०९ माघ २०८२, बिहिबार
22-01-2026 , Thu
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

मन्त्री थापा अव हामीबीच रहेनन्

Logo

विराटनगर, कार्ति २३
निरज बस्नेत
नेपाली कांग्रेसका नेता तथा प्रदेश नं. १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापा अव, हामी बीच रहेनन् । विराटनगरस्थित नोवेल अस्पतालमा मन्त्री थापाको मृत्यु भएको छ ।

अस्पतालका प्रिन्सिपल एवं छाती तथा फोक्सो रोग विशेषज्ञ प्रा.डा. रामहरि घिमिरेले मृत्युको पुष्टि गरे । मृतक थापा प्रदेश सभा सदस्य मोरङ–३ प्रदेश (क) को तर्फवाट नेपाली कांग्रेसवाट उम्मेदवार थिँए ।

थापा केही समय पहिले  देखी नै नोवेलमा उपचारार्थ थिँए । बीचमा थप उपचारका लागि भनी काठमाडौं लगिएको थियो । केही दिन पहिले पुनः नोवेलमा ल्याई सघनमा राखी ट्रिटमेन्ट चलिरहेको थियो । थापाको निधनसँगै अव, मोरङको ३ नं. प्रदेश (क) क्षेत्र उम्मेदवारविहीन हुन पुगेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]

विराटनगर, पुष १४ । विराट ट्रेड एक्स्पोअन्तर्गत सोमबार साना तथा मझौला उद्योग (एसएमई) को समृद्धि तथा संरक्षणलाई केन्द्रमा राखेर थिमेटिक सेसन सम्पन्न भएको छ। “साना तथा मझौला उद्योगको समृद्धि तथा संरक्षण” शीर्षकमा आयोजित प्यानल छलफलमा उद्योग, लगानी, नीति, प्रविधि र बजार पहुँचका विविध पक्षमा छलफल भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष […]