०२ आश्विन २०८३, शुक्रबार
18-09-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

मोरङ–६ मा प्रतिनिधि सभामा कटुवालको चुनाव जित्ने दावी

Logo

विराटनगर, कार्तिक ३
निरज बस्नेत
हिन्दू राष्ट्रको पहिचान रा.प्र.पा. को अभियानलाई शिरोधार्य गर्दे गोपाल क्षेत्री कटुवालले मोरङ–६ बाट चुनाव जित्ने दावी गरेका छन् । मंसीर–४ मा हुन गईरहेको प्रतिनिधि सभाको चुनावमा राष्ट्रियता, प्रजातन्त्र, उदारवाद, लाई अंगिकार गरेको राप्रपाले मोरङ–६ मा चुनावी चहलपहललाई तीव्रता दिएको छ । जनताको मन जित्दै घर–घरमा गएर आफ्ना महत्वपूर्ण एजेण्डा प्रस्तुत गरिरहेको छ ।

राजसंस्थासहितको प्रजातन्त्रको परिकल्पना राप्रपाको मूल मन्त्र हो । हिजोको दिनमा पटक–पटक अन्य ठूला भनिएका पार्टीको शासन हेरियो । खासै जनताको तहमा देखिनेगरी पटक्कै काम भएको देखिएन । इनफ इज इनफ, अव, अति भो, अरुलाई हेरियो कयौं पटक, यो पाली हेर्नेपर्छ राप्रपालाई, यि यस्तै मुख्य चुनावी एजेण्डा बोकी घरदैलो अभियानलाई निरन्तरता दिईरहेको छ ।

भ्रष्टाचार गर्नु भनेको भनेको आमाको रगत खानु बराबर हो, यो राष्ट्रिय स्लोगनलाई, जोडदार रुपमा उठाउदै चुनावी चहलपहललाई आम मतदाताको तहमा पुर्याईरहेको छ । मंसीर–४ गते हलोमा मतदान गरी राप्रपाका धेरै भन्दा धेरै उम्मेदवारलाई विजयी गराऔं भन्दै हर कोही उम्मेदवारले मतदाता माझ मत मागिरहेका छन् ।

एकपटक–यसैपाली भन्दै आम मतदाता समक्ष राप्रपाका उम्मेदवार घरदैलो अभियानमा सक्रियतापूर्वक पुगिरहेका छन् । एकपटक–यसैपटक भन्दै राप्रपाको यो चुनावी अभियान देशव्यापी रुपमा जारी छ । निश्कलंक छवि भएका दूरदर्शी उम्मेदवार कटुवालले ग्रास लेवलमा नै गएर आम मोरङ–६ क्षेत्रवासीको मन मनमन बस्न सफल भइरहेका छन् ।

सक्नेगरी मात्र वाचा गर्छन् । नपुग्ने केही नभन्ने कटुवालको बानी छ । यही असल व्यक्तित्व नै आज आम मतदातामा रुचाइएको देखिन्छ । यस क्षेत्रबाट गएको चुनावमा एमालेका लालवावु पण्डितले कांग्रेसका शेखर कोइरालालाई हराएका थिएँ । यो पाली आफूले चुनाव जित्ने कटुवालको दावी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]