०२ आश्विन २०८३, शुक्रबार
18-09-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

मोरङ–५ बाट योगेन्द्र मण्डलको जित

Logo

विराटनगर, मंसीर ९
निरज बस्नेत
मोरङ–५ बाट स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले प्रतिनिधि सभाको चुनावमा जित निकालेका छन् । जोगी उपनामले चिरपरिचित यिनले पाएँको मत २१ हजार ८ सय २० हो । यिनका निकटतम प्रतिद्दन्दी माओवादी केन्द्रका उम्मेदवार शिव कुमार मण्डलले १७ हजार ४ सय ८६ मत ल्याँए ।

तेस्रोमा जसपाका उम्मेदवार राजकुमार यादवको १७ हजार ३ सय ९० मत आयो । यो क्षेत्रमा शुरुमा एमालेले जोगीलाई उम्मेदवार बनाउने कन्र्फम थियो । कालान्तरमा एमालेले मोरङमा जसपासँग चुनावी तालमेल गर्दे मोरङ–५ को टिकट जसपाका राजकुमार यादवलाई दियो । परिणाम रुवरुप जोगीले विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएँका हुन् ।

यस भेगका आम मतदाता माझ जिवन विकास लघुवित्त मार्फत २० बर्ष अगाडी देखी सामिप्यता बढाएका जोगी सवैमाझ लोकप्रिय रहँदै आएँका थिँए । जुन कुरा ब्यालेट पेपरमा देखियो । २४ जिल्लामा फैलिएँको यो लघुवित्तमा आज ३ लाख बढी सदस्य छन् । १२ सय बढीले प्रत्यक्ष रोजगारी पाएँका छन् ।

निकट भविष्यमा नै जोगीले आफ्नै नेतृत्वमा ३ सय शय्याको अस्पताल समेत संचालनमा ल्याउँदैछन् । यसरी सेवाको भावनाले ओतप्रोत भएँका जोगीले चुनाव जित्नु पनि यी यस्ता कारण हुनसक्दछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]