२० फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
Gold Silver Price (17 falgun 2082, Sunday)
Fine Gold 1 Tola NRs. 321000
Silver 1 Tola Nrs. 6000

गोल्डकपको प्रेस मिटमा पत्रकार आएनन्

Logo

विराटनगर, चैत २५
आयोजक समितिले विराट गोल्डकपको अन्तिम तयारी पुरा भएको भन्ने जानकारी दिन आयोजना गरेको प्रेस मिटमा न्युन पत्रकारले मात्र उपस्थिती जनाएका छन् ।

मंगलबार साँझ आयोजना भएको उक्त मिटमा गोल्डकप संयोजक मनोज विक्रम साहले आफ्नो पौरखको कथा सुनाईरहदा सुन्ने अधिकांस उनकै आसेपासे मात्र थिए ।
पत्ररकार सम्मेलनमा औलामा गन्न मिल्ने गरी जम्मा ५\६ जना पत्रकारको उपस्थिती रहेको थियो । संयोजकले साहले धेरै पत्रकारलाई स्वयम् फोन गरेर बोलाउदा पनि अधिकांस पत्ररकारहरुले चैत २५ गते हुन लागेको पत्रकार महासंघको चुनावको व्यवस्थतालाई देखाएर आउन नसक्ने जफाव फर्काएका थिए ।

तर गुदी कुरा भने आर्कै रहेको खुल्न आएको छ । गोल्डकपका संयोजक मनोज विक्रम साहको अपरिपक्क व्यवहारका कारण पटक पटक अपमानित हुँदै आएका पत्रकारहरु फेरी पनी अपहेलीत हुनसक्ने डरले पत्रकार सम्मेलनमा नपुगेको बुझिएको छ ।

यसअघि पनि मनोजले गोल्डकपबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा पत्ररकालाई होच्याउने काम गरेका थिए । फोर–स्टार होटलमा आयोजना गरिएको प्रेस मिटमा समेत पत्रकारलाई बस्ने कुर्सी मिलाउन नसकेको र अतित्थ्य व्यवहार नदेखाएको भन्दै पत्रकारहरु साहसँग पहिलादेखि नै रुष्ट छन् ।
पत्रकार महासंघको चुनावको चटारोको कारण पत्रकारहरु उपस्थिीत नभएको भनेर सोच्नु वा ठान्नु आयोजकले चित्त बुझाउने मेलो मात्र हो । किनभने चुनावमा सक्रिय भएर नलागेका पत्रकारहरुको समेते उक्त कार्यक्रममा उपस्थिती रहेको देखिदैन ।

मोरङमा अधिकासं पत्रकारहरु व्यवसायीक पत्रकारीता गर्दछन् । विराटगोल्ड कप जस्तो एतिहासिक खेलको समाचार संकलनको लागी चुनावको विचबाट पनि आधा घण्टा समय निकाल्नु पत्रकारहरुको लागी कुनै ठुलो कुरा थिएन । तर संयोजक मनोजको व्यवहारबाट त्रसित बनिसकेका पत्ररकारहरु अझै पनि उनको कार्यक्रमको फेस गर्न डराईरहेका छन् ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं ,फागुन १२ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ घुँडाको गम्भीर चोटका कारण पुनः जटिल शल्यक्रियाको गर्नुपर्ने भएकाे छ। बारम्बार  एनफा र सरकारवाट सहयाेग माग्दा पनि नपाएपछी भण्डारीले सार्वजनिक अपिलमार्फत उपचार  खर्च उठाउने निधाे गरिन् । करिब ८० हजार अमेरिकी डलर उपचार खर्च जुटाउन उनले समाजिक संजालमार्फत सार्वजनिक अपिल गरेको २४ […]

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]