२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

व्यक्तिगत खाता, संस्थागत कारोबार : ग्रील तथा स्टील व्यवसायी संघमा अनियमितता

Logo
प्रकाशित बिहिबार, मंसिर २५, २०७७

विराटनगर, मंसिर २५
ग्रील तथा स्टील व्यवसायी संघ, मोरङको नेतृत्वले संस्थागत कारोबार व्यक्तिगत खाताबाट संचालन गरी संस्थाभित्रै अनियमितता गरेको पाईएको छ । संस्थालाई वैधानिक ढंगले दर्ता गरी संस्थाकै नामबाट खाता संचालन गर्न संघका सदस्यहरुले बारम्बार बिनति गर्दा समेत नेतृत्वले खाता खोल्न रुची नदेखाएको सदस्यहरुको गुनासो छ ।
हाल संस्थाका सबै कारोबार संघका जिल्ला अध्यक्ष विनोद ढकाल र कोषाध्यक्ष विरेन कुमार राजवंशीको सयुक्त नाममा खोलिएको खाताबाट हुदै आएको छ । सो खातालाई यथासिघ्र बन्द गरि संघको नाममा खाता संचालन गर्नुपर्ने माग भईरहदा समेत संघका अध्यक्ष ढकालले अनसुनवाई गर्दै आएको संघका सदस्यहरुको भनाई छ ।
नेतृत्वले संस्थाको ब्यानरबाट पैशा उठाउने र व्यक्तिगत खातामा डिपोजिट गरि आफू खुशी संस्थाको रकम खर्च गर्ने गरेको संघका सदस्यको गुनासो समेत रहदै आएको छ । “अध्यक्ष र कोषाध्यक्ष ज्यूले संस्थाको ब्यानरबाट पैशा उठाएर आफ्नो व्यक्तिगत खातामा राख्नु हुन्छ, र त्यहीँबाट संस्थाको खर्च व्यहोर्ने भन्नुहुन्छ” स्रोत भन्छ “हामीलाई कसैको व्यक्तिगत खातामा कति पैशा छ ? कसरी खर्च गर्नुभयो भनेर सोध्न अफ्ठ्यरो हुन्छ र नैतिकताले पनि दिदैन । संस्थागत खाता खोलिदिएको भए हिसाब किताब माग्न बुझाउन सजिलो हुन्थ्यो”
संस्थागत खाता नभएको कारण संस्थागत पैशा हिनामिना गर्न सजिलो भईरहेकाले नेतृत्वले संस्थागत खाता खोल्न तर्फ चासो नदेखाएको स्रोत बताउँछ । अधिवेशन भएको वर्ष वितिसक्दा पनि संघको खाता नखोलिएको र संस्थागत खर्चको हिसाबकिताब चित्तोबुझ्दो ढंगले फर्छ्यौट नगरिएको भन्दै नतृत्वको कार्यशैलीप्रति संघका सदस्यहरुले प्रश्न समेत उठाउँदै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]