११ माघ २०८२, शनिबार
24-01-2026 , Sat
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

मोरङ–४ मा राप्रपाबाट रिजालको उम्मेदवारी

Logo

विराटनगर, कार्तिक १
निरज बस्नेत
मोरङ–४ मा राष्ट्रिय प्रजातन्त्र पार्टी बाट प्रतिनिधि सभाका लागि रवि रिजालको उम्मेदवारी परेको छ । अमेरिकाको लोभलाग्दो कामलाई तिलान्जली दिदैं विगत १० बर्षदेखि नेपाल र नेपालीको लागि केही गर्ने अठोट लिदैं राप्रपाबाट राजनीति यात्रा अगाडी बढाएका रिजाल आफैमा क्षमतावान् युवा हुन् ।

अमेरिकामा कामको सिलसिलामा रिजाल १५ बर्ष बसे । विराटनगर–३ निवासी रिजाल स्व.पूर्व प्रधानमन्त्री नागेन्द्र प्र रिजालका पुस्तामध्येका एक हुन् । अव, आफ्नो बाँकी रहेको जिवन सम्पूर्णरुपमा देश जनताप्रति समर्पित गर्ने दृढ संकल्प लिएका रिजाल, मोरङ–४ मा यतिवेला सवैमाझ लोकप्रिय बन्दैं गईरहेका छन् ।

भ्रष्टाचार विरुद्दको महान् अभियानमा सिंगो राप्रपा खडा भएको छ । भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु बराबर हो, यही स्लोगन नै रिजालको मुख्य चुनावी एजेण्डा हो । त्यस्तैगरी, युवा लक्षित कार्यक्रम, महिलामैत्री कार्यक्रम, विकास–निर्माण पूर्वाधारको क्षेत्रमा विशेष काम, निशुल्क रुपमा स्वास्थ्य–शिक्षामा पहुच, लगायतका महत्वपूर्ण चुनावी एजेण्डा रिजालसँग छ ।

मोरङ–४ मा विराटनगरका, १, २, ३, ८, १०, र १९ न. वडाहरु पर्छन् । ग्रामथान पूरै गाउँपालिका पर्छ । त्यस्तैगरी बेलवारीका, दक्षिणी भेगका वडाहरु, ५, ६, र ७ पर्छन् । कटहरी गाउँपालिका पूरै परे । जम्माजम्मी २४ वडाहरु मोरङ–४ मा पर्छन् । कूल मतदाता संख्या १ लाख १० हजारभन्दा बढी रहेका छन् ।

रिजालको प्रतिष्पर्धीको रुपमा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका अमनलाल मोदी रहेका छन् । एमालेबाट, विनोद ढकाल, हुन् । गएको चुनावमा मोरङ–४ बाट अमनलालले कांग्रेसका महेश आचार्यलाई हराएका थिएँ । पहिलाको राजनीति सिनारियो जे–जस्तो भएतापनि यो पालि आम जनताले परिवर्तन खोजेका छन् । तसर्थ, राप्रपाका युवा उम्मेदवार रिजालको परिवर्तनकारी सकारात्मक सोचलाई मोरङ–४ का आम मतदाताले रुचाएकै देखिन्छ । यही, लगायतका अन्य कारणले गर्दा पनि रिजालको जितको ढोका अव, मंसिर ४ मा पक्कै खुल्नेछ , यही पूर्वानुमान हुदैछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]