०२ भाद्र २०८३, मंगलबार
18-08-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

राष्ट्रिय ध्वजाबाहक अब सिधै जापान

Logo

काठमाडौं, भदौ ३
राष्ट्रिय ध्वजाबाहक अब जापान पनि उड्ने भएको छ । नेपाल एयरलाईन्सको एक विमान यही भदौ १२ गते पहिलो पटक जहाज काठमाडाबाट जापनको ओशकाका लागी उड्ने छ । उड्नको सम्पुर्ण तयारी गरिसकेको निगमले यतिबेला बढीभन्दा बढी यात्रुको प्रतीक्षामा गरिरहेको छ ।
नेपाल एयरलाईन्सका अनुसार मंगलबारसम्म करीव ९० सीट काठमाडौं–ओशाकाका लागि बुक भइसकेका छन् । यस रुटमा निगमले वाइडबडी ए३३०–२०० जहाज उडाउँदैछ ।
नेपाल एयरलाइन्सले यसअघि पनि विमान ओशाकासम्म पुर्याईसकेको छ । निगमका अनुसार ३० अक्टोवर १९९४ मा नेपाल एयरलाइन्सको जहाज पहिलो पटक जापान पुगेको थियो । तर त्यसबेला चीनको सांघाइलाई टन्जिट बनाउदै विमान ओशाका पुग्ने गरेका थियो । तर यसपटक भने नेपाल एयारलाईन्स सिधा जापानको ओशाकका अवतरण गर्ने छ ।
बिभिन्न वायुसेवा कम्पनीले नेपाल–जापान दुईतर्फी भाडा १ लाखदेखि सवा १ लाख रुपैयाँ लिने गरेका छन् । निगमले भने सेप्टेम्बर महिनाभरसस्तो मूल्यमा जापानमा सेवा दिँदैछ । दुईतर्फी भाडा ७५ हजार रुपैयाँ तोकिएको छ । यो प्रवद्र्धनात्मक भाडा रहेको र केवल एक महिना मात्र यस्तो मूल्यमा उडान गर्न पाइने निगमको भनाई रहेको छ ।
काठमाडौं ओशाकाको लागी सातामा तिन उडा्न गराउने निगमको तयारी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भदाै १, विराटनगर । गोल फाउण्डेनले पाइलट प्रोजेक्टका रूपमा मानव पुस्तकालयको कार्यक्रम सम्पन्न गरी अब निरन्तर अघि लैजाने याेजना बनाएकाे छ । युवा दिवसको अवसर पारेर गत बुधबार विराटनगरस्थित इलिट क्लबमा  ‘चिया सँग कथा : एक मानव पुस्तकालय अनुभव’ पाइलट कार्यक्रम फाउण्डेशनले आयाेजना गरेकाे थियाे ।  गोल फाउण्डेनले एनवाईसीए विराटनगर र इन्जीनियर्स विथआउट बाेडर्स नेपाल […]

काठमाडाै, साउन २९ । डा. शशांक कोइरालाकाे संयोजकत्वमा  नेपाली कांग्रेसको  राष्ट्रिय भेला आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सुरु हुँदैछ। समूहका प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार भेलाको उद्घाटन नेता शेरबहादुर देउवाबाट बिहान साढे ११ बजे हुनेछ । साउन ३१ गतेसम्म साे भेला चेल्ने बताइएकाे छ । भेलाका मुख्य अतिथि देउवा लामो समयको उपचारपछि  साउन […]

काठमाडाैं, साउन २८ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा  झण्डै छ महिनाको अन्तरालपछि आज स्वदेश फर्किंदैछन् । उनलाई शुभेच्छुकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी समेत पूरा भएकाे छ। काग्रेसकाे राष्ट्रिय भेला आयोजनाका लागि गठित सांस्कृतिक समितिकी संयोजक विद्या तिमिल्सिनाका अनुसार स्वागत कार्यक्रममा सांस्कृतिक प्रस्तुति समावेश हुनेछ। कांग्रेस नेता डा. प्रकाशशरण महतलेका अनुसार पूर्वप्रधानमन्त्री […]