०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

चैत २५मा विराट गोल्डकप

Logo
प्रकाशित आइतबार, फाल्गुण ०२, २०७७

विराटनगर ,फागुन २
कोरोना माहामारी र बिभिन्न कारण दुईवर्षदेखि हुन नसकोको विराट गोल्डकप आगामी चैतमा हुने भएको छ । प्रदेश र स्थानीय सरकारबाट ब्यापक दबाब आएपछी विराट गोल्डकप फुटबल ट्रष्टले यस पटकभने प्रतियोगिता गराउने निणय गरेको हो । ट्रष्टले प्रतियोगिता आयोजना गर्न नसक्ने भए विराटनगर महानगरपालिका आफैले उक्त प्रतियोगिता गराउने चेतावनी दिएको थियो ।
उक्त प्रतियोगिता सञ्चालनका लागि ट्रष्टका पदाधिकारीहरुले प्रदेश १ का सामाजिक विकासमन्त्रीको जिम्मेवारी समेत सम्हालेका आन्तरिक मामीला मन्त्री हिक्मतकुमार कार्की र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीसँग छलफल समेत गरी सकेका छन् ।
सो प्रतियोगिता कसरी आयोजना गर्ने बारे छलफल गर्न शनिबार ट्रष्टको बैठक समेत बसेको छ । उक्त बैठकले गोल्डकप आगामी चैत २५ गतेदेखि शुरु गर्ने निर्णय गरेको छ । प्रतियोगिताको संयोजकको जिम्मेवारी मनोज विक्रम साहले पाएका छन् ।
प्रतियोगिताको टिम तथा पुरस्कार राशीबारे ट्रष्टको आगामी बैठकको निणयले तय गर्ने बताइएको छ । कोरोना माहामारीका कारण यस पटक भने बिदेशी खेलाडीलाई प्रतियोगितामा सहभागी गराउने सम्भावना कम रहेको ट्रष्टले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]

विराटनगर ,२७ चैत । विराटनगरमा आयोजना हुने तेस्रो प्रादेशिक बहिरा क्रिकेट टि २० प्रतियोगिता बिहीबारदेखि शुरु हुने भएको छ। राष्ट्रिय बहिरा क्रिकेट सङ्घ मोरङको आयोजनामा विराटनगर– १९ स्थित वैजनाथपुर क्रिकेट मैदानमा यो प्रतियोगिता सञ्चालन हुनेछ। बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय बहिरा क्रिकेट सङ्घका अध्यक्ष मोहन तिवारीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार […]