जिम्मेबारी दिएको छ । उनी संगै सह संयोजकको जिम्मेवारी अमित सारडा र सन्जय श्रेष्ठले पाएका छन् । सुस्ताएको आर्थिक गतिविधिलाई चलाएमान बनाउने उद्देश्यले प्रदर्शनी आयोजना […]

दिनेश खड्का विराटनगर, पुष २८ अर्थतन्त्र चलायमान नहुँदा व्यवसाय धरासयी बनेको भन्दै सुनचाँदी व्यवसायी संघ विराटनगरका अध्यक्ष शशिभुषण साहले चिन्ता व्यक्त गरेका छन् । चलिरहेको आर्थिक मन्दिको विषयमा जनचर्चा डट कमसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष साहले सबैभन्दा ठुलो प्रभाव सुनचाँदी व्यवसायीहरुलाई परेको जिकिर गरेका छन् । बैंकले निक्षेप बढाउन बढी ब्याज दिन थालेपछि सुनचाँदीको कारोबार […]