०९ साउन २०८३, शनिबार
25-07-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

बयानले भन्छ अग्रवालको पम्पले दुई रुपैयाँ बढाएर डिजल दियो

बरामद दसी–प्रमाण र बयानलाई पछ्याएर डिजल तस्करमा संलग्न पम्प संचालक पत्ता लगाईने : राजस्व अनुसन्धान ईटहर
Logo

विराटनगर , चैत्र १९
नेपाल आयल निगम प्रदेशीक कार्यालय विराटनगरबाट केहि दिन अघि नियन्त्रणमा लिइएको ट्याङकर राजस्व अनुसन्धान कार्यालय इटहरीले प्रारम्भीक अुनुसन्धान गरी सोको रिपोट विभागमा पठाएको छ ।

सो ट्याङकर चैत १ गते, तस्करी गरी भारत लैजान लागेको २ हजार ६ सय ६० लिटर डिजल सहित नेपाल आयल निगम विराटनगरबाट पक्राउ परेको थियो । हालसम्मको अनुसन्धानबाट ट्याङकर धनि पत्ता लगी सकेको छ । तर तस्करीका लागी तेल वितरण गर्ने पम्प धनी भने अझै पनी सर्वजनीक हुन सकेको छैन ।

जनचर्चा डट कम सँग भएको संबादमा राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख दिपक खड्काले प्रारभिक अनुसन्धानबाट फेलापरेको दसी प्रमाणलाई पछ्याएर तस्कर गर्ने गिरोह पत्ता लगाइने बताए । उक्त अनुसन्धानले तेल तस्करीमा संलग्न रहेको पम्प संचालकको बारेमा पनी तथ्य बहिर ल्याउने खड्काको जिकिर छ ।

उक्त तस्करीमा प्रकाउ परेको ट्यांकर चालक दलका २६ वर्षीय मोहम्मद सजाद र २१ वर्षका इमरोज आलमले प्रहरीलाई दिएको बयान अनुसार उक्त ट्यांकरमा मोरङको बुढीगङ्गगा गाउँपालिका–४ निमुवास्थित नीतेश ट्रेड नामको पम्पले डिजल भरेको थियो ।
सो पम्पका संचालक महेशकुमार अग्रवालले प्रतिलिटर २ रुपैयाँ बढी लिएर डिजल भरेको चालक दलको बयान दिएका थिए । उक्त बयान र स्रोतले दिएको जानकारी अनुसार अग्रवालले च्यानल खडा गरी लामो समयदेखि तेल तस्करी गर्दै आएका पाईएको छ ।
हाल सम्म फेला परेको दषी प्रमाण र चालक दलको बयानले डिजल तस्करीमा महेशकुमार अग्रवालको संलग्नता रहेको देखाएको छ ।

यस विषयमा खबरदारी जारी रहनेछ : जनचर्चा डट कम

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]

५ साउन, काठमाडौं । बिल लिने बानीलाई प्रोत्साहन दिन सरकारले नगद पुरस्कार योजना ल्याएको छ । अर्थ मन्त्रालयले “करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३” जारी गरी यो व्यवस्था लागू गरेको हो । योजनाअनुसार हरेक दिन एक जना उपभोक्ताले १ लाख ३३ हजार ३४ रुपैयाँ जित्नेछन् भने महिनामा दुई पटक हुने बम्पर उपहारमा दुई जनाले […]