२९ पुष २०८२, मंगलबार
13-01-2026 , Tue
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

व्यापार बढेपढि, ट्रेड एक्स्पो एक दिनका लागी थपियो

Logo
प्रकाशित बिहिबार, चैत्र २४, २०७८

विराटनगर, चैत २४

विराटनगरमा जारी “ट्रेड एक्स्पो २०२२” को समयावधि १ दिनको लागी थपिएको छ । आयोजक मोरङ व्यापार संघले बुधबार पत्रकार सम्मेलनको आयोजना सो जानकारी दिएको हो ।
चैत्र १८ गतेदेखि सुरु भएको ट्रेड एक्स्पो चैत्र २६ गते सम्पन्न हुने यसअघि बताईएको थियो । तर एकदिनको लागी समयावधि थप भएपछि अब एक्सपो चैत २७ गतेसम्म हुने भएको छ ।
मेलाप्रति उपभोक्ताको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै मेलाको समयावधि थप्नु आवश्यक देखिएको संघका सचिव संजय श्रेष्ठले बाताए । ‘अवोलोकनकर्ता, उपभोक्ता र व्यापारीको संयुक्त चहाना बमोजिम मेलाको अवधि थप गरिएको हो’ श्रेष्ठले पहिलो वाक्य सुधार्दै भने ।

हालसम्म १ लाख ८० हजार बढीले मेला अवलोकन गरिसकेको जनाईएको छ । आयोजकका अनुसार मेलामा हालसम्म १५ करोड बराबरको कारोबार भएको छ ।
एक्स्पोमा ८० वटा एसीसहितका, ६० वटा कुलरसहितका र १०६ वटा सामान्य स्टल रहेको छ ।

एक्स्पोमा दर्शकलाई मनोरञ्जन प्रदान गर्न विभिन्न दैनिकजसो राष्ट्रिय कलाकालहरूबाट मनोञ्जन प्रदान गरिएको छ । व्यापार मेलामा बिहीबार सबिन राईके प्रस्तुती रहेके छ। शुक्रबार गायक डम्मबर नेपाली र शुक्रबार चिर्चित गायिका इन्दिरा जोशीको सांगीतिक प्रस्तुती रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, पुष १७। मोरङ उद्योग व्यापार संघको आयोजनामा सञ्चालन भइरहेको विराट एक्स्पो अन्तर्गत बिहीबार ‘सीप प्रमाणीकरणदेखि रोजगारीसम्म’ विषयमा विशेष छलफल भएको छ। एक्स्पो अवधिभर उद्योग, व्यवसाय र श्रम बजारसँग सम्बन्धित विविध समसामयिक विषयमा दैनिक छलफल भइरहेका छन्। कार्यक्रममा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयकी शैक्षिक योजना महाशाखाकी उपसचिव लक्ष्मी न्यौपाने, सिटिईभिटी इटहरीका सह–निर्देशक दुर्गा प्रसाद ओझा, […]

विराटनगर, मंसिर २३ ।   पुस ९ गतेदेखि १९ गतेसम्म विराटनगरमा ‘विराट ट्रेड एक्स्पो’ आयोजना हुने भएको छ। मोरङ उद्योग व्यापार संघले साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गरी साे एक्स्पाे बारे विस्तृत जानकारी दिएकाे छ । विराटनगर–२ शान्तिचोकस्थित जिल्ला प्रहरी कार्यालय नजिकैको खुला स्थानमा सञ्चालन हुने यस मेलामा जर्मन प्रविधिको ‘ह्याङ्गर’ र अक्टानम सिस्टमसहित करिब २३० […]

काठमाडाै‌ं, मंसिर १५ – नेपाल आयल निगमले केही इन्धनको मूल्य समायोजन गरेको छ। आइतबार सार्वजनिक गरिएको विज्ञप्तिअनुसार डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँको कमी गरिएको छ। तर, हवाइ इन्धनको मूल्य भने बढेको छ। आन्तरिक उडानका लागि प्रतिलिटर ६ रुपैयाँले वृद्धि भएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले घटेको छ। संशोधित […]