३० आश्विन २०८३, शुक्रबार
16-10-2026 , Fri
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

हाजी आँखा अस्पताल संचालनमा

Logo

विराटनगर, मंसिर २७

विराटनगर १४ रानीमा १० करोड लगानीमा हाजी आँखा अस्पताल संचालनमा आएको छ । ५० शैय्याको साे अस्पताल साेमबार प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङ्गले उद्घाटन गरेका थिए ।

अत्याधुनिक उपकरणहरू जडान गरिएको आँखा अस्पतालमा इटाली र जर्मन प्रविधीबाट आँखाको शल्यक्रिया हुने बताईएकाे छ । आधुनिक उपकरणहरुबाट अस्पतालमा आँखा सम्बन्धी सम्पूर्ण उपचार हुने अस्पतालले जानकारी दिएकाे छ । अस्पतालमा दुई जना नेत्ररोग विशेषज्ञ चिकित्सकसहित ५० जना स्वास्थ्यकर्मीहरू खटाइने अस्पतालकाे याेजना छ । जसमा ३० जना पेरामेडिकल रहेका छन् ।

ओपीडिमा दैनिक २ सय जना विरामी हेर्न सक्ने क्षमताको जनशक्ति र संरचना रहेको हस्पिटलको क्षेत्रफल कुल ९ कठ्ठा रहेको छ । जसमध्ये ४ कठ्ठा क्षेत्रफलमा हस्पिटलको संरचना रहेको छ । चाँडै ४ सय शैय्यामा हस्पिटल विस्तार गर्ने योजना रहेको संस्थापक संचालक तेजलाल कर्णले जानकारी दिए । हस्पिटल उद्घाटन गरिएको अवसर पारेर मंसिर २९ गतेसम्म ओपीडि निःशुल्क र ल्याबमा ५० प्रतिशत छुटको घोषणा गरिएको उनले बताए ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]