०२ आश्विन २०८३, शुक्रबार
18-09-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

मोरङ–६ मा हेविवेट उम्मेदवारद्दयलाई राप्रपाका कटुवालको काउन्टर

Logo

विराटनगर, कार्तिक ६
निरज बस्नेत
मोरङ–६ बाट सत्ता गठबन्धनका साझा उम्मेदवारको रुपमा नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोईराला चुनावी मैदानमा छन् । एमालेका लालवावु पण्डित लगातार दोस्रो पटक चुनाव जित्ने दाउँमा छन् । कोईराला एवं पण्डित दुवै हेविवेट नेताका रुपमा चिनिन्छन् । तर, दुई हेविवेटलाई काउन्टर दिन राप्रपाका गोपाल क्षेत्री कटुवाल तयार सहित चुनावी दौंडमा एककदम अगाडी देखिन्छन् ।

कटुवालको उम्मेदवारीले हेविवेटद्दयलाई यसपाली प्रतिनिधि सभाको चुनाव जित्नु फलामको च्यूरा चपाउनुसरी हुने यस भेगका आम मतदाता बताउँछन् । विगतमा दुवै हेविवेटद्दयले दुई–दुई पटक चुनाव जिते, तर जनताको तहमा महसुस हुने कुनैपनि काम नगरेको आम बुझाई रहेको पाईन्छ ।

दुवैको पार्टी कांग्रेस–एमालेमा भित्रभित्रै पदकोलागि मात्र सधैभरि भाँडभैलो भएको मात्र देखिएको सवैका सामु छर्लङै देखिएको छदैंछ । आम मतदातामा कोईराला र पण्डितप्रति रत्तिभर विश्वास नदेखिएको धेरै मतदाता बताउँछन् । यसपाली मुलुकभरका जनताले परिवर्तन जरुरी देखेका छन् । जुन कुरा पछिल्लो स्थानीय चुनावमा समेत देखिएकै थियो ।

यसको प्रत्यक्ष प्रभाव मोरङ–६ मा समेत देखिएको कुरा जगजाहेर नैं छ । अर्कोतर्फ हमेशा पूरानै अनुहारबाट आम मतदाता आजित भएका छन् । यो पाली नयाँ, फ्रेस अनुहार खाजेको देखिन्छ । जसको राम्रो फाईदा एवं सुनौलो मौका कटुवालले पक्कै पनि उँठाउन सक्छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]