१२ माघ २०८२, आइतबार
25-01-2026 , Sun
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

मोरङ–५ बाट योगेन्द्र मण्डलको जित

Logo

विराटनगर, मंसीर ९
निरज बस्नेत
मोरङ–५ बाट स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले प्रतिनिधि सभाको चुनावमा जित निकालेका छन् । जोगी उपनामले चिरपरिचित यिनले पाएँको मत २१ हजार ८ सय २० हो । यिनका निकटतम प्रतिद्दन्दी माओवादी केन्द्रका उम्मेदवार शिव कुमार मण्डलले १७ हजार ४ सय ८६ मत ल्याँए ।

तेस्रोमा जसपाका उम्मेदवार राजकुमार यादवको १७ हजार ३ सय ९० मत आयो । यो क्षेत्रमा शुरुमा एमालेले जोगीलाई उम्मेदवार बनाउने कन्र्फम थियो । कालान्तरमा एमालेले मोरङमा जसपासँग चुनावी तालमेल गर्दे मोरङ–५ को टिकट जसपाका राजकुमार यादवलाई दियो । परिणाम रुवरुप जोगीले विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएँका हुन् ।

यस भेगका आम मतदाता माझ जिवन विकास लघुवित्त मार्फत २० बर्ष अगाडी देखी सामिप्यता बढाएका जोगी सवैमाझ लोकप्रिय रहँदै आएँका थिँए । जुन कुरा ब्यालेट पेपरमा देखियो । २४ जिल्लामा फैलिएँको यो लघुवित्तमा आज ३ लाख बढी सदस्य छन् । १२ सय बढीले प्रत्यक्ष रोजगारी पाएँका छन् ।

निकट भविष्यमा नै जोगीले आफ्नै नेतृत्वमा ३ सय शय्याको अस्पताल समेत संचालनमा ल्याउँदैछन् । यसरी सेवाको भावनाले ओतप्रोत भएँका जोगीले चुनाव जित्नु पनि यी यस्ता कारण हुनसक्दछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, ११ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एयरपोर्टमा आफूलाई चेकिङको नाममा दुःख दिने काम भएको गुनासो गरेका छन् । च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिजो (शुक्रबार) झापाबाट फर्किने क्रममा एयरपोर्टमा निकै दुःख पाएको गुनासो सुनाएका हुन् । ‘अस्ती यताबाट म झापा जाँदा मलाई राम्रो नै व्यवहार गरिएको थियो एयरपोर्टहरुमा […]

काठमाडौं, ११ माघ । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशलाई जेनजी आन्दोलनको हत्यारा, दमनकारी, भ्रष्टाचारी र हाईज्याकरहरुबाट बचाउनको लागि देशभक्त र राष्ट्रवादी शक्तिहरुबीच एकताको खाँचो औंल्याएका छन् । उनले केपी ओली, आरजु राणा र रमेश लेखकहरुले जेनजी आन्दोलनमा दमन गरेको र युवाहरुको हत्या गरेको भन्दै एउटा कित्तामा राखेका छन् । उता, जेनजी […]

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]