०६ माघ २०८२, सोमबार
19-01-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

विर्तामोडमा बम पड्कियो

विप्लव समूहले विस्फोट गराएको हुनसक्ने प्रहरीको आशंका
Logo

झापा, श्रावण २७
झापाको विर्तामोड नगरपालिकाको ७, ८ र ९ वडाको संयुक्त कार्यालयमा बम विस्फोट भएको छ । सोमबार विहान साढे चार बजे वडा तीन वटा वडाको संयुक्त कार्यालयमा बम विस्फोट भएको झापाको डिएसपी महेन्द्र कुमार श्रेष्ठले जानकार दिए ।
‘सोमबार विहान साढे चार बजे तीन वटा वडाको संयुक्त कार्यालयमा बम विस्फोट भएको हो,’ डिएसपी श्रेष्ठले भने, ‘सामान्य भौतिक क्षति भएपनि मानवीय क्षति भने भएको छैन ।’ बिहानको समयमा वस्फोट हुदा मानविय क्षति नभएको प्रहरीको भनाई छ ।

विस्फोटबाट कार्यालयका ढोकामा क्षति पुगेको छ । विस्फोट कसले गरायो भन्ने विषयमा अनुसन्धान जारी रहेको डिएसपी श्रेष्ठले बताए । घटनास्थलमा कुनै पर्चा पम्प्लेट फेला छैन् । यद्यपी सरकारले प्रतिवन्ध लगाएको विप्लव समूहले विस्फोट गराएको हुनसक्ने प्रहरीले आशंका गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]