१८ साउन २०८३, सोमबार
03-08-2026 , Mon
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

एक रातको १५० रुपैयाँ मात्र

Logo

 विराटनगर, साउन २०
विराटनगरस्थित सहकारी मार्गमा जम्मा ७ करोडको लगानीमा सञ्चालनमा आएको बालाजी अतिथी भवन प्रा. लि ले गरिब आम नागरिकमा राहतको वातावरण सिर्जना गरेको छ ।

यही साउन ३ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको उक्त भवनले गरिब तथा विपन्न वर्गका जनतालाई एकदमै न्युनतम शुल्कमा बस्ने कोठा उपलब्ध गराउने भएपछि उनीहरूमा राहतको वातावरण सिर्जना भएको हो ।

विराटनगरमा आफ्नै ६ तल्ले भवनमा नयाँ अवधारणा स्वरुप सञ्चालनमा आएको उक्त अतिथी भवनले आम नागरिकको ध्यानाकर्षण गरिरहेको भवनका सञ्चालक सत्यनारायण अग्रवाल बताउँछन ।

उनका छोरा तथा उक्त अतिथी भवनका सह-सञ्चालक बजरंगलाल अग्रवालले विराटनगरका विभिन्न अस्पतालमा बाहिरबाट उपचारका निम्ति आउने गरिब तथा विपन्न वर्गका जनतालाई सहज होस भन्ने उदेश्यले उक्त भवन सञ्चालनमा ल्याएको बताए । उनले तत्कालै आफुसँग २०० स्क्वायर फिटको २० जना सम्म अटाउने सक्ने क्षमता भएको ५ वटा हल तयारी अवस्थामा रहेको बताए । उनले उक्त हलको प्रकृति अनुसार १०० रुपैयाँ र १५० रुपैयाँमा एक रात बस्नसक्ने गरि व्यवस्था मिलाएको जानकारी दिए ।

विराटनगरका अन्य होटल तथा रेष्टुरेन्टको तुलनामा उक्त अतिथी तुलनात्मक रूपमा सस्तो भएकोले पैसा तिर्न पनि सहज हुने सञ्चालक अग्रवालले बताए । खास गरि विराटनगर बाहिरबाट आउने नव आगन्तुकका लागि उक्त भवन उपयोगी साबित हुने उनको भनाई छ ।

उक्त अतिथी भवनमा हाल थप सेवा सुविधा अन्तर्गत चौबीसै घण्टा बिजुली र शुद्ध खानेपानीका साथसाथै सुरक्षाका दृष्टिकोणले सीसीटीभी क्यामेराको समेत व्यवस्था रहेको छ, भने उक्त भवनमा मदिरा र मांशाहारी खाद्यपदार्थ निषेधित गरिएको छ ।उनले उक्त अतिथी भवनमा थप ५० वटा जति रुम र ओटिस कम्पनीको लिफ्ट निर्माणाधिन अवस्थामा रहेको पनि बताए ।

हाल विराटनगरका अन्य होटलहरुमा एक रात बिताउन भने १५०० देखि ५००० रुपैयाँ सम्म तिर्नुपर्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]

५ साउन, काठमाडौं । बिल लिने बानीलाई प्रोत्साहन दिन सरकारले नगद पुरस्कार योजना ल्याएको छ । अर्थ मन्त्रालयले “करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३” जारी गरी यो व्यवस्था लागू गरेको हो । योजनाअनुसार हरेक दिन एक जना उपभोक्ताले १ लाख ३३ हजार ३४ रुपैयाँ जित्नेछन् भने महिनामा दुई पटक हुने बम्पर उपहारमा दुई जनाले […]