२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
Gold Silver Price (25 falgun 2082, Monday)
Fine Gold 1 Tola NRs. 313700
Silver 1 Tola Nrs. 5425

बिदाई

कविता
Logo

निस्चल नेपाल

 

आँशुले विदाई गरु भने

तिम्रो व्यथा झन बल्झेला

मुस्कानले विदाई गरौं भने

तिम्रो दिल यतै अल्झेला

जाउ प्रिय तिमी

हाम्रो अतितलाई विर्सिदेउ

तिम्रो भविष्य विधातालाई

आफ्नो जीवन सुम्पिदेउ

म त केवल एक पतिंगर हुँ

अन्धो बतासमा पनि बतिन्छु

म त एक भिखारी हुँ

जसले लत्याए पनि लत्तिन्छु

मुटुको चोट देखाउँ भने

मायाको भण्डार देखिएला

जीवनको संघर्ष सुनाउ भने

आखाँको आँसु पोखिएला

जाउ प्रिय तिमी

पुरानो यादहरु विर्सिदेउ

तिम्रो सुहाग रातको आगमनलाई

आफ्नो माया सुम्पिदेउ

उपहार लिएर जाउ प्रिय

दुई थोपा आँसु बाहेक केही दिन सकिन

प्रेमको दियो निभाएर जाउ प्रिय

तिमी बिनाको उज्यालोमा म बाँच्न सकिन

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२०८२, भदाै १८ न पचायो प्रेम उस्ले, न घृणा न पचायो खुसी उस्ले ,न त पीडा! पचायो त केवल उस्ले, त्यही क्षणिक कृडा! ए भन न ,मान्छेले चाहन्छ के!? (२) प्रेम दिए , निरर्थक मान्छ बेवास्ता दिए बेकार ठान्छ ! ख्याल छैन उस्लाई,तिमीमा के छ बितेको !?(२) अल्झिन्छ बिगतमै जे छ सिकेको ! ए भन […]

काठमाडौं ,१५ भाद्र । मिस नेपाल २०२५ को उपाधि लुना लुँइटेलले हात पारेकी छन् । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा यसवर्षको मिस नेपाल उपाधि लुँइटेललाई घोषणा गरेको हो । काठमाडौंसहित मुलुकका विभिन्न शहरमा आयोजना गरिएको अडिसनमार्फत २६ जना फाइनलिस्ट थिए । जसमध्ये थर्ड रनर अप तथा मिस नेपाल […]

 काठमाडौ,जेठ १०। गायक दिपेश मिश्र र समिक्ष्या दाहालको स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘पल’ छिट्टै सार्वजनिक हुने भएको छ। यस गीतमा शब्द तथा संगीत गायक दिपेश मिश्र स्वयंले सिर्जना गरेका हुन्। सचित खड्काको निर्देशनमा तयार भएको भिडियोमा जीवन काजी थापा, रचना गौतम र अमिशा दाहालले अभिनय गरेका छन्। प्रेमभावनामा आधारित यस गीतलाई ग्यानेन्द्र शर्माले छायांकन […]