०३ भाद्र २०८३, बुधबार
19-08-2026 , Wed
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

पत्रकार महासंघ प्रदेश १ मा प्यानल सहित घिमिरे विजयी

Logo

विराटनगर, चैत २७
नेपाल पत्रकार महासंघ प्रदेश नं. १ को अध्यक्षमा लीलावल्लभ घिमिरे नेतृत्वको प्यानल नै विजय भएको छ ।
प्रेस चौतारी नेपाल बाट उम्मेद्वार बनेका मोहनकाजी न्यौपानेलाई १९६ मतान्तरले पराजीत गर्दै घिमिरे विजयी भएका हुन् । घिमिरेले ७९३ मत प्राप्त गरे भने उनका प्रत्यासी उम्मेद्वार न्यौपानेले ५९७ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्षमा लवदेव ढुङ्गाना ८१० मत प्राप्त गरी निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा हिमदेवी चेम्जोङ ८३६ मत प्राप्त गरी निर्वाचित भएकी छिन् । महासचिवमा विवेक गौतम ८१९ मत ल्याउँदै निर्वाचित भएका छन् ।
सचिवमा देवेन्द्र कार्की ८६२ मतका साथ निर्वाचित भए भने समावेशी सह सचिवमा सन्तोष यादव ७६१ मत प्राप्त गर्दै विजयी बनेका छन । कोषाध्यक्षमा झापाका विमल लामिछाने ८०६ मत प्राप्त गरी निर्वाचित भएका छन् । त्यस्तै सदस्य पदमा झापाका सुरेन्द्र भण्डारी ८२९, लीलाराज झापाली ८१७,ध्रुव भट्टराई ८०४, तोयानाथ भट्टराई ७३९ र गोपालप्रसाद पोखरेलले ७२५ मत प्राप्त गर्दै विजयी भएका छन् ।
महिला सदस्यमा विनु तिम्सिनाले ८३८, माला पालुङ्वाले ७९० र सुशीला पाठकले ८४२ मत प्राप्त गर्दै विजयी बनेका छन् ।
त्यस्तै दलित सदस्यमा विपी दियाली ८२४ मतका साथ निर्वाचित भएका छन् । जनजाति सदस्यमा विष्णु सुव्वाले ८३७ , यमकुमार दनुवारले ६७१ मत प्राप्त गर्दै विजयी बनेका छन् ।
मधेशी सदस्यमा प्रमोदकुमार यादवले ७९३,व्रम्हदेव यादव ६७० मतका साथ निर्वाचित भएका छन् ।
अल्पसंख्यक सदस्यमा लीलावहादुर सुनुवार ६५५ मतका साथ निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]

काठमाडाैं, भदाै २ । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेतमा मंगलबार बिहान भएको स्कार्पियो दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीलगायत ६ जना घाइते भएका छन्। काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको सवारी सडकबाट लगभग ५०–६० मिटर तल खोल्सामा खस्दा यो दुर्घटना भएको हो। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको छ भने बाँकी पाँच जनाको अवस्था मध्यम रहेको […]

भदाै १, विराटनगर । गोल फाउण्डेनले पाइलट प्रोजेक्टका रूपमा मानव पुस्तकालयको कार्यक्रम सम्पन्न गरी अब निरन्तर अघि लैजाने याेजना बनाएकाे छ । युवा दिवसको अवसर पारेर गत बुधबार विराटनगरस्थित इलिट क्लबमा  ‘चिया सँग कथा : एक मानव पुस्तकालय अनुभव’ पाइलट कार्यक्रम फाउण्डेशनले आयाेजना गरेकाे थियाे ।  गोल फाउण्डेनले एनवाईसीए विराटनगर र इन्जीनियर्स विथआउट बाेडर्स नेपाल […]