२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

जिवजन्तुलाई खुवाउन भनी आयत गरिएको डेट–एक्सपायर्ड दाल, नेपालमा मान्छेलाई खुवाइँदै

Logo

विराटनगर, फागुन १५
कतिपय व्यापारीहरुले एक नम्बरी काम सँगसँगै दुई नम्बरी काम पनि गरिरहेका हुन्छन् । दुई नम्बरी कामको पर्दाफास हुने जोखिमलाई मध्यनजर गर्दै त्यस्ता व्यापारीहरुले भविष्यमा कानुनी फन्दा नपर्ने तरिकाले आफ्नो कामलाई अगाडि बढाई रहेका हुन्छन् ।
ठुला व्यापारीले सोझैं आफै संलग्न भएर कुनैपनि दुई नम्बरी काम गर्दैनन् । प्राय आफन्त वा अरुको नाममा फर्म दर्ता गरी उनीहरुले दुई नब्बरी कामलाई अन्जाम दिईरहेका हुन्छन् । यस्तै हत्कण्डा अपनाएर विराटनगरको एक व्यापारीक घरनाहरुको कालो–व्यापार चल्दै आएको खुलासा भएको छ । यो प्रसंग विराटनगरको नामुद व्यापरीक घराना बोहरा ग्रुप अफ ईण्डिसट्रिजसँग जोडिएको छ ।
बुधवार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले विराटनगरमा घर भएका पुर्वक्षेत्रका नामुद व्यापारी अभिनास बोहराको घर परिसरमा छापा मारेको थियो । छापा मार्ने क्रममा उनको घरमा रहेकोे गोडामबाट करिब २५ सय बोरा म्याद नाघेको रहरको दाल फेला पर्यो । एक–दुई महिना वा एक–दुई वर्ष नभएर पुरापुरी पाँच वर्ष म्याद नाघेको ४० टन रहरको दाल देखर अनुगमनकर्ता समेत चकित बने । बारामद भएका दालको बोराहरुमा म्याद सकिएको मिति ढाकछोप हुनेगरी नँया स्टिकर टाँसीएको थियो । नयाँ स्टिकरमा उत्पादन मिति २०२० र म्याद सकिने मिति २०२२ उल्लेख गरी बेचबिखनको लागी तयारी अवस्थामा राखिएको थियो ।

बाणिज्य कार्यलयले अनुगमन गर्दै जाँदा बरामद भएको दाल निखिल जैसानीको रहेको खुल्यो । घुमिफिरी रुम्झाटार भने झैँ जैसानी बोहराकै सहोदर भन्जा निक्लिए । अनुसन्धानको क्रममा भान्जा निखिलको नाममा रहेको जैसानी ट्रेड कन्सर्नबाट उक्त म्याद नाघेको दाल बिक्रिवितरण भईरहेको पाइयो ।
भन्जा जैसानीको नाममा फर्म दर्ता भएपनि उनी खाद्यान्यको व्यापारमा खासै पोक्त व्यक्ति नभएको स्रोत बताउँछ । तर मामा अभिनासले भने दशकौंदेखि दाल, चामल लगाएतका खाद्यान्यको कारोबार गर्दै आएका छन् । अभिनास खाद्यान्य व्यापारमा पोक्त व्यपारीको रुपमा चिनिन्छ । तसर्थ भान्जा जैसानीको एकल प्रयासमा यस्तो गोरखधन्धा हुदैथियो भन्ने कुराको विश्वस्त हुने आधारहरु भेटिदैनन् ।

अभिनास नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य समेत हुन् । प्रायजसो अभिनास जस्ता समाजमा प्रतिष्ठित व्यक्ति कुनै पनि दुई नम्बरी काम खुलेर गर्ने गर्दैनन् । यस्तो कामहरुमा उनीहरुले अर्कै व्यक्तिलाई वा आर्कै व्यक्तिको फर्म प्रायोग गरी कामलाई अन्जाम दिईरहेका हुन्छन् । अभिनासले नै यसैगरी दुई नम्बरी धन्धा चलाई रहेका थिए भन्ने ठोस प्रमाण त भेटिको छैन् । तर उनकै घरमा उनकै आफन्तले दुई नम्बरी काम गरिरहेको भेटिदा शंकाका शुई बोहरातिर पनि तेर्सियाएर हेर्न सकिन्छ ।
कानुनी फन्दामा परेका बोहरा–जैसानी मामा–भन्जा अहिले सत्यलाई मोड्ने प्रयासमा जुटिरहेका छन् । निर्यातकर्ताले नै भारतबाटै पुरानो बोरामा नयाँ समान हालेर पठाएको मामा–भन्जा दावी गरिरहेको छन् । तर जनचर्चा डटकमलाई प्राप्त भएको सुचना अनुसार मामा–भान्जाले भारतमा म्याद सकिएर फाल्न लागेको रहरको दाल, जिवजन्तुलाई खुवाउने भन्दै कौडीको भाउमा आयत गरेको पाईको छ । सोही जिवजन्तुलाई खुवाउन भनी आयत गरिएको दाल, नेपालमा मामा–भान्जाले रिप्याकिङ गरेर मन्छेले खान मिल्ने भन्दै बेच्दै आएको स्रोतको दावी छ ।
मानव स्वास्थ्यसँग खेलवाड गरी पैशा कामाउने लालचमा म्याद सकिएको खाद्यन्यवस्तु बेच्ने व्यापारीहरुलाई राज्यले कडाभन्दा कडा कारवाही गर्नु जरुरी छ । अनुसन्धानको दायरालाई अझै फराकिलो बनाएर उक्त कार्यमा को को संलग्न रेहेका छन् राज्यले त्यस्ता अपराधि पत्ता लगाउनु जरुरी छ । एक–दुई व्यापारीले नै यति ठुलो मात्रा म्याद सकिएको खाद्यान्य बेचिरहेका छन् भने बजारमा त्यस्तो काम कति भईरहेका होला, सोझै अनुमान लगाउन सकिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]