३१ भाद्र २०८२, मंगलबार
16-09-2025 , Tue
Gold Silver Price (22 Bhadra 2082, Sunday)
Fine Gold 1 Tola NRs. 212500
Silver 1 Tola Nrs. 2515

एक्स्पोमा सटल बस सेवाका साथै स्थानीय खानाका परिकार

Logo
प्रकाशित सोमबार, मंसिर २६, २०७९

विराटनगर, मंसिर २६
विराटनगरमा मंसिर २९ गतेदेखि आयोजना हुने विराट एक्स्पोमा सटल बस सेवाका साथै स्थानीय विभिन्न खानाका परिकारको मज्जा लिन मिल्ने छ ।
विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा मंसिर २९ गतेदेखि पुस ६ सम्म सञ्चालन हुने विराट एक्स्पोमा आउनेहरूलाई लक्षित गरी सटल बस (निःशुल्क)सेवा सञ्चालनमा ल्याइने भएको छ ।

एक्स्पो अवलोकनगर्न आउनेहरूलाई लक्षित गरी सातै दिन अर्थात् एक्स्पोको समयसम्म सटल बसले सेवा दिने आयोजक समितिले जनाएको छ । विराटनगर महानगरपालिकाका विभिन्न १४ स्थानबाट निःशुल्क सटल बस सेवा सञ्चालनमा ल्याइने भएको हो । विराटनगरमा आयोजना हुने एक्स्पोलाई विगतमा भन्दा फरक र आकर्षक बनाउन विभिन्न नयाँ योजनाहरू ल्याइएका छन् ।

निःशुल्क सटल बस सेवा सञ्चालनले एक्स्पोमा अवलोकनकर्ताहरूलाई आकर्षित गर्ने आयोजकले विश्वास लिएको छ । एक्स्पोमा सहभागी हुन देशका विभिन्न स्थान र छिमेकी देशको जिल्लाबाट आउने आगन्तुकहरूलाई लक्षित गरी विराटनगरका होटलहरूलेसमेत छुटको व्यवस्था गर्ने भएका छन् । आयोजक समितिले होटल एशोसिएसन नेपाल प्रदेश १ सँग सहकार्य गरी विराटनगरका साना तथा ठूला सबै होटलमा विशेष छुट र एक्स्पो अवधिभर डिस्काउण्टसहितको विराट एक्स्पो २०७९ को छुट्टै मेन्यू राख्ने व्यवस्था गरिएको छ । त्यसैगरी, एक्पोमा स्थानीय परिकारहरूको व्यवसायीक रुपान्तरण गर्ने लक्ष्यकासाथ तयारी गरिएको छ । स्थानीय परिकारको व्यवसायीक रुपान्तरणले समग्र खाद्य प्रशोधन र उत्पादनको श्रृंखलालाई चलाएमान बनाउने जनाइएको छ ।

एक्स्पोमा उदयपुरको केराको परिकारदेखि मोरङ कटहरीको च्याउको परिकार, घुँगी, सेलरोटी, थकाली खानालगायतका परिकारका स्टलहरू राखिने भएका छन् । स्थानीय परिकारका स्टलहरूले एक्स्पोमा आगन्तुकहरूलाई आकर्षण गर्ने कृषि विकास मन्त्रालय प्रदेश १ ले जनाएको छ । कृषि विकास मन्त्रालय प्रदेश १ की खाद्य अनुसन्धान अधिकृत विमला पोखरेलले स्थानीय खानाका परिकारलाई व्यवसायीकरकण गर्ने उद्देश्यले मन्त्रालयको सहयोगमा खानाका विभिन्न स्टलहरू राखिएको बताएकी छन् ।
उनले स्थानीय खानाका परिकारहरूलाई परिस्कृत रुपमा मेलामा राखिने हुनाले नयाँ स्वादका कारण उपभोक्ता आकर्षित हुने बताएकी हुन् । पोखरेलले मन्त्रालयले स्टल भाडामा लिएर किसानहरूलाई स्थानीय स्तरका परिकारहरूको प्रवद्र्धनका लागि उपलब्ध गराएको जानकारी दिइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]

काठमाडौं, साउन ६। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गठाघर, भक्तपुर शाखामा कार्यरत कर्मचारी शान्ति राईले बीमा क्षेत्रमा ऐतिहासिक सफलता हासिल गरेकी छिन्। उनले सन् २०२६ को पहिलो मिलियन डलर राउन्ड टेबल (एमडीआरटी) सदस्यताको उपाधि प्राप्त गरेकी हुन्। यस उपलब्धिसँगै राईले नेपाली बीमा क्षेत्रमा नयाँ मापदण्डी स्थापना गरेकी छिन्। उनका अनुसार आफ्नो यो सफलताले केवल व्यक्तिगत […]