१२ भाद्र २०८३, शुक्रबार
28-08-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

गाईजात्रा अब प्रदेश–प्रदेशमा

विराटनगर, समिरा, हेटौडा, पोखरा, बुटवल, सुर्खेत, धनगढीमा हुने
Logo

काठमाडौं, श्रावण ३०
काठमाडौंमा मात्र केन्द्रित रहदै आएको गाईजात्रा विषेश कार्यक्रम अब प्रदेश स्थरमा पनि हुन भएको छ । ब्राण्डवोर्थ प्रालिको आयोजनामा हुन लागेको उक्त कार्यक्रमा सातै प्रदेशको मुख्य सहरहरुमा आयोजना हुने बताईएको छ ।
प्रदेश १को विराटनगर, प्रदेश २को समिरा, प्रदेश ३को हेटौडा, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५को बुटवल, कर्णाली प्रदेशको घोरही, सुदुरपश्चिम प्रदेशको धनगढीमा गाईजात्र कार्यक्रम हुने भएको छ ।
कार्यक्रममा प्रख्यात हाँस्य कलाकारहरु मनोज गजुरेल, शैलेन्द्र सिम्खडा, सुरेन्द्र केसी (मुला साग), रवि डंगोल, यमन श्रेष्ठ, पूर्ण थापा, शिवशंकर रिजाल (जोगिन्दर पानवाला), सुवोध गौतम, सन्ध्या बुढा (काउली बुढी), सुमन कार्की, रुविना अधिकारी लगायतको प्रस्तुती रहनेछ ।
विराटनगरमा कहिले ?
गाईजात्रको भोलीपल्ट श्रावण ३२ गते जेसिसको सह–अयोजनामा विराटनगरको विरेन्द्र सभागृहमा उक्त कार्यक्रम हुनेछ ।
उक्त कार्यक्रम प्रदेश नम्बर १ को बिराटनगरबाट शुरु भएर धनगढी हुँदै काठमाण्डौमा अन्त्य हुनेछ आयोजकले जानकारी गराएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]