०५ कार्तिक २०८३, बुधबार
21-10-2026 , Wed
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

विराटनगरका फार्मेसीहरुमा दर्ता नभएको खाद्यपुरक सामग्री छ्याप–छ्याप्ती

Logo

विराटनगर, माघ ३०
विराटनगरका फार्मेसीहरुमा औषधी व्यवस्था विभागमा दर्ता नभएको खाद्यपुरक सामग्री (डायटरी सप्लिमेन्ट र न्युट्रासिटिकल्स) औषधीहरु फेला परेको छ । औषधी व्यावस्था विभाग कार्यालय विराटनगरले केही दिन देखी विराटनगरका औषधी पसलहरुमा छापा मार्ने क्रममा उक्त औषधीहरु फेला परेको हो ।
दर्ता नभएका औषधी विराटनगरमा छ्याप–छ्याप्ती पाउन थालेको गुनासो आए पछी विभागले विराटनगरका बिभिन्न फार्मेसीहरुमा अनुगमन गरेको थियो । सोही अनुगमनका क्रममा विराटनगर ९ स्थित युनिटी ड्रग हाउसबाट २९ प्रकारका न्युट्रासिटिकल्स ६ कार्टुन विभागले बरामद गरेको थियो । त्यसैगरी हिमगिरी मेडिकोबाट ३ प्रकारका दुई कार्टुन न्युट्रासिटिकल्स समेत बरामद गरेका थियो ।
त्यस्तै लाइफ फार्मेसी र सिद्धी बिनायक फार्मेशीदेखि पनि विभागले औषधी बरामद गरेको थियो ।
विभागको उक्त कदमलाई लिएर औषधी व्यावसायीहरु आन्देलन उत्रीएका छन । व्यावसायीहरुले विराटनगरको कोशी अस्पतालसम्म पुगेर चर्को नाराबाजी गरेका छन् । आफुहरुले पटक पटक औषधी व्यवस्था विभागमा दर्ता गराउन खोज्दा पनी सो औषधीहरु विभागले दर्ता नगरिदिएको व्यावसायीहरुको गुनासो छ ।

औषधी व्यवस्था विभागमा दर्ता नभएका औषधि बिक्रीवितरण भएको पाइएमा औषधि ऐन २०३५ बमोजिम कारवाहि हुने विभागले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]