२१ पुष २०८२, सोमबार
05-01-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

गाईजात्रा अब प्रदेश–प्रदेशमा

विराटनगर, समिरा, हेटौडा, पोखरा, बुटवल, सुर्खेत, धनगढीमा हुने
Logo
प्रकाशित बिहिबार, साउन ३०, २०७६

काठमाडौं, श्रावण ३०
काठमाडौंमा मात्र केन्द्रित रहदै आएको गाईजात्रा विषेश कार्यक्रम अब प्रदेश स्थरमा पनि हुन भएको छ । ब्राण्डवोर्थ प्रालिको आयोजनामा हुन लागेको उक्त कार्यक्रमा सातै प्रदेशको मुख्य सहरहरुमा आयोजना हुने बताईएको छ ।
प्रदेश १को विराटनगर, प्रदेश २को समिरा, प्रदेश ३को हेटौडा, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५को बुटवल, कर्णाली प्रदेशको घोरही, सुदुरपश्चिम प्रदेशको धनगढीमा गाईजात्र कार्यक्रम हुने भएको छ ।
कार्यक्रममा प्रख्यात हाँस्य कलाकारहरु मनोज गजुरेल, शैलेन्द्र सिम्खडा, सुरेन्द्र केसी (मुला साग), रवि डंगोल, यमन श्रेष्ठ, पूर्ण थापा, शिवशंकर रिजाल (जोगिन्दर पानवाला), सुवोध गौतम, सन्ध्या बुढा (काउली बुढी), सुमन कार्की, रुविना अधिकारी लगायतको प्रस्तुती रहनेछ ।
विराटनगरमा कहिले ?
गाईजात्रको भोलीपल्ट श्रावण ३२ गते जेसिसको सह–अयोजनामा विराटनगरको विरेन्द्र सभागृहमा उक्त कार्यक्रम हुनेछ ।
उक्त कार्यक्रम प्रदेश नम्बर १ को बिराटनगरबाट शुरु भएर धनगढी हुँदै काठमाण्डौमा अन्त्य हुनेछ आयोजकले जानकारी गराएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सोलुखुम्बु, पौष १८ — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा थुलुङ दूधकोशी गाउँपालिका–१ निवासी विवेक बाबु लामिछानेले सोलुखुम्बुबाट चुनाव लड्ने घोषणा गर्नुभएको छ। उहाँको यो घोषणाले जिल्लाको राजनीतिक परिवेशमा नयाँ बहस र चासो सिर्जना गरेको छ। जनताको विश्वास र अपेक्षालाई केन्द्रमा राखेर राजनीतिमा प्रवेश गरेको बताउँदै लामिछानेले परम्परागत राजनीतिक अभ्यासले जनताको वास्तविक […]

विराटनगर,१७ पुस । हरेक वर्ष पुस १७ गते मनाइँदै आएको राष्ट्रिय पोशाक दिवस आज नेपालसहित विश्वभर रहेका नेपालीहरूले विभिन्न कार्यक्रम गरी मनाएका छन्।विदेशी संस्कृति र पहिरनको बढ्दो प्रभावका कारण नेपाली मौलिकता संकटमा पर्न थालेपछि त्यसको प्रतिकारस्वरूप यो अभियान सुरु गरिएको अभियन्ताहरूले बताएका छन्। ढाका तथा भादगाउँले टोपी नेपालीपनको प्रतीकका रूपमा विश्वभर चिनिएको भन्दै यसको ऐतिहासिक र […]

विराटनगर, पुष १७। मोरङ उद्योग व्यापार संघको आयोजनामा सञ्चालन भइरहेको विराट एक्स्पो अन्तर्गत बिहीबार ‘सीप प्रमाणीकरणदेखि रोजगारीसम्म’ विषयमा विशेष छलफल भएको छ। एक्स्पो अवधिभर उद्योग, व्यवसाय र श्रम बजारसँग सम्बन्धित विविध समसामयिक विषयमा दैनिक छलफल भइरहेका छन्। कार्यक्रममा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयकी शैक्षिक योजना महाशाखाकी उपसचिव लक्ष्मी न्यौपाने, सिटिईभिटी इटहरीका सह–निर्देशक दुर्गा प्रसाद ओझा, […]