२९ पुष २०८२, मंगलबार
13-01-2026 , Tue
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

प्रदेश–प्रदेशमा म्यानपावरको शाखा विस्तार गर्ने तयारी

Logo
प्रकाशित बिहिबार, फाल्गुण ०६, २०७७

काठमाडौँ, फागुन ५
सरकारले म्यानपावर कम्पनीहरुलाई शाखा कार्यालय विस्तार गर्नका लागि अनुमति दिने तयारी गरेको छ । अवैध एजेन्टका कारण वैदेशिक रोजगारीमा जाने कामदार ठगिने क्रम बढेको भन्दै वैदेशिक रोजगार विभागले म्यानपावरहरुलाई शाखा विस्तारका लागि अनुमति दिन छलफल अघि बढाएको हो ।
यसअघि नियमनमा समस्या भएको भन्दै सरकारले शाखा खोल्नमा रोक लगाएको थियो । म्यानपावरहरुलाई शाखा विस्तारका लागि अनुमति दिने बारे व्यवसायी र सरोकारवालासँग छलफल भइरहेको विभागले जनाएको छ ।
म्यानपावरहरुलाई शाखा खोल्न नदिँदा ग्रामिण जिल्लामा दलालहरु सक्रिय भएका कारण अनुमति दिन छलफल अघि बढाएको विभागले जनाएको छ । पहिलो चरणमा सरकारले सबै म्यानपावरलाई प्रत्येक प्रदेशमा एक वटासम्म शाखा कार्यालय खोल्न दिन सक्ने बताइएको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, पुष १७। मोरङ उद्योग व्यापार संघको आयोजनामा सञ्चालन भइरहेको विराट एक्स्पो अन्तर्गत बिहीबार ‘सीप प्रमाणीकरणदेखि रोजगारीसम्म’ विषयमा विशेष छलफल भएको छ। एक्स्पो अवधिभर उद्योग, व्यवसाय र श्रम बजारसँग सम्बन्धित विविध समसामयिक विषयमा दैनिक छलफल भइरहेका छन्। कार्यक्रममा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयकी शैक्षिक योजना महाशाखाकी उपसचिव लक्ष्मी न्यौपाने, सिटिईभिटी इटहरीका सह–निर्देशक दुर्गा प्रसाद ओझा, […]

विराटनगर, मंसिर २३ ।   पुस ९ गतेदेखि १९ गतेसम्म विराटनगरमा ‘विराट ट्रेड एक्स्पो’ आयोजना हुने भएको छ। मोरङ उद्योग व्यापार संघले साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गरी साे एक्स्पाे बारे विस्तृत जानकारी दिएकाे छ । विराटनगर–२ शान्तिचोकस्थित जिल्ला प्रहरी कार्यालय नजिकैको खुला स्थानमा सञ्चालन हुने यस मेलामा जर्मन प्रविधिको ‘ह्याङ्गर’ र अक्टानम सिस्टमसहित करिब २३० […]

काठमाडाै‌ं, मंसिर १५ – नेपाल आयल निगमले केही इन्धनको मूल्य समायोजन गरेको छ। आइतबार सार्वजनिक गरिएको विज्ञप्तिअनुसार डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँको कमी गरिएको छ। तर, हवाइ इन्धनको मूल्य भने बढेको छ। आन्तरिक उडानका लागि प्रतिलिटर ६ रुपैयाँले वृद्धि भएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले घटेको छ। संशोधित […]