०१ आश्विन २०८३, बिहिबार
17-09-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

लाईन्स बेलबारीका पुर्व-अध्यक्षहरुले संस्थाको एम्बुलेन्स बेचेर खाएको आरोप

Logo

विराटनगर, माघ २३
लायन्स क्लब अफ बेलबारीको नाममा रहेको एम्बुलेन्स संस्थाका पुर्व-अध्यक्षहरुले बेचेर खाएको क्लबका वर्तमान अध्यक्ष खेम प्रसाद गौतमले आरोप लगाएका छन् ।
अध्यक्ष गौतमले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी संस्थाका पुर्व अध्यक्षहरुलाई उक्त आरोप लगाएका हुन् ।
अध्यक्ष गौतमका अनुसार सन २०११मा संस्थाको नाममा खरिद गरिएको को १ च ५७९४ नम्बरको एम्बुलेन्स संस्थाको पुर्वअध्यक्षहरुले बेचेर खाएका हुन् ।
२०७० साल बैशाख ३ गते क्लवका तत्कालिन अध्यक्ष राजकुमार लिम्बु र तत्कालीन लेटाङ गाविस ५ का भक्तबहादुर राईबीच उक्त एम्बुलेन्स किनबेच भएको सम्झौता पत्र समेत सम्मेलनमा अध्यक्ष गौतमले प्रस्तुत गरेका छन् । तर संस्थाको नाममा खरिद भएको उक्त एम्बुलेन्स वैधानिक ढंगले आर्को व्यक्तिको नाममा नामसारी हुन नसक्ने अध्यक्ष गौतमको भनाई छ ।
एम्बुलेन्स बिक्री भएपछि बनेका क्लबका कुनैपनि अध्यक्षले एम्बुलेन्सको खोजी निती नगरेको र पुरानै निर्णयलाई सदर गर्दै आएकाले सबै पुर्व–अध्यक्षहरु उतिकै दोषी भएको अध्यक्ष गौतमको तर्क छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]

काठमाडाैं, भदाै २ । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेतमा मंगलबार बिहान भएको स्कार्पियो दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीलगायत ६ जना घाइते भएका छन्। काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको सवारी सडकबाट लगभग ५०–६० मिटर तल खोल्सामा खस्दा यो दुर्घटना भएको हो। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको छ भने बाँकी पाँच जनाको अवस्था मध्यम रहेको […]