०३ भाद्र २०८३, बुधबार
19-08-2026 , Wed
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

न्युनतम स्वास्थ्य सुरक्षा सामाग्री समेत प्रयोग गर्दैनन् विराटनगरका ठुला अस्पताल

Logo

विराटनगर, वैशाख २१
विराटनगरका ठुला अस्पतालहरुले स्वास्थ्य सुरक्षा समाग्रीको प्रयोगमा हेलचक्राई गरेको पाईएको छ । विषेशगरी अस्पतालमा आउने विरामी कुरुवाहरुले न्युनतमरूपमा प्रयोग गर्नुपर्ने मास्क, सेनिटाईजर, ग्लोब्स र फेल्डशिल्डको प्रयोगमा विराटनगरका अस्पतालहरुले विषेश ध्यान नदिदाँ संक्रमणको संभावना झनै बढ्दै गएको छ ।

विराटनगरका केही अस्तपतालमा बाहेक कुनै पनि निजि अस्पतालहरुमा माक्स बाहेक अन्य स्वास्थ्य सुरक्षा सामाग्रीको प्रयोग अनिवार्य गरिएको छैन । सोही मास्क समेत सहि ढंगले प्रयोग नगरेको विराटनगरका विभिन्न अस्पताल भित्र देख्न सकिन्छ ।
अस्पतालमा संक्रमणको संभावना बढी हुने भएकाले अस्पताल भित्र प्रवेश गर्दा चार स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग अनिवार्य गर्नुपर्ने स्वास्थ्य विदहरु सुझाउँछन् ।

पहिलो माक्स : हावाको माध्यमबाट मुख र नाकमा छिर्न सक्ने भाईरसलाई रोक्न पहिलो लेयरमा माक्स लागाउन जरुरी हुने एक्पर्ट बताउँछन् ।

दोस्रो फेशशिल्ड : त्यस्तै दोस्रो लेयरमा प्रयोग हुने फेशशिल्डले संक्रमितको शिरिरबाट तरल रुपमा निश्क्ने सिगान, पशिना वा ह्याचु गर्दा आउने पदार्थबाट जोगिन मद्दत गर्ने विज्ञको बुझाई छ ।फेशशिल्डले हावाबाट आउनसक्ने भाईरसलाई समेत रोक्ने भएकाले यसको प्रयोग अस्पतालहरुमा अनिवार्य गरिनुपर्ने विज्ञको भनाई छ ।

तेस्रो सेनिटाईजर : त्यस्तै हातबाट शरिरमा प्रवेश गर्न सक्ने कोरोना भाईरसलाई हातैमा निश्क्रिय पार्न सेनिटाईजर प्रयोग गर्नुपर्ने उनीहरु बताउँछन् ।

चौथो ग्लोब्स  : हातबाट विभिन्न सामानहरु छुईने हुँदा, डाईरेक्ट कन्ट्रायाक्टबाट हुनेसक्ने संक्रमणलाई रोक्न ग्लोब्स प्रयोग गरिनुपर्ने विज्ञको तर्क छ ।

तर विराटनगरका अस्पताहरुमा भने यी चार स्वास्थ्य सुरक्षा सामाग्रीको खासै प्रयोग भएको पाईदैन । अस्पताल हाताभित्र छिटपुटरुप मात्र केही स्वास्थ्यकर्मीहरुले त्यस्ता स्वास्थ्य सुरक्षा समाग्री प्रयोग गरेको पाईन्छ । विरामी तथा विरामी कुरुवाको लागी विराटनगरका अस्पतालमा स्वास्थ्य सुरक्षा सामाग्री अनिवार्य गरिएको छैन । विज्ञहरुले अस्पताल हाताभित्र प्रवेश गर्ने जोकोहीले पनि न्युनतम मास्क, फेशशिल्ड र सेनिटाईजर अनिवार्य प्रयोग गर्नु पर्ने सुझाउँछन् ।

अस्पतालमा विरामी कुरुवा तथा स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने स्वास्थ्य सुरक्षा सामाग्रीमा संक्रमणको संभावना अत्याधिक हुने भएकोले अस्पतालमा प्रयोग भएका मास्क, फेशशिल्ड र ग्लोब्सलाई हस्तालभित्रै डिस्पोज गर्दा उचित हुने विज्ञ वताँउछन् । मास्क, फेस शिल्ड र ग्लोब्स जस्ता स्वास्थ्य सुरक्षाको समाग्रीहरु एक ठाँउमा प्रयोग गरेपछि सकेसम्म आर्को ठाँउमा प्रयोग नगर्न विद सुझाँउछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]

काठमाडाैं, भदाै २ । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेतमा मंगलबार बिहान भएको स्कार्पियो दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीलगायत ६ जना घाइते भएका छन्। काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको सवारी सडकबाट लगभग ५०–६० मिटर तल खोल्सामा खस्दा यो दुर्घटना भएको हो। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको छ भने बाँकी पाँच जनाको अवस्था मध्यम रहेको […]