०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
Gold Silver Price (3 chaitra 2082, TUE)
Fine Gold 1 Tola NRs. 310400
Silver 1 Tola Nrs. 5350

मोरङ–४ मा राप्रपाबाट रिजालको उम्मेदवारी

Logo

विराटनगर, कार्तिक १
निरज बस्नेत
मोरङ–४ मा राष्ट्रिय प्रजातन्त्र पार्टी बाट प्रतिनिधि सभाका लागि रवि रिजालको उम्मेदवारी परेको छ । अमेरिकाको लोभलाग्दो कामलाई तिलान्जली दिदैं विगत १० बर्षदेखि नेपाल र नेपालीको लागि केही गर्ने अठोट लिदैं राप्रपाबाट राजनीति यात्रा अगाडी बढाएका रिजाल आफैमा क्षमतावान् युवा हुन् ।

अमेरिकामा कामको सिलसिलामा रिजाल १५ बर्ष बसे । विराटनगर–३ निवासी रिजाल स्व.पूर्व प्रधानमन्त्री नागेन्द्र प्र रिजालका पुस्तामध्येका एक हुन् । अव, आफ्नो बाँकी रहेको जिवन सम्पूर्णरुपमा देश जनताप्रति समर्पित गर्ने दृढ संकल्प लिएका रिजाल, मोरङ–४ मा यतिवेला सवैमाझ लोकप्रिय बन्दैं गईरहेका छन् ।

भ्रष्टाचार विरुद्दको महान् अभियानमा सिंगो राप्रपा खडा भएको छ । भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु बराबर हो, यही स्लोगन नै रिजालको मुख्य चुनावी एजेण्डा हो । त्यस्तैगरी, युवा लक्षित कार्यक्रम, महिलामैत्री कार्यक्रम, विकास–निर्माण पूर्वाधारको क्षेत्रमा विशेष काम, निशुल्क रुपमा स्वास्थ्य–शिक्षामा पहुच, लगायतका महत्वपूर्ण चुनावी एजेण्डा रिजालसँग छ ।

मोरङ–४ मा विराटनगरका, १, २, ३, ८, १०, र १९ न. वडाहरु पर्छन् । ग्रामथान पूरै गाउँपालिका पर्छ । त्यस्तैगरी बेलवारीका, दक्षिणी भेगका वडाहरु, ५, ६, र ७ पर्छन् । कटहरी गाउँपालिका पूरै परे । जम्माजम्मी २४ वडाहरु मोरङ–४ मा पर्छन् । कूल मतदाता संख्या १ लाख १० हजारभन्दा बढी रहेका छन् ।

रिजालको प्रतिष्पर्धीको रुपमा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका अमनलाल मोदी रहेका छन् । एमालेबाट, विनोद ढकाल, हुन् । गएको चुनावमा मोरङ–४ बाट अमनलालले कांग्रेसका महेश आचार्यलाई हराएका थिएँ । पहिलाको राजनीति सिनारियो जे–जस्तो भएतापनि यो पालि आम जनताले परिवर्तन खोजेका छन् । तसर्थ, राप्रपाका युवा उम्मेदवार रिजालको परिवर्तनकारी सकारात्मक सोचलाई मोरङ–४ का आम मतदाताले रुचाएकै देखिन्छ । यही, लगायतका अन्य कारणले गर्दा पनि रिजालको जितको ढोका अव, मंसिर ४ मा पक्कै खुल्नेछ , यही पूर्वानुमान हुदैछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं २०८२ चैत ३ । वाणिज्य तथा आपूर्ति विभागले ग्यास उद्योगी र वितरकहरूलाई कृत्रिम अभाव सिर्जना नगर्न कडा निर्देशन दिएको छ। ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योगको गोदाममा अनुगमनका क्रममा ६ हजार ३ सय ७७ वटा भरिएका सिलिन्डर लुकाइराखेको फेला परेपछि सो उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ। साथै, ती सिलिन्डर नेपाल आयल निगमको रोहवरमा […]

काठमाडाैं, २०८२ चैत १ । इरानका विदेशमन्त्री अब्बास अरघचीले स्ट्रेट अफ होर्मुज पूर्णरूपमा बन्द नभएको स्पष्ट पारेका छन्। उनका अनुसार यो समुद्री मार्ग केवल अमेरिका र इजरायलका जहाजका लागि मात्र बन्द गरिएको हो, अन्य देशका जहाजलाई सामान्य आवतजावतमा कुनै रोक छैन। तथापि, आक्रमणको डरले सयौं जहाज रोकिएका छन् र विश्वभर इन्धन आपूर्तिमा असर परेको छ। […]

काठमाडौँ२५ फागुन , प्रतिनिधिसभा निर्वाचनको समानुपातिक मतगणनामा श्रम संस्कृति पार्टीले ३ प्रतिशत थ्रेसहोल्ड पार गरेको छ। निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार पार्टीले आवश्यक मत प्रतिशत कटाएको छ। यद्यपि, समानुपातिकको अन्तिम मतपरिणाम आइ नसकेकोले यसमा घटबढ हुनसक्ने देखिन्छ। यदि अन्तिम नतिजाअनुसार ३ प्रतिशत कटाए राष्ट्रिय पार्टी बन्नेछ। निर्वाचन आयोगको वेबसाइटमा सार्वजनिक विवरणअनुसार श्रम संस्कृति पार्टीले हालसम्म २ […]