१२ माघ २०८२, आइतबार
25-01-2026 , Sun
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

चुनाव भए विराटनगरमा फेरी खुट्टा नटेक्ने : गगन थापा

Logo

विराटनगर, माघ ३०
नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन थापाले वैशाखमा निर्वाचन भए विराटनगरमा खुट्टा नटेक्ने उद्घोष गरेका छन् ।
बिहीबार विराटनगरमा नेपाली कांग्रेसद्धारा आयोजित वर्तमान राजनैतिक अवस्था बिषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै थापाले सो घोषणा गरेका हुन् ।
वैशाखमा चुनावको घोषणा गरेर प्रधानमन्त्री ओलीले सत्ता लम्बयाउन मात्र खोजेको तर वस्तिक्तामा चुनाव गराउने सरकारको कुनै मनासाय नभएको उनको जिकिर थियो । सबै राजनितिक दल र आम जनतालाई चुनाव गराउने नाममा अल्झाएर मात्र राख्ने अहिलेको सरकारको रणनिति भएको उनको भनाई छ ।
कार्यक्रममा थापाले अदालतलाई सरकारको करकाप र दवाबमा नआईकन संसद पुनःस्थापन सम्बन्धमा फैसाला गर्ने समेत अग्रह समेत गरेका छन् ।
त्यस्तै आर्का वक्ता नेपाली कांग्रेसका केन्द्रिय सदस्य गुरुराज घिमिरेले अहिलेको सरकारले लोकतन्त्रलाई नियन्त्रणमा लिन खोजेका बताए । विधिको शासनमा बस्न नचाहने तनाशाह प्रवृतिका कारण प्रधानमन्त्रीले संसदलाई अपदष्त गरेको उनको भनाई थियो ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, ११ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एयरपोर्टमा आफूलाई चेकिङको नाममा दुःख दिने काम भएको गुनासो गरेका छन् । च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिजो (शुक्रबार) झापाबाट फर्किने क्रममा एयरपोर्टमा निकै दुःख पाएको गुनासो सुनाएका हुन् । ‘अस्ती यताबाट म झापा जाँदा मलाई राम्रो नै व्यवहार गरिएको थियो एयरपोर्टहरुमा […]

काठमाडौं, ११ माघ । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशलाई जेनजी आन्दोलनको हत्यारा, दमनकारी, भ्रष्टाचारी र हाईज्याकरहरुबाट बचाउनको लागि देशभक्त र राष्ट्रवादी शक्तिहरुबीच एकताको खाँचो औंल्याएका छन् । उनले केपी ओली, आरजु राणा र रमेश लेखकहरुले जेनजी आन्दोलनमा दमन गरेको र युवाहरुको हत्या गरेको भन्दै एउटा कित्तामा राखेका छन् । उता, जेनजी […]

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]