०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

विराटनगरमा सम्धी–सम्धिनी सहित २७ जोडी शङ्कास्पद अवस्थामा पक्राउ

कलेज ड्रेसमै थिए एक जोड
Logo

विराटनगर, भाद्र २
जिल्ला प्रहरी कार्यालय मोरङले गत शुक्रवार विराटनगर महानगरपालिका क्षेत्रका आधा दर्जन होटल लजमा छापा मर्यो । त्यसक्रम प्रहरीले २७ जोडीलाई शङ्कास्पद अवस्थामा होटल तथा लजको कोठामो फेला पारेका थियो । लगतै प्रहरीले उनीहरुलाई तत्काल नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको थियो ।
अनुसन्धानको क्रममा फेला परेका केही जोडीहरुको सम्बन्ध केलाउदा प्रहरीहरु समेत चकित परे । प्रहरीका अनुसार एक जोडी नातामा सम्धी–सम्धिनी पर्ने समेत थिए । त्यस्तै एक जोडी कलेज ड्रेसमा भेटिएका थिए । उनीहरू प्रेमी–प्रेमिका रहेको खुलेको छ । त्यस्तै धरानका एक युवाले काठमाडौंदेखि एक किशोरीलाई आवत–जावत हुने गरी हवाईजहाजको टिकट काटेर विराटनगर ल्याएका थिए । ति जोडीमा युवा विवाहित र किशोरी भने अविवाहित थिए ।
अनैतिक क्रियाकलाप बढेको जनगुनासो आएपछि मोरङ प्रहरीले लामो समयपछि शुक्रवार विराटनगरका अधिकांश होटल तथा लजहरूमा छापा मारेको थियो । पक्राउ परेका सबै जोडीहरुलाई पहिलो चोटका लागी सचत गराएर छोडेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

२० जेठ, जनकपुर। महोत्तरीको सोनमा गाउँपालिका-३ खखनामा मंगलबार राति डाँका चोरीको घटनामा दुई जना व्यक्ति गोली लागी घाइते भएका छन्। स्थानीय राम विश्वास आदबको घरमा डाँका समूह पसेको थियो। त्यस क्रममा डाँकाहरूले गोली चलाउँदा घरधनीका ज्वाइँ ईश्वर यादव र छोरी किरण यादव घाइते भए।  घाइते दुवैजनाको हाल जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ। प्रहरीले […]