०२ भाद्र २०८३, मंगलबार
18-08-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

महिला चिकित्सक कुटपिट गर्ने तरुण दलका रिजाललाई पार्टीगत र संस्थागत कारवाहीकाे माग

Logo

विराटनगर, माघ १६
तरुण दल मोरङका कोषाध्यक्ष अनिल रिजालको छुद्र व्यवहारलाई लिएर स्थानीय राजनितिक वृतमा चर्चा परिचर्चा शुरु भएको छ । कोषाध्यक्ष रिजाल एक महिला चिकित्सकलाई कुटपिट गरेको आरोपमा सोमवार पक्राउ परेका थिए ।
उनको उक्त हर्कत समाजको लागी घातक भएको र उनलाई पार्टिगत कारवाही अघि बढाउनु पर्ने कांगे्रसभित्रैबाट धरणाहरु आउन थालेका छन् । रिजालको उक्त हर्कतको समाजिक संजालमा पनि व्यापक विरोध भएको छ ।
अनिल रिजाल हाल विराटनगर व्यापार संघका सदस्य पनि हुन् । रिजालको यस हर्कतले विराट व्यापार संघको साखमा पनि दाग लगाएको छ । व्यापारी वृतमा पनि रिजालको रवैया र शैली गतल भएको भन्दै रिजालको विषयमा संघ गम्भीर बन्नु पर्ने धारणा आएका छन् ।
विस्तृत घटना के हो ?
नोबेल मेडिकल कलेजका डाक्टर कुटपिट गरेको आरोपमा तरूण दल मोरङका कोषाध्यक्ष लक्ष्मी प्रसाद रिजाल उर्फ अनिल रिजाल मंगलबार पक्राउ परेका थिए । नोबेल मेडिकल कलेजमा कार्यरत नाक, कान घाटी रोग विशेषज्ञ डा.मिनाक्षी बस्नेतलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका थिए ।
मोरङको सुन्दरहरैचा नगरपालिकाको गछिया घर भएका ४३ वर्षीय रिजाल विराटनगर बस्दै आएका छन् । रिजाल विराटनगर व्यापार संघको सदस्य पनि हुन् । रिजालले डाक्टर बस्नेतको विराटनगर दुधफारमस्थीत डेरामा गएर बेलुका ८ः३० बजेको समयमा कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट गम्भिर घाइते बनेकी चिकित्सक बस्नेतको सम्बेदनशिल अंगमा समेत चोटपटक लागेको बताईएको छ ।

रिजाल र बस्नेत पहिलादेखिकै मिल्ने साथी हुन् । रिजालले व्यापारमा लगानी गर्न पैसाँ आवश्यक परेको भन्दै चिकित्सक बस्नेतबाट १० लाख रुपैयाँ लिएको थिए । सापटी दिएको पैसा माग्दा चिकित्सक बस्नेतको कोठामा पुगेर रिजालले कुटपिट गरेको प्रहरीले जनाएको छ ।
तीन महिना अगाडी रिजालले १० लाख रुपैयाँ सापटी लिएर गएपछि समय सीमा पुगेपछि माग्दा नदिएको तर उल्टै कुटपिट गर्न आएको भन्दै पीडित प्रहरीमा पुगेका थिए ।

गत पुस १९ गते रिजालसँग पैसा माग्दा बस्नेतलाई डेरामै पुगेर कुटपिट गरिएको थियो । घटना भएको लामो समय बितिसकेतापनि मित्रताको कारण उजुर नदिएको तर पछिल्लो समय ज्यान नै मार्ने धम्की दिदैं रिजालले दवाव सिर्जना गरेपछि प्रहरीमा उजुरी गर्न बाध्य भएकी बस्नेत बताउछिन् ।
पक्राउ परेका रिजाललाई मोरङ प्रहरीले जिल्ला प्रशासन कार्यालय मोरङमा सोमबार ‘अभद्र व्यवहारको’ मुद्दामा पाँच दिनको म्याद थप गरि अनुसन्धान गर्दैछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भदाै १, विराटनगर । गोल फाउण्डेनले पाइलट प्रोजेक्टका रूपमा मानव पुस्तकालयको कार्यक्रम सम्पन्न गरी अब निरन्तर अघि लैजाने याेजना बनाएकाे छ । युवा दिवसको अवसर पारेर गत बुधबार विराटनगरस्थित इलिट क्लबमा  ‘चिया सँग कथा : एक मानव पुस्तकालय अनुभव’ पाइलट कार्यक्रम फाउण्डेशनले आयाेजना गरेकाे थियाे ।  गोल फाउण्डेनले एनवाईसीए विराटनगर र इन्जीनियर्स विथआउट बाेडर्स नेपाल […]

काठमाडाै, साउन २९ । डा. शशांक कोइरालाकाे संयोजकत्वमा  नेपाली कांग्रेसको  राष्ट्रिय भेला आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सुरु हुँदैछ। समूहका प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार भेलाको उद्घाटन नेता शेरबहादुर देउवाबाट बिहान साढे ११ बजे हुनेछ । साउन ३१ गतेसम्म साे भेला चेल्ने बताइएकाे छ । भेलाका मुख्य अतिथि देउवा लामो समयको उपचारपछि  साउन […]

काठमाडाैं, साउन २८ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा  झण्डै छ महिनाको अन्तरालपछि आज स्वदेश फर्किंदैछन् । उनलाई शुभेच्छुकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी समेत पूरा भएकाे छ। काग्रेसकाे राष्ट्रिय भेला आयोजनाका लागि गठित सांस्कृतिक समितिकी संयोजक विद्या तिमिल्सिनाका अनुसार स्वागत कार्यक्रममा सांस्कृतिक प्रस्तुति समावेश हुनेछ। कांग्रेस नेता डा. प्रकाशशरण महतलेका अनुसार पूर्वप्रधानमन्त्री […]