०३ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
Gold Silver Price (3 chaitra 2082, TUE)
Fine Gold 1 Tola NRs. 310400
Silver 1 Tola Nrs. 5350

‘अर्थतन्त्र ठप्प हुँदा सबैभन्दा ठुलो प्रभाव सुनचाँदी व्यवसायीहरुलाई पर्यो’

Logo

दिनेश खड्का
विराटनगर, पुष २८
अर्थतन्त्र चलायमान नहुँदा व्यवसाय धरासयी बनेको भन्दै सुनचाँदी व्यवसायी संघ विराटनगरका अध्यक्ष शशिभुषण साहले चिन्ता व्यक्त गरेका छन् । चलिरहेको आर्थिक मन्दिको विषयमा जनचर्चा डट कमसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष साहले सबैभन्दा ठुलो प्रभाव सुनचाँदी व्यवसायीहरुलाई परेको जिकिर गरेका छन् ।

बैंकले निक्षेप बढाउन बढी ब्याज दिन थालेपछि सुनचाँदीको कारोबार करिब करिब शुन्य नै बन्न पुगेको साहको गुनासो छ । “उपोभोक्तसँग पैसा छैन्, भएको केही पैसापनि बढी ब्याज आउने लोभले बैंकमा जम्मा गरेका छन्” साहले भने “अलि अलि पैसा दाल भात खान पनि चाहिहाल्यो, यस्तो बेलामा सुनचाँदी कसले किन्ने ?”

केही समयअघि बैंकको चर्को ब्याजविरुद्ध अग्रमोर्चामा रहि अन्दोलनमा उत्रिने व्यवसायीमा साह पनि पर्दछन् । चर्को ब्याजको समस्याको समाधानको लागी अर्थमन्त्री विष्णु पौडेलसँग टेवलटक गर्न साह एक दर्जन उद्योगी व्यापारी सहित पुष १२ गते काठमाडौं पुगेका थिए । जहाँ उनले चर्को ब्याज कटौति गर्नको लागी अर्थमन्त्रीसँग गरेको डेलिगेसनको सबैले प्रसंशा समेत गरेका थिए । विश्वासको मत पाएको केहि समयमै सरकारले ब्याज घटाउन सम्भव कदम चाल्ने अर्थमन्त्री पौडेलले अश्वासन दिएको स्मरण गर्दै व्यवसायीहरु सरकारको बाटो कुरी बसेको साहले बताए ।

विनियोजित बजेटको समयअनुसार खर्च हुननसक्दा बजारमा पैसाको अभाव खड्किएको साहको भनाई छ । अव नँया सरकारले बजेटलाई रफ्तारका साथ खर्च गरेर बजारमा आर्थिक तरलताको अभाव न्युनीकरण गर्न भुमिका खेल्नु पर्ने साहले सुझाएका छन् ।
बजारमा पैशाको अभाव भएपछि बैंकले समेत ठुलो ब्याजदर दिएर निक्षेपकर्तासँग पैशा उठाईरहेको र ऋणी उद्योगी व्यवसायीहरुले अनपेक्षित ब्याज तिर्नु परिरहेको समेत उनले गुनासो व्यक्त गरे । बैंकले ब्याज लिनेदिने बीचको मार्जिन स्प्रेड दर घटाएन भने उद्योग व्यापारी टाट पल्टने अवस्था आउने साहको चिन्ता छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वडामा भइरहेकाे समग्र काम बारे विराटनगर महानगरपालिका वडा नम्बर १२का अध्यक्ष हिरालाल कामतसँग गरिएकाे संक्षिप्त कुराकानी  वडा १२ मा दुइपटक वडा अध्यक्षको रूपमा निर्वाचित भइसक्नु भएको छ । किन जनताले तपाइलाई नै पुनः वडा अध्यक्षको लागि उपयुक्त ठाने ? यो त म प्रति जनताले देखाउनु भएको माया अनि विश्वास हो । यो भन्दा अगाडिको ५ […]

पुस ६ देखि १६ गते सम्म हुने अन्तर्राष्ट्रिय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी आयोजक संस्था मोरङ व्यापार संघ रहेको छ । संस्थाले एक्स्पो सन्चालनका लागि संघका उपाध्यक्ष अनिल साहलाई संयोजकको जिम्मेबारी दिएको छ । उनी संगै सह संयोजकको जिम्मेवारी अमित सारडा र सन्जय श्रेष्ठले पाएका छन् । सुस्ताएको आर्थिक गतिविधिलाई चलाएमान बनाउने उद्देश्यले प्रदर्शनी आयोजना […]

दिनेश खड्का विराटनगर, पुष २८ अर्थतन्त्र चलायमान नहुँदा व्यवसाय धरासयी बनेको भन्दै सुनचाँदी व्यवसायी संघ विराटनगरका अध्यक्ष शशिभुषण साहले चिन्ता व्यक्त गरेका छन् । चलिरहेको आर्थिक मन्दिको विषयमा जनचर्चा डट कमसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष साहले सबैभन्दा ठुलो प्रभाव सुनचाँदी व्यवसायीहरुलाई परेको जिकिर गरेका छन् । बैंकले निक्षेप बढाउन बढी ब्याज दिन थालेपछि सुनचाँदीको कारोबार […]