१६ माघ २०८२, बिहिबार
29-01-2026 , Thu
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

मोरङ–५ (ख) मा अर्याललाई चुनाैतीकाे चाँङ

Logo

विराटनगर, कार्तिक ६ 
निरज बस्नेत
मोरङ–५ (ख) अन्र्तगत आम मतदाता माझ  जयराम यादव लोकप्रिय बन्दैं गईरहेका छन् । प्रदेश १ सरकारका बहालवाला स्वास्थ्य मन्त्री समेत रहेका यादवले नै यो पाली चुनाव जित्ने  ५(ख)का केही मतदाता दावी गर्छन् । जनसमर्थन नियाल्दा यादवकाे जनआधार बढ्दै गएकाे  इंगित गर्दछ ।

यस क्षेत्रमा उनकाे प्रमुख प्रतिश्प्रर्धी नेपाली काग्रेसका केन्द्र सदस्य अमृत अर्याल हुन् ।  यसअघिको ७४ को केन्द्रको चुनावमा माओवादी केन्द्रका शिवकुमार मण्डलसँग मोरङ–५ बाट अर्याल पराजित भएका थिए । यस भेगका मतदाताहरु अर्यालकाे केहि स्वाभावदेखि आजित छन् । देखापर्दा चेपारे घसेर हरकोहीलाई डार्लिङ भन्दैं उनी अङ्गालाे हाल्ने गर्छन्। अङ्गालाे हाली अगाडी जे पनि हुन्छ–हुन्छ भन्ने, तर व्यवहारमा केही लछारपाटो नलाउने क्षेत्रवासीकाे गुनासाे छ ।

अर्काेतर्फ कांग्रेस पार्टीमा समेत अर्याल देउवा गुटका रुपमा चिनिन्छन् ।  पछिल्लो स्थानीय चुनावमा विराटनगरबाट मेयरको लागि गर्नु सम्म लविङ गरे । तर, अर्यालको केही सिप चलेन । त्यहाँपनि उनकाे इतरसँग खटपट मात्र बढ्याे, जसकाे प्रभाव याे चुनावमा पर्ने राजनितिक वृतमा आकंलन गरिदैँ छ ।

मोरङको राजनीति हमेशा शेखरकै वरिपरि चलेकाे छ। यही कटू सत्य हो । यता अर्यालको शेखरसँग पानीवारको शीतयूद्द छ । शेखर उपस्थित कार्यक्रममा अक्सर अर्याल जाँदैनन् । यस्तै गुट–उपगूटले थिलथिलो कांग्रेसमा अर्याललाई  इतर कांग्रेसीबाट सहयाेग पाउन ग्राहाे छ ।

मंसीर–४ गते हुने निर्वाचनका लागि अमृत मोरङ–४ मोरङ–५ दुई क्षेत्रवाट प्रतिनिधि सभाका लागि सिफारिस भएका थिए। तर शेखरसँगै राम्रो सम्वन्ध स्थापित गर्न नसकेको कारण प्रदेशमा खुम्चिनु पर्यो । त्यहीपनि अर्याल आफू चुनाव जित्ने र मुख्यमन्त्रीसम्म हुने समेत दावी गरिरहेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ,१२ माघ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आसन्न प्रतिधिनधिसभा सदस्य निर्वाचनमा वैकल्पिक भनिएका शक्तिहरुले बहुमत पाएको खण्डमा नेपालले युक्रेन र दोस्रो विश्व युद्धको स्थिति भोग्नुपर्ने अवस्था आउने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता केसीले वैकल्पिक शक्तिबाटै देशमा झन खतरा रहेको बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) […]

काठमाडौँ,१३ माघ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी छ । यो समाचार बनाउदा सम्म निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । जसका लागी प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा […]

मोरङ,१२ माघ । ऋषिदेव समुदायको १६ ओैं माटो दिवस तथा दिनाभद्री  महोत्सवको कोशी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री भीम पराजुलीले उद्घाटन गर्नु भएको छ । प्रारम्भ बिकास केन्द्र बुढीगंगा -२ थानपर्टिले कार्यक्रम आयोजना गरेको हो । शनिबार भएको कार्यक्रममा मन्त्री पराजुलीले प्रदेश सरकार पनि छ भन्ने आभाषका साथ काम गर्ने बताउनु भयो । उहाँले धार्मिक पर्यटन […]