३० भाद्र २०८३, मंगलबार
15-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराट राजवंशी महोत्सवमा शनिवार मेलिनाको प्रस्तुती

Logo

विराटनगर, असोज १४
निरज बस्नेत
विराटनगर हाटखोलामा जारी विराट महोत्सवमा शनिवार चर्चित गायिका मेलिना राईको प्रस्तुती रहने कुराको जानकारी प्रमुख व्यवस्थापक नारायण अधिकारीले दिएका छन् । मेलिना राईका साथमा भोली विराटनगरका दर्शक झुम्मिने अधिकारी बताउँछन् ।

भोलिको सांगितिक माहौललाई आफ्नो सुमधुर गाना मार्फत मेलिनाले विराटनगरवासीलाई भरपूर मनोरन्जन दिने ग्यारेण्टी विराट राजवशी प्रगतिशिल विकाश समाज समितिका अध्यक्ष किरण राजवंशीको दावी छ । पछिल्लो पुस्ताकी लोकप्रिय गायिका मेलिनाले नेपाली चलचित्र लगायत अन्य थुप्रै मेलोडी गानाहरु मार्फत नेपालीजनलाई पूरापूर ईन्टरटेनमेन्ट दिएकी छिन् ।

यहाँ विराट महोत्सवमा मेलिना आउने कुराले सवैलाई उत्साह थपिदिएको छ । यही सेरोफेरोमा भोलीको विराट महोत्सव थप रमाईलो बन्नेछ । यसका अलावा, स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती हुनेनैछ । १० असोज घटस्थापना देखि शुरु विराट महोत्सव २१ असोजसम्म चल्नेछ । महोत्सवमा रोटे पिङ, ड्राइगन रेल, कोलम्वस नाउँ, अन्य खेल सामग्री लगायतको मज्जा बेग्लै छदैछ । स्वाद पारखीकाका लागि, मिठा–मिठा परिकार सहितको खानाको स्टल समेत रहेका छन्

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२०८२, भदाै १८ न पचायो प्रेम उस्ले, न घृणा न पचायो खुसी उस्ले ,न त पीडा! पचायो त केवल उस्ले, त्यही क्षणिक कृडा! ए भन न ,मान्छेले चाहन्छ के!? (२) प्रेम दिए , निरर्थक मान्छ बेवास्ता दिए बेकार ठान्छ ! ख्याल छैन उस्लाई,तिमीमा के छ बितेको !?(२) अल्झिन्छ बिगतमै जे छ सिकेको ! ए भन […]

काठमाडौं ,१५ भाद्र । मिस नेपाल २०२५ को उपाधि लुना लुँइटेलले हात पारेकी छन् । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा यसवर्षको मिस नेपाल उपाधि लुँइटेललाई घोषणा गरेको हो । काठमाडौंसहित मुलुकका विभिन्न शहरमा आयोजना गरिएको अडिसनमार्फत २६ जना फाइनलिस्ट थिए । जसमध्ये थर्ड रनर अप तथा मिस नेपाल […]

 काठमाडौ,जेठ १०। गायक दिपेश मिश्र र समिक्ष्या दाहालको स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘पल’ छिट्टै सार्वजनिक हुने भएको छ। यस गीतमा शब्द तथा संगीत गायक दिपेश मिश्र स्वयंले सिर्जना गरेका हुन्। सचित खड्काको निर्देशनमा तयार भएको भिडियोमा जीवन काजी थापा, रचना गौतम र अमिशा दाहालले अभिनय गरेका छन्। प्रेमभावनामा आधारित यस गीतलाई ग्यानेन्द्र शर्माले छायांकन […]