१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

न्युनतम स्वास्थ्य सुरक्षा सामाग्री समेत प्रयोग गर्दैनन् विराटनगरका ठुला अस्पताल

Logo

विराटनगर, वैशाख २१
विराटनगरका ठुला अस्पतालहरुले स्वास्थ्य सुरक्षा समाग्रीको प्रयोगमा हेलचक्राई गरेको पाईएको छ । विषेशगरी अस्पतालमा आउने विरामी कुरुवाहरुले न्युनतमरूपमा प्रयोग गर्नुपर्ने मास्क, सेनिटाईजर, ग्लोब्स र फेल्डशिल्डको प्रयोगमा विराटनगरका अस्पतालहरुले विषेश ध्यान नदिदाँ संक्रमणको संभावना झनै बढ्दै गएको छ ।

विराटनगरका केही अस्तपतालमा बाहेक कुनै पनि निजि अस्पतालहरुमा माक्स बाहेक अन्य स्वास्थ्य सुरक्षा सामाग्रीको प्रयोग अनिवार्य गरिएको छैन । सोही मास्क समेत सहि ढंगले प्रयोग नगरेको विराटनगरका विभिन्न अस्पताल भित्र देख्न सकिन्छ ।
अस्पतालमा संक्रमणको संभावना बढी हुने भएकाले अस्पताल भित्र प्रवेश गर्दा चार स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग अनिवार्य गर्नुपर्ने स्वास्थ्य विदहरु सुझाउँछन् ।

पहिलो माक्स : हावाको माध्यमबाट मुख र नाकमा छिर्न सक्ने भाईरसलाई रोक्न पहिलो लेयरमा माक्स लागाउन जरुरी हुने एक्पर्ट बताउँछन् ।

दोस्रो फेशशिल्ड : त्यस्तै दोस्रो लेयरमा प्रयोग हुने फेशशिल्डले संक्रमितको शिरिरबाट तरल रुपमा निश्क्ने सिगान, पशिना वा ह्याचु गर्दा आउने पदार्थबाट जोगिन मद्दत गर्ने विज्ञको बुझाई छ ।फेशशिल्डले हावाबाट आउनसक्ने भाईरसलाई समेत रोक्ने भएकाले यसको प्रयोग अस्पतालहरुमा अनिवार्य गरिनुपर्ने विज्ञको भनाई छ ।

तेस्रो सेनिटाईजर : त्यस्तै हातबाट शरिरमा प्रवेश गर्न सक्ने कोरोना भाईरसलाई हातैमा निश्क्रिय पार्न सेनिटाईजर प्रयोग गर्नुपर्ने उनीहरु बताउँछन् ।

चौथो ग्लोब्स  : हातबाट विभिन्न सामानहरु छुईने हुँदा, डाईरेक्ट कन्ट्रायाक्टबाट हुनेसक्ने संक्रमणलाई रोक्न ग्लोब्स प्रयोग गरिनुपर्ने विज्ञको तर्क छ ।

तर विराटनगरका अस्पताहरुमा भने यी चार स्वास्थ्य सुरक्षा सामाग्रीको खासै प्रयोग भएको पाईदैन । अस्पताल हाताभित्र छिटपुटरुप मात्र केही स्वास्थ्यकर्मीहरुले त्यस्ता स्वास्थ्य सुरक्षा समाग्री प्रयोग गरेको पाईन्छ । विरामी तथा विरामी कुरुवाको लागी विराटनगरका अस्पतालमा स्वास्थ्य सुरक्षा सामाग्री अनिवार्य गरिएको छैन । विज्ञहरुले अस्पताल हाताभित्र प्रवेश गर्ने जोकोहीले पनि न्युनतम मास्क, फेशशिल्ड र सेनिटाईजर अनिवार्य प्रयोग गर्नु पर्ने सुझाउँछन् ।

अस्पतालमा विरामी कुरुवा तथा स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने स्वास्थ्य सुरक्षा सामाग्रीमा संक्रमणको संभावना अत्याधिक हुने भएकोले अस्पतालमा प्रयोग भएका मास्क, फेशशिल्ड र ग्लोब्सलाई हस्तालभित्रै डिस्पोज गर्दा उचित हुने विज्ञ वताँउछन् । मास्क, फेस शिल्ड र ग्लोब्स जस्ता स्वास्थ्य सुरक्षाको समाग्रीहरु एक ठाँउमा प्रयोग गरेपछि सकेसम्म आर्को ठाँउमा प्रयोग नगर्न विद सुझाँउछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]