०३ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
Gold Silver Price (1 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 309900
Silver 1 Tola Nrs. 5285

हिन्दू धर्मको संरक्षणमा रिजालको अग्रसरता

Logo

विराटनगर, मंसीर २२
निरज बस्नेत
विराटनगर–३ निवासी राष्ट्रप्रेमी युवा समाजसेवी रवि रिजालको हिन्दू धर्मको संरक्षणमा विशेष अग्रसरता देखिएको छ । हिजो के थियो, त्यो ईतिहास बनिसकेको छ । तर, आज रिजाल आफैमा समाजसेवाको पर्याय बनिसकेका छन् ।

रविका हजुरवुवा नेपालका पूर्व प्रधानमन्त्री भइसकेका व्यक्तित्व हुन् , जसको नाम स्व. नागेन्द्र प्रसाद रिजाल हो । जसको योगदान नेपाली राजनीतिमा अतुलनीय छ ।

यहाँ स्व. नागेन्द्रको प्रसंसा गर्नु त खासै जरुरी त थिएन, तरपनि प्रसंग हिन्दू धर्मसँग सम्वन्धित भएको कारण उठान गरिएको हो । स्व. नागेन्द्र विश्व हिन्दू महासंघका संस्थापक अध्यक्ष समेत थिए । नेपालमा हिन्दू राष्ट्रको पहिचान स्थापित गर्नमा स्व. नागेन्द्रको जसरी महत्वपूर्ण भूमिका छ । आज उनकै पथलाई पछ्याउँदै उनकै नाती रवि पनि हिन्दूत्वको मार्गतर्फ एककदम अगाडी बढेका छन् । यसमा रविसँगै उनकी अर्धागिंनी आराधना पुडासैनी रिजाल पनि काँधमा–काँधमा मिलाई होस्टेमा हैंसेको गतिमा साथ निभाइरहेकी छिन् ।

यो रिजाल परिवारमा एकप्रकारको हिन्दू धर्मप्रतिको अन्तरमनको लगाव त छदैछ साथमा अन्य धर्म मान्नेहरुप्रति पनि गहिरो सद्भाव छ । सुनसरीको चतराधाम स्थापना हुनुमा समेत यो परिवारको अविस्मरणीय योगदान रहेको पाइन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,२४ असोज ।धार्मिक अभियन्ता तथा विश्लेषक अभिषेक जोशीले हिन्दुराष्ट्रको अभियान निकै बलियो भएको र यसलाई कसैलै रोक्न नसक्ने बताएका छन् । कहि समयअघि विराटनगरमा एक कार्यक्रमकाबिच धार्मिक अगुवा तथा अभियन्ताहरुसंगको छलफलमा जोशीले यस्तो बताएका हुन् । उनले नेपालमा पछिल्लो समय सनातनीहरु निकै होसियार भएको र अभियानहरुले काम गरेको बताए । यस्तो अवस्थामा सनातनीहरु सजग बन्नु […]

काठमाडौं, असोज १६ – नेपालीहरूको प्रमुख चाड बडादशैंको विजयादशमी आज मनाइँदैछ। मान्यजनहरूको हातबाट टीका र जमरा लगाएर यो पर्व मनाउने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेट रहेको जानकारी दिएको छ। टीका लगाउने विधि टीका ग्रहण गर्ने व्यक्ति पूर्वतर्फ र लगाइदिने व्यक्ति पश्चिमतर्फ फर्किनुपर्ने समितिले उल्लेख […]

विराटनगर,९ असोज । आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन दशैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी […]