२३ आश्विन २०८१, बुधबार
09-10-2024 , Wed

प्रस्तोता रवि लामिछाने पक्राउ

Logo
प्रकाशित बिहिबार, साउन ३०, २०७६

काठमाडौं, श्रावण ३०
कार्यक्रम प्रस्तोत रवि लामिछाने पक्राउ परेका छन् । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको विषयमा सोधपुछका लागि भन्दै लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो । लामिछानेलाई पानीपोखरीमा रहेको टेलिभिजन कार्यालयबाटै पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।
उनीसँग युवराज कँडेल र अस्मिता कार्कीलाइ पनि पक्राउ परेको प्रहरीले जनाएको छ । चितवन प्रहरीले काठमाडौं प्रहरीसँग समन्वय गरी उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि रवि लामिछानेसहितका तीनजनाको नाम उल्लेख गर्दै मर्न बाध्य बनाएको भिडियो सार्वजनिक भएपछि सोधपुछका लागि भन्दै उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,१८ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले अझै पनि झागड-उराव समुदाय शिक्षा,स्वास्थ्य तथा अन्य आधारभूत आवस्यकतावाट बन्चित रहदै आएको भन्दै राज्यतहवाटै समस्याको समाधान गरिनुपर्ने बताएका छन् । उराव समुदायका अगुवाहरुको भनाईहरुलाई सम्वोधन गदै पराजुलीले समुदाय स्तरमै गएर राज्यले डाटा लिने र सोही अनुरुपको व्यवस्थापन गर्न सके मात्रै अधिकारका हरेक पक्षहरु […]

विराटनगर,१८ असोज / नेपाल झागड उराव कोड्रेम सुधार समिति विराटनगरले कर्मा-धर्मा पूजा कार्यक्रम सम्पन्न गरेको छ । विराटनगर-४ स्थित इक्राइ बनलौरीमा बुधबार विभिन्न धार्मिक तथा सास्कृतिक कार्यक्रम गरिएको थियो । समितिका अध्यक्ष हरी उराँवको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुली प्रमुख अतिथिकारुपमा सहभागी भएका थिए । कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य पराजुलीले झागड,उराव […]

काठमाडौँ,१७ असोज । बडादशैँ शुरु भएको छ । पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिदै छ । पूजा कोठा वा दशैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुनेछ । नवरात्रको पहिलो दिन घटस्थापना गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बिहान ९ः१६ बजे घटस्थापना गर्ने साइत […]