१९ माघ २०८२, आइतबार
01-02-2026 , Sun
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

अपहरण कसुरका आराेपित मिडिया सञ्चालक खत्ताब पक्राउ

Logo

विराटनगर, मंसिर २९
अपहरण तथा शरीर बन्धक’ मुद्दा लागेका नेपाल टाइम्स मिडिया प्रालिका ‌संचालक एव‌् प्रमुख कार्यकारी निर्देशक ३१ वर्षीय सैहैन्शा सिद्धिकी भन्ने अब्दुल खत्ताब पक्राउ परेका छन् । खत्ताब बिहिबार विहान करिब साढे ११ बजे विराटनगर १ बाट पक्राउ परेको मोरङ प्रहरीले जनाएकाे छ ।

विराटनगरका प्रतिष्ठित उद्योगी अरुणकुमार राठीले खत्ताबविरुद्ध जिल्ला प्रहरी कार्यलयमा केहि समय अघि जाहेरी दिएका थिए । खत्ताबसहित तिन जनालाई जाहेरीमा प्रतिवादी बनाइएकाे थियाे । आरोपित खत्ताबबाहेक अन्यकाे पिहचान अझ स्पष्ट खुलेको छैन ।

राठी नेपाल टाईम्सका अनलाईनका सझेदार समेत हुन् । सो अनलाईनमा आफ्नो ५ हजार कित्ता (२०प्रतिशत) शेयर रहेको राठीले जाहेरीमा खुलाएका छन् । राठी प्रदेशसभा १ समानुपातिकतर्फको एमालेबाट उम्मेदवार समेत हुन् ।

अपहरणमा परेको तिन दिनपछि मात्र आईतबार  राठीले प्रहरी समक्ष जाहेरी दिएका थिए । खत्ताबको त्रासले तिन दिनसम्म घरबाट बाहिर निस्किन नसकेको र पछि इष्टमित्रले हौसला दिएपछि जाहेरी दिने आट आएको राठीको भनाई छ ।

जाहेरी अनुसार गत बुधवार विहान करिब साढे ६ बजे खत्ताबले अन्तर्वार्ता लिनु छ भनी राठीलाई मेनरोडस्थित सत्यनारायण मन्दिर नजिक रहेको निजको घरबाटै स्कुटरमा चढाएर लगेका थिए । त्यसपछि नेपाल टाईम्सको हालको कार्यालयमा लागी ईन्टरभ्यु लिएको र बाँकी भिडियो उक्त अनलाईनकै पुरानो कार्यलयमा बनाउने भन्दै सरौचियास्थित पुरानो कार्यलयमा पुर्‍याएको र त्यहाँ पुगेपछि तारले हात बाधी ३ घण्टासम्म बन्दक बनाई फिरौती रकम माग गरेको राठीको जिकिर छ ।

“खत्ताब बरम्बार फोनमा कसैसँग कुरा गरिरहेको थियो, ईण्डिया पुर्‍याईदिने कसैलाई भन्दै थियो”  राठीले जनचर्चा संवाददातालाई भने “ईण्डिया पुर्‍याएको भए सायद म जिवित आउदिन थिए होला, सोही कारण उसलाई पैशा लिएर छोडिदिन आग्रह गरे ।”  त्यसपछि १५ लाख तत्काल दिने र बाहिर कसैलाई नबताउने सर्तमा मात्र खत्ताबले आफुलाई उन्मुक्त गरेको राठीको भनाई छ ।

उता खत्ताबले भने आफुले राठीको अपहरण गरेको आरोप अस्वीकार गरेका छन् । राठीले व्यापारीक लेनदेनलाई अतिरंजित गरी भ्रम मात्र फैलाउन खोजेको  खत्ताबले जनचर्चालाई आईतबार प्रतिक्रिया दिएका थिए । राठीको कुरामा कुनै पनि सत्यता नभएको र उनले दिनुपर्ने पैशा समयमा नदिएर उल्टै संस्थालाई बेला बेला संकटमा पार्दै आएको खत्ताबको भनाई छ ।
सोही विषयमा आईतबारनै प्रहरीले खत्ताबलाई जिल्ला प्रहरी कार्यलय मोरङमा बोलाई सोधपुछ गरेको थियाे । सोधपुछ गरी सोही दिन खत्ताबलाई मोरङ प्रहरीले छोडिदिएको थियो । सोमबार अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरी खत्ताबको खोजीमा जुटेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

माेरङ्ग, माघ १७ । नेपाली कांग्रेसले आगामी चुनावका लागि तीव्र रूपमा घोषणापत्र बनाउने तयारी थालेको छ। पार्टीले यसपटक ‘भिजन-टेन’ र ‘डोजेन भिजन’ अन्तर्गत बढीमा एक दर्जन प्रतिबद्धतामात्र समेटेर छोटो र बुँदागत घोषणापत्र ल्याउने तयारी गर्दैछ। पार्टीका महामन्त्री गुरुराज घिमिरेले शुक्रबार मोरङको बनीगमामा पार्टीका कार्यकर्ताहरूको बैठकलाई सम्बोधन गर्दै पार्टीकाे घाेषणा पत्र तयारीसम्बन्धी जानकारी दिएका हुन्। घिमिरेले […]

काठमाडौँ,१२ माघ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आसन्न प्रतिधिनधिसभा सदस्य निर्वाचनमा वैकल्पिक भनिएका शक्तिहरुले बहुमत पाएको खण्डमा नेपालले युक्रेन र दोस्रो विश्व युद्धको स्थिति भोग्नुपर्ने अवस्था आउने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता केसीले वैकल्पिक शक्तिबाटै देशमा झन खतरा रहेको बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) […]

काठमाडौँ,१३ माघ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी छ । यो समाचार बनाउदा सम्म निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । जसका लागी प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा […]