१२ भाद्र २०८३, शुक्रबार
28-08-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

मोरङ–५ (ख) मा अर्याललाई चुनाैतीकाे चाँङ

Logo

विराटनगर, कार्तिक ६ 
निरज बस्नेत
मोरङ–५ (ख) अन्र्तगत आम मतदाता माझ  जयराम यादव लोकप्रिय बन्दैं गईरहेका छन् । प्रदेश १ सरकारका बहालवाला स्वास्थ्य मन्त्री समेत रहेका यादवले नै यो पाली चुनाव जित्ने  ५(ख)का केही मतदाता दावी गर्छन् । जनसमर्थन नियाल्दा यादवकाे जनआधार बढ्दै गएकाे  इंगित गर्दछ ।

यस क्षेत्रमा उनकाे प्रमुख प्रतिश्प्रर्धी नेपाली काग्रेसका केन्द्र सदस्य अमृत अर्याल हुन् ।  यसअघिको ७४ को केन्द्रको चुनावमा माओवादी केन्द्रका शिवकुमार मण्डलसँग मोरङ–५ बाट अर्याल पराजित भएका थिए । यस भेगका मतदाताहरु अर्यालकाे केहि स्वाभावदेखि आजित छन् । देखापर्दा चेपारे घसेर हरकोहीलाई डार्लिङ भन्दैं उनी अङ्गालाे हाल्ने गर्छन्। अङ्गालाे हाली अगाडी जे पनि हुन्छ–हुन्छ भन्ने, तर व्यवहारमा केही लछारपाटो नलाउने क्षेत्रवासीकाे गुनासाे छ ।

अर्काेतर्फ कांग्रेस पार्टीमा समेत अर्याल देउवा गुटका रुपमा चिनिन्छन् ।  पछिल्लो स्थानीय चुनावमा विराटनगरबाट मेयरको लागि गर्नु सम्म लविङ गरे । तर, अर्यालको केही सिप चलेन । त्यहाँपनि उनकाे इतरसँग खटपट मात्र बढ्याे, जसकाे प्रभाव याे चुनावमा पर्ने राजनितिक वृतमा आकंलन गरिदैँ छ ।

मोरङको राजनीति हमेशा शेखरकै वरिपरि चलेकाे छ। यही कटू सत्य हो । यता अर्यालको शेखरसँग पानीवारको शीतयूद्द छ । शेखर उपस्थित कार्यक्रममा अक्सर अर्याल जाँदैनन् । यस्तै गुट–उपगूटले थिलथिलो कांग्रेसमा अर्याललाई  इतर कांग्रेसीबाट सहयाेग पाउन ग्राहाे छ ।

मंसीर–४ गते हुने निर्वाचनका लागि अमृत मोरङ–४ मोरङ–५ दुई क्षेत्रवाट प्रतिनिधि सभाका लागि सिफारिस भएका थिए। तर शेखरसँगै राम्रो सम्वन्ध स्थापित गर्न नसकेको कारण प्रदेशमा खुम्चिनु पर्यो । त्यहीपनि अर्याल आफू चुनाव जित्ने र मुख्यमन्त्रीसम्म हुने समेत दावी गरिरहेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]