२५ बैशाख २०८३, शुक्रबार
08-05-2026 , Fri
Gold Silver Price (Baishak 16, 2083, WED)
Fine Gold 1 Tola NRs. 295000
Silver 1 Tola Nrs. 4930

धमला पत्नी एलिजाको “काला चश्मा डान्स” भाईरल, प्रसंशाभन्दा आलोचना बढी

Logo

विराटनगर, भदौ ८
निरज बस्नेत

चर्चित पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमको चर्चा यतिवेला ह्वात्तै चुलिएको छ । हरितालिका तीजको मेसोमा एलिजाले हिन्दि बोलको काला चश्मा गानामा गरेको भड्किलो नृत्यले नेपाल लगायत विश्वका अन्य मुलुकमा रहेका नेपालीमाझ समेत हल्लीखल्ली मच्चिएको छ । उनकै डान्सले सामाजिक संजाल भरिएका छन् । अझ टिकटक त गज्जवले तातेको छ ।

नेपाली नारीहरुको महान् पर्व तिजसँग काला चश्मा बोलको हिन्दि गानाको कुनै साईनो छैन । तर एलिजाको उक्त कन्टेन्टलाई पछ्याउदै हजारौ नारीले टिकटिकमा भिडियो बनाएका छन् । लाखौं भ्युज नाघेको यो एलिजाको नृत्य भाईरल भईसकेको छ ।
उक्त भिडियोकै कारण एलिजाको अहिले चौतर्फी आलोचाना भईरहेको छ । भड्किलो नृत्यले नव पुस्तालाई नकारात्मक असर पार्ने आलोचकको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, वैशाख १५ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विराटनगरमा म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ। लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ सी को आयोजनामा बैशाख १८ गते ‘विराटनगर रन २.० म्याराथन’ सञ्चालन हुने भएकाे हाे । साे म्याराथनकाे मुख्य प्रायाेजक नाेबल क्यान्सर हस्पिटल रहेकाे छ । त्यसैगरी ओली एण्ड एसाेसिएट्स कन्सल्टेन्सी विराटनगर प्रवर्द्धक रहेकाे छ । आयोजकले […]

विराटनगर, वैशाख १४  । विराटनगर वरपरका बोतल पानी व्यवसायीले पानीको मूल्यमा कार्टेलिङ गरेका छन्। कार्टेलिङ गरेर उनीहरुले जारको मूल्य दुई सय प्रतिशतले बढाएका छन्। यसअघि सामान्यतः खुद्रामा ४० रुपैयाँमा पाइँदै आएको पानी अहिले एक्कासि प्रतिजार ८० रुपैयाँ पुर्याइएको छ। यस विषयमा उत्पादकहरूसँग कुराकानी गर्दा उनीहरूले दुईवटा मुख्य कारण देखाएका छन्। पहिलो, पेट्रोलका कारण मूल्यवृद्धि भइरहेकोले […]

पछिल्लो एक महिनामा चार पटक मूल्य बढाएर पेट्रोल २१९ र डिजेल २०७ रुपैयाँ पुगेको छ। चैत १ गतेको तुलनामा पेट्रोलमा ४०% र डिजेलमा ४५.७७% वृद्धि भएको छ। दक्षिण एसियामा सबैभन्दा महँगो इन्धन अहिले नेपालमा छ। बुधबार मात्र सरकारले डिजेल र मटितेलमा ३० रुपैयाँ बढाएकाे छ । अन्य देशले दिएको सहुलियत: भारत: आफ्ना नागरिकलाई ९० रुपैयाँमा […]