३१ भाद्र २०८२, मंगलबार
16-09-2025 , Tue
Gold Silver Price (22 Bhadra 2082, Sunday)
Fine Gold 1 Tola NRs. 212500
Silver 1 Tola Nrs. 2515

एक रातको १५० रुपैयाँ मात्र

Logo
प्रकाशित सोमबार, साउन २०, २०७६

 विराटनगर, साउन २०
विराटनगरस्थित सहकारी मार्गमा जम्मा ७ करोडको लगानीमा सञ्चालनमा आएको बालाजी अतिथी भवन प्रा. लि ले गरिब आम नागरिकमा राहतको वातावरण सिर्जना गरेको छ ।

यही साउन ३ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको उक्त भवनले गरिब तथा विपन्न वर्गका जनतालाई एकदमै न्युनतम शुल्कमा बस्ने कोठा उपलब्ध गराउने भएपछि उनीहरूमा राहतको वातावरण सिर्जना भएको हो ।

विराटनगरमा आफ्नै ६ तल्ले भवनमा नयाँ अवधारणा स्वरुप सञ्चालनमा आएको उक्त अतिथी भवनले आम नागरिकको ध्यानाकर्षण गरिरहेको भवनका सञ्चालक सत्यनारायण अग्रवाल बताउँछन ।

उनका छोरा तथा उक्त अतिथी भवनका सह-सञ्चालक बजरंगलाल अग्रवालले विराटनगरका विभिन्न अस्पतालमा बाहिरबाट उपचारका निम्ति आउने गरिब तथा विपन्न वर्गका जनतालाई सहज होस भन्ने उदेश्यले उक्त भवन सञ्चालनमा ल्याएको बताए । उनले तत्कालै आफुसँग २०० स्क्वायर फिटको २० जना सम्म अटाउने सक्ने क्षमता भएको ५ वटा हल तयारी अवस्थामा रहेको बताए । उनले उक्त हलको प्रकृति अनुसार १०० रुपैयाँ र १५० रुपैयाँमा एक रात बस्नसक्ने गरि व्यवस्था मिलाएको जानकारी दिए ।

विराटनगरका अन्य होटल तथा रेष्टुरेन्टको तुलनामा उक्त अतिथी तुलनात्मक रूपमा सस्तो भएकोले पैसा तिर्न पनि सहज हुने सञ्चालक अग्रवालले बताए । खास गरि विराटनगर बाहिरबाट आउने नव आगन्तुकका लागि उक्त भवन उपयोगी साबित हुने उनको भनाई छ ।

उक्त अतिथी भवनमा हाल थप सेवा सुविधा अन्तर्गत चौबीसै घण्टा बिजुली र शुद्ध खानेपानीका साथसाथै सुरक्षाका दृष्टिकोणले सीसीटीभी क्यामेराको समेत व्यवस्था रहेको छ, भने उक्त भवनमा मदिरा र मांशाहारी खाद्यपदार्थ निषेधित गरिएको छ ।उनले उक्त अतिथी भवनमा थप ५० वटा जति रुम र ओटिस कम्पनीको लिफ्ट निर्माणाधिन अवस्थामा रहेको पनि बताए ।

हाल विराटनगरका अन्य होटलहरुमा एक रात बिताउन भने १५०० देखि ५००० रुपैयाँ सम्म तिर्नुपर्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]

काठमाडौं, साउन ६। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गठाघर, भक्तपुर शाखामा कार्यरत कर्मचारी शान्ति राईले बीमा क्षेत्रमा ऐतिहासिक सफलता हासिल गरेकी छिन्। उनले सन् २०२६ को पहिलो मिलियन डलर राउन्ड टेबल (एमडीआरटी) सदस्यताको उपाधि प्राप्त गरेकी हुन्। यस उपलब्धिसँगै राईले नेपाली बीमा क्षेत्रमा नयाँ मापदण्डी स्थापना गरेकी छिन्। उनका अनुसार आफ्नो यो सफलताले केवल व्यक्तिगत […]