१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

प्रधानमन्त्री शेर बहादुर देउवा विराटनगर शनिवार आउँदैं

Logo

विराटनगर, कार्तिक ३
निरज बस्नेत
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेर बहादुर देउवा कार्तिक ५ गते शनिवार विराटनगर आउँदैछन् । देउवाका साथमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सँगै आउँदैछन् । यसका लागि कांग्रेस केन्द्रिय सदस्य डा. शेखर कोईराला  बुधवार काठमाडौं प्रस्थान गरिसकेका छन् ।

विराटनगरस्थित मनास्लु होटलमा कार्यक्रम निर्धारित समयमा हुने जानकारी नेपाली कांग्रेस मोरङले जनाएको छ । गठबन्धनका मुख्य दुई घटक पार्टी, कांग्रेस–माओवादी केन्द्रमा कुनै मनमुटाव छैन । हामी मिलेर नै चुनावमा जाँदैछौ, यही म्यासेज आम मतदातामा जाओस्, भँन्ने उद्देश्यका साथमा कार्यक्रम गर्न लागिएको माओवादी केन्द्र मोरङले बताएको छ ।

त्यस्तैगरी कांग्रेसभित्र सवै एक छन् । गुट–उपगुट समाप्त भईसकेको छ । यही, यस्ता भ्रम चिर्नको लागि समेत पर्सिको कार्यक्रम आयोजना हुदैछ । जसका लागि सवै तारतम्य मिलाउन शेखर यतिवेला काठमाडौंमा छन् । ५ सय बढी आगन्तुकलाई कार्यक्रममा निम्तो दिईएको छ ।

यस कार्यक्रममा मोरङलाई केन्द्रविन्ँदू बनाई राजनीति गर्दे आएका देउवा–कोईराला समूहका प्रायः सवै नेता उपस्थित हुने कांग्रेस स्रोत दावी गर्छ । यता माओवादी केन्द्रका मोरङका अधिकांश नेताहरु समेत आउने कार्यक्रम रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]