१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

कोभिडको जेखिम रहेका स्थानमा मात्र विद्यालय बन्द गर्न प्याब्सन आग्रह

Logo

विराटनगर,चैत्र २९
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सनले विद्यालय बन्द हुने समाचार आउन थालेपछि निश्चित विद्यालय मात्र बन्द गर्न सरकारलाई आग्रह गरेको छ । कोभिड–१९ को कारण गतवर्ष चैत ११ गतेदेखि गरिएको बन्दका कारण शिक्षा क्षेत्रमा ठुलो प्रभाब परेकाले विद्यालय बन्द गर्नु मात्र रोकथामको उपाय नभएको सुझाव दिएको हो ।
प्याब्सनले अत्यन्त आवश्यक भएको स्थानका विद्यालयमा वा सम्बन्धित पालिकामा मात्र केहि निश्चित समयका लागि बन्द गर्न आग्रह गरेको छ । अनलाईनबाट पठ्नपाठनमा ५० प्रतिशत क्षेत्र मात्र समेट्न सक्ने भएकाले स्वास्थ्य सावधानीका मापदण्डका साथ विद्यालय सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ ।
त्यस्तै प्याब्सनले बालबालिकाहरुलाई कोभिड–१९को संक्रमणबाट जोगाउन मास्क र सेनिटाइजरको प्रयोग, सामाजिक दुरीको पालना गर्न समेत अभिभावकहरुलाई अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]