०३ कार्तिक २०८३, सोमबार
19-10-2026 , Mon
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

लाईन्स बेलबारीका पुर्व-अध्यक्षहरुले संस्थाको एम्बुलेन्स बेचेर खाएको आरोप

Logo

विराटनगर, माघ २३
लायन्स क्लब अफ बेलबारीको नाममा रहेको एम्बुलेन्स संस्थाका पुर्व-अध्यक्षहरुले बेचेर खाएको क्लबका वर्तमान अध्यक्ष खेम प्रसाद गौतमले आरोप लगाएका छन् ।
अध्यक्ष गौतमले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी संस्थाका पुर्व अध्यक्षहरुलाई उक्त आरोप लगाएका हुन् ।
अध्यक्ष गौतमका अनुसार सन २०११मा संस्थाको नाममा खरिद गरिएको को १ च ५७९४ नम्बरको एम्बुलेन्स संस्थाको पुर्वअध्यक्षहरुले बेचेर खाएका हुन् ।
२०७० साल बैशाख ३ गते क्लवका तत्कालिन अध्यक्ष राजकुमार लिम्बु र तत्कालीन लेटाङ गाविस ५ का भक्तबहादुर राईबीच उक्त एम्बुलेन्स किनबेच भएको सम्झौता पत्र समेत सम्मेलनमा अध्यक्ष गौतमले प्रस्तुत गरेका छन् । तर संस्थाको नाममा खरिद भएको उक्त एम्बुलेन्स वैधानिक ढंगले आर्को व्यक्तिको नाममा नामसारी हुन नसक्ने अध्यक्ष गौतमको भनाई छ ।
एम्बुलेन्स बिक्री भएपछि बनेका क्लबका कुनैपनि अध्यक्षले एम्बुलेन्सको खोजी निती नगरेको र पुरानै निर्णयलाई सदर गर्दै आएकाले सबै पुर्व–अध्यक्षहरु उतिकै दोषी भएको अध्यक्ष गौतमको तर्क छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, २९ असोज। सरकारले शिक्षकहरूको सरुवा सम्बन्धी व्यवस्थामा फेरबदल गर्ने तयारी गरेको छ। स्थायी नियुक्ति पाएको एक वर्ष पूरा गरेका शिक्षकले अब सरुवाका लागि आवेदन दिन पाउने गरी शिक्षा नियमावली संशोधन गर्न लागिएको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौँ संशोधन अघि बढाउँदै सरुवाका लागि चाहिने सेवा अवधि छोट्याउने प्रस्ताव गरेको छ। हाल नियमावलीको […]

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]