०३ भाद्र २०८३, बुधबार
19-08-2026 , Wed
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

मन्त्री थापा अव हामीबीच रहेनन्

Logo

विराटनगर, कार्ति २३
निरज बस्नेत
नेपाली कांग्रेसका नेता तथा प्रदेश नं. १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापा अव, हामी बीच रहेनन् । विराटनगरस्थित नोवेल अस्पतालमा मन्त्री थापाको मृत्यु भएको छ ।

अस्पतालका प्रिन्सिपल एवं छाती तथा फोक्सो रोग विशेषज्ञ प्रा.डा. रामहरि घिमिरेले मृत्युको पुष्टि गरे । मृतक थापा प्रदेश सभा सदस्य मोरङ–३ प्रदेश (क) को तर्फवाट नेपाली कांग्रेसवाट उम्मेदवार थिँए ।

थापा केही समय पहिले  देखी नै नोवेलमा उपचारार्थ थिँए । बीचमा थप उपचारका लागि भनी काठमाडौं लगिएको थियो । केही दिन पहिले पुनः नोवेलमा ल्याई सघनमा राखी ट्रिटमेन्ट चलिरहेको थियो । थापाको निधनसँगै अव, मोरङको ३ नं. प्रदेश (क) क्षेत्र उम्मेदवारविहीन हुन पुगेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]

काठमाडाैं, भदाै २ । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेतमा मंगलबार बिहान भएको स्कार्पियो दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीलगायत ६ जना घाइते भएका छन्। काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको सवारी सडकबाट लगभग ५०–६० मिटर तल खोल्सामा खस्दा यो दुर्घटना भएको हो। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको छ भने बाँकी पाँच जनाको अवस्था मध्यम रहेको […]

भदाै १, विराटनगर । गोल फाउण्डेनले पाइलट प्रोजेक्टका रूपमा मानव पुस्तकालयको कार्यक्रम सम्पन्न गरी अब निरन्तर अघि लैजाने याेजना बनाएकाे छ । युवा दिवसको अवसर पारेर गत बुधबार विराटनगरस्थित इलिट क्लबमा  ‘चिया सँग कथा : एक मानव पुस्तकालय अनुभव’ पाइलट कार्यक्रम फाउण्डेशनले आयाेजना गरेकाे थियाे ।  गोल फाउण्डेनले एनवाईसीए विराटनगर र इन्जीनियर्स विथआउट बाेडर्स नेपाल […]