०१ आश्विन २०८३, बिहिबार
17-09-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

व्यक्तिगत खाता, संस्थागत कारोबार : ग्रील तथा स्टील व्यवसायी संघमा अनियमितता

Logo

विराटनगर, मंसिर २५
ग्रील तथा स्टील व्यवसायी संघ, मोरङको नेतृत्वले संस्थागत कारोबार व्यक्तिगत खाताबाट संचालन गरी संस्थाभित्रै अनियमितता गरेको पाईएको छ । संस्थालाई वैधानिक ढंगले दर्ता गरी संस्थाकै नामबाट खाता संचालन गर्न संघका सदस्यहरुले बारम्बार बिनति गर्दा समेत नेतृत्वले खाता खोल्न रुची नदेखाएको सदस्यहरुको गुनासो छ ।
हाल संस्थाका सबै कारोबार संघका जिल्ला अध्यक्ष विनोद ढकाल र कोषाध्यक्ष विरेन कुमार राजवंशीको सयुक्त नाममा खोलिएको खाताबाट हुदै आएको छ । सो खातालाई यथासिघ्र बन्द गरि संघको नाममा खाता संचालन गर्नुपर्ने माग भईरहदा समेत संघका अध्यक्ष ढकालले अनसुनवाई गर्दै आएको संघका सदस्यहरुको भनाई छ ।
नेतृत्वले संस्थाको ब्यानरबाट पैशा उठाउने र व्यक्तिगत खातामा डिपोजिट गरि आफू खुशी संस्थाको रकम खर्च गर्ने गरेको संघका सदस्यको गुनासो समेत रहदै आएको छ । “अध्यक्ष र कोषाध्यक्ष ज्यूले संस्थाको ब्यानरबाट पैशा उठाएर आफ्नो व्यक्तिगत खातामा राख्नु हुन्छ, र त्यहीँबाट संस्थाको खर्च व्यहोर्ने भन्नुहुन्छ” स्रोत भन्छ “हामीलाई कसैको व्यक्तिगत खातामा कति पैशा छ ? कसरी खर्च गर्नुभयो भनेर सोध्न अफ्ठ्यरो हुन्छ र नैतिकताले पनि दिदैन । संस्थागत खाता खोलिदिएको भए हिसाब किताब माग्न बुझाउन सजिलो हुन्थ्यो”
संस्थागत खाता नभएको कारण संस्थागत पैशा हिनामिना गर्न सजिलो भईरहेकाले नेतृत्वले संस्थागत खाता खोल्न तर्फ चासो नदेखाएको स्रोत बताउँछ । अधिवेशन भएको वर्ष वितिसक्दा पनि संघको खाता नखोलिएको र संस्थागत खर्चको हिसाबकिताब चित्तोबुझ्दो ढंगले फर्छ्यौट नगरिएको भन्दै नतृत्वको कार्यशैलीप्रति संघका सदस्यहरुले प्रश्न समेत उठाउँदै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]