०५ माघ २०८२, आइतबार
18-01-2026 , Sun
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

महिला चिकित्सक कुटपिट गर्ने तरुण दलका रिजाललाई पार्टीगत र संस्थागत कारवाहीकाे माग

Logo

विराटनगर, माघ १६
तरुण दल मोरङका कोषाध्यक्ष अनिल रिजालको छुद्र व्यवहारलाई लिएर स्थानीय राजनितिक वृतमा चर्चा परिचर्चा शुरु भएको छ । कोषाध्यक्ष रिजाल एक महिला चिकित्सकलाई कुटपिट गरेको आरोपमा सोमवार पक्राउ परेका थिए ।
उनको उक्त हर्कत समाजको लागी घातक भएको र उनलाई पार्टिगत कारवाही अघि बढाउनु पर्ने कांगे्रसभित्रैबाट धरणाहरु आउन थालेका छन् । रिजालको उक्त हर्कतको समाजिक संजालमा पनि व्यापक विरोध भएको छ ।
अनिल रिजाल हाल विराटनगर व्यापार संघका सदस्य पनि हुन् । रिजालको यस हर्कतले विराट व्यापार संघको साखमा पनि दाग लगाएको छ । व्यापारी वृतमा पनि रिजालको रवैया र शैली गतल भएको भन्दै रिजालको विषयमा संघ गम्भीर बन्नु पर्ने धारणा आएका छन् ।
विस्तृत घटना के हो ?
नोबेल मेडिकल कलेजका डाक्टर कुटपिट गरेको आरोपमा तरूण दल मोरङका कोषाध्यक्ष लक्ष्मी प्रसाद रिजाल उर्फ अनिल रिजाल मंगलबार पक्राउ परेका थिए । नोबेल मेडिकल कलेजमा कार्यरत नाक, कान घाटी रोग विशेषज्ञ डा.मिनाक्षी बस्नेतलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका थिए ।
मोरङको सुन्दरहरैचा नगरपालिकाको गछिया घर भएका ४३ वर्षीय रिजाल विराटनगर बस्दै आएका छन् । रिजाल विराटनगर व्यापार संघको सदस्य पनि हुन् । रिजालले डाक्टर बस्नेतको विराटनगर दुधफारमस्थीत डेरामा गएर बेलुका ८ः३० बजेको समयमा कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट गम्भिर घाइते बनेकी चिकित्सक बस्नेतको सम्बेदनशिल अंगमा समेत चोटपटक लागेको बताईएको छ ।

रिजाल र बस्नेत पहिलादेखिकै मिल्ने साथी हुन् । रिजालले व्यापारमा लगानी गर्न पैसाँ आवश्यक परेको भन्दै चिकित्सक बस्नेतबाट १० लाख रुपैयाँ लिएको थिए । सापटी दिएको पैसा माग्दा चिकित्सक बस्नेतको कोठामा पुगेर रिजालले कुटपिट गरेको प्रहरीले जनाएको छ ।
तीन महिना अगाडी रिजालले १० लाख रुपैयाँ सापटी लिएर गएपछि समय सीमा पुगेपछि माग्दा नदिएको तर उल्टै कुटपिट गर्न आएको भन्दै पीडित प्रहरीमा पुगेका थिए ।

गत पुस १९ गते रिजालसँग पैसा माग्दा बस्नेतलाई डेरामै पुगेर कुटपिट गरिएको थियो । घटना भएको लामो समय बितिसकेतापनि मित्रताको कारण उजुर नदिएको तर पछिल्लो समय ज्यान नै मार्ने धम्की दिदैं रिजालले दवाव सिर्जना गरेपछि प्रहरीमा उजुरी गर्न बाध्य भएकी बस्नेत बताउछिन् ।
पक्राउ परेका रिजाललाई मोरङ प्रहरीले जिल्ला प्रशासन कार्यालय मोरङमा सोमबार ‘अभद्र व्यवहारको’ मुद्दामा पाँच दिनको म्याद थप गरि अनुसन्धान गर्दैछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]

विराटनगर, पुष १४ । विराट ट्रेड एक्स्पोअन्तर्गत सोमबार साना तथा मझौला उद्योग (एसएमई) को समृद्धि तथा संरक्षणलाई केन्द्रमा राखेर थिमेटिक सेसन सम्पन्न भएको छ। “साना तथा मझौला उद्योगको समृद्धि तथा संरक्षण” शीर्षकमा आयोजित प्यानल छलफलमा उद्योग, लगानी, नीति, प्रविधि र बजार पहुँचका विविध पक्षमा छलफल भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष […]

विराटनगर, पुष १४ । विराट ट्रेड एक्स्पोमा सञ्चालन भइरहेको थिमेटिक सेसनअन्तर्गत शनिबार पछिल्लो कर संरचना, जेनजी आन्दोलनपछिको अवस्था र समसामयिक वातावरणमा उद्योग, व्यापार तथा व्यवसायको भविष्य विषयमा गहन छलफल गरिएको छ । ‘जेनजी आन्दोलनपछिको व्यापार-व्यवसाय : के भयो, के हुनुपर्थ्यो र अबको बाटो’ शीर्षकको सत्रमा निजी क्षेत्र, नीति निर्माण तह,तथा उद्योगी व्यवसायीले र योजनाविद्हरूले आ-आफ्ना […]