३१ भाद्र २०८२, मंगलबार
16-09-2025 , Tue
Gold Silver Price (22 Bhadra 2082, Sunday)
Fine Gold 1 Tola NRs. 212500
Silver 1 Tola Nrs. 2515

विराटनगरमा लक्ष्मीलाई लुगा बेच्‍न भ्याई नभ्याई

Logo
प्रकाशित मंगलबार, मंसिर २७, २०७९

विराटनगर, मंसिर २७
दिनेश खड्का
विराटनगरको लक्ष्मी फेसन स्टोरमा ग्राहकहरुको अस्वभाविक भिड बढीरहेको छ । मुख्य बजार ट्राफिक चौकमा रहेको उक्त लुगा पसलले अन्य पसलभन्दा आधा दाममा लुगाफाटा विक्रि गरेपछि उक्त पसलमा ग्राहकको आकर्षण बढेको हो ।

स्टोरको संचालिका लक्ष्मी लिम्बु हुन् । बिहान ८ बजे पसल खोलेपछि लिम्बु दिउँसोको खाना खान समेत भ्याउदिनन् । उनले स्टोरको कपडाहरु टिकटक फेसबुकजस्ता सोसल मिडियाबाट प्रमोट गरिरहेकी हुन्छिन् । तर सोसल मिडियाबाट मात्र ग्राहक ह्वात ह्वाती आएको भने होइन । लिम्बु एक स्मार्ट विजनेश वुमन हुन् । उनले पसलमा विजनेशका केही सामान्य शिद्धान्तहरु प्रयोग गरी ग्राहकलाई आकृष्ट पारिरहेकी छन् । उनले “लो मार्जिन हाई सेल्स”को सिद्धान्तको प्रयोग गरी ग्राहकलाई लोभ्याईरहेकी छिन् । कपडामा १ सय प्रतिशतदेखि ५ सय प्रतिशतसम्म प्राय व्यापारीहरुले मार्जिन राख्ने गरेका हुन्छन तर लिम्बुले भने कुनै पनि कपडामा १० देखि २० प्रतिशतभन्दा माथि मार्जिन राख्ने गरेकी छैनन् । सोही कारण पनि उनको पसलमा लुगाफाटाको मुल्य निकै नै सस्तो पर्न जान्छ ।

लक्ष्मी फेसन स्टोर अहिले विराटनगरको एक नम्बर कपडा विक्रि गर्ने पसल बनेको छ । सो स्टोर कर कार्यलय अगाडि रहेको गल्ली भित्र छ । तर विराटनगरको बजारको मुख्य सडकमै रहेको लुगा पसलहरुलाई गल्लीको लक्ष्मी स्टोरले मात दिईरहेको छ । सो स्टोरमा दैनिक दुई सयभन्दा बढी ग्राहक आउने गरेको बुझिएको छ । लक्ष्मी फेसनले बजारमा रहेका कपडा पसलहरुलाई मात्र हैन विराटनगरका भाटभटेनी र सेन्ट्रलमल जस्ता ठुला सपिङ कम्पेक्सलाई समेत कपडा बेच्ने मामलामा पछि छोडेको छ ।

साेसल मिडियामा लक्ष्मीले प्रद्धर्शन गरेका लुगाका भिडियाेहरु प्राय भाईरल छन् । देशैभरीबाट उनलाई चिन्नेहरु लुगाफाटाहरु खरिद गर्न उनकाे पसलमै समेत आइपुग्द छन् । उनले अनलाईनमार्फत पनि कपडाहरु बिक्री गर्दै आएकी छिन् । स्टाेरमा भाैतिकरुपमै ग्राहकहरुकाे चाप बढीरहेकाले उनलाई अनलाईन डेलिभरी दिन समेत हम्मेहम्मे परी रहेकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]

काठमाडौं, साउन ६। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गठाघर, भक्तपुर शाखामा कार्यरत कर्मचारी शान्ति राईले बीमा क्षेत्रमा ऐतिहासिक सफलता हासिल गरेकी छिन्। उनले सन् २०२६ को पहिलो मिलियन डलर राउन्ड टेबल (एमडीआरटी) सदस्यताको उपाधि प्राप्त गरेकी हुन्। यस उपलब्धिसँगै राईले नेपाली बीमा क्षेत्रमा नयाँ मापदण्डी स्थापना गरेकी छिन्। उनका अनुसार आफ्नो यो सफलताले केवल व्यक्तिगत […]