०३ भाद्र २०८३, बुधबार
19-08-2026 , Wed
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

मोरङ–३ मा रेखा भर्सेज सुनिल

Logo

विराटनगर, कार्तिक ९
निरज बस्नेत
मोरङ–३ मा चर्चित नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी बाट प्रतिनिधि सभाको चुनावी मैंदानमा उत्रिएकी छिन् । यस्तैं सत्ता गठबन्धनवाट नेपाली कांग्रेसका सुनिल शर्मा साझा उम्मेदवार हुन् । दुवैले आफैंले चुनाव जित्ने दावी गर्दे आईरहेका छन् । माहौंल हेर्दा आम मतदाता यस्तैं–यस्तैं दावी गर्छन् ।

०७४ को चुनावमा यहाँवाट एमालेका भानुभक्त ढकालले कांग्रेसका सुनिललाई हराएका थिएँ । यसपाली समेत ढकाल एमालेवाटै चुनावी रेसमा फिल्डमा त छन् । तर, अपसोच जनताप्रति यिनको विश्वास उत्तिसारो देखिदैन । ढकालले ५ बर्ष सांसद भएर मोरङ–३ का जनताका लागि देखिनेगरी केही काम गरेनन् ।

अझ केपी ओली नेतृत्वको सरकारमा रहेर भ्रष्टाचार देखी बाहेक केही नगरेको जगजाहेर छदैछ । कोभिडको बेलामा सरकारमा रहेर ढकालले अकूत सम्पति आर्जन गरेको आरोपमाथि आरोप खेपिरहेका छन् । खासमा भन्दा मोरङ–३ बाट रेखा अथवा सुनिलले नै चुनाव जित्ने राजनीति वृतमा गाईगुई चल्दैंछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]

काठमाडाैं, भदाै २ । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेतमा मंगलबार बिहान भएको स्कार्पियो दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीलगायत ६ जना घाइते भएका छन्। काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको सवारी सडकबाट लगभग ५०–६० मिटर तल खोल्सामा खस्दा यो दुर्घटना भएको हो। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको छ भने बाँकी पाँच जनाको अवस्था मध्यम रहेको […]