१९ पुष २०८२, शनिबार
03-01-2026 , Sat
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

विश्वकप फुटवल महासंग्राम फाइनल भिडन्त ः डिफेन्डिङ च्याम्पियन फ्रान्स भर्सेज अर्जेन्टिना

Logo
प्रकाशित आइतबार, पुष ०३, २०७९

विराटनगर, पुष ३
निरज बस्नेत
कतारमा जारी रहेको विश्वकप फुटवल २०२२ अन्र्तगतको फाइनल भिडन्त आइतवार हुने  छ । नेपाली समय अनुसार फाइनल खेल आज राती  ८ः४५ मा शुरु हुने छ ।

मिडीया हवको एकलौटी ज्यादती पनि सेमीफाइनल देखी नै अन्त भएको थियो । आजको फाइनल खेल हिमालय प्रिमियम देखी बाहेक अन्य च्यानलबाट समेत दिने छ । साथमा क्युएफएक्स मल्टिप्लेक्सबाट समेत प्रत्यक्ष प्रसारण गरिनेछ ।

विश्वकप फृटवल महासंग्राम आजको फाइनलसँगै विधिवत् रुपमा अन्त हुनेछ । यो सँगै आगामी ४ बर्षको विश्वकप फुटवल संयुक्त रुपमा अमेरिका, मेक्सिको र क्यानडामा संचालन हुने फिफाले जनाएको छ । यससँगै क्लव स्तरिय विश्वकप फुटवल सन् २०२५ मा मेक्सिकोमा गर्ने कुराको एनाउस्मेन्ट समेत फिफा द्दारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

विश्वकप फुटवलमा आम नेपाली दर्शकमाथि मिडीया हवले अत्याचारको सिमा नाघी रु. ५६५ असुलेको थियो । जुन बाध्यतामा नेपाली फुटवलप्रेमीले तिरेका थिए । नेपाल सरकार लाचार बनिदिदाको परिणाम मिडीया हवले उठायो । मिडीया हवका प्रमुख सोम धित्तालले व्यक्तिगत रुपमा यसवाट मनग्गै आम्दानी त पक्कै पनि गरे । फलस्वरुप नेपाली जनताको इच्छा विपरितको अवस्थामा यो संभव त भयो । साथमा भित्रैदेखी मिलेमतो सरकारकै रह््यो । खैर यो त असन्तुष्टिका कुराहरु चित्त नबुझ्दा लेखियो । बाँकी जनता जनार्दन ।

आज हुने फाइनल खेल धेरै मानेमा रोचक हुदैछ । नेपाली समयअनुसार ठिक समयमा फाइनल खेल शुरु हनेले पनि प्रायको निन्द्रा समेत नविग्रीने देखिन्छ । अझ फुटवल खेल छोटो–मिठो हुने कारण संसारभरका दर्शकले रुचिपूर्वक हेर्ने गर्छन् । अरु खेलको तुलनामा फुटवल मज्जाले बुझ्न सकिन्छ ।

फ्रान्सका एमबाप्पे र अर्जेन्टिनाका मेसीको खेललाइ लिएर आम फुटवल फ्यानमा उत्सुकता छ । अर्जेन्टिनाका गोलकिपर इमिलियानोको गोल रोक्नसक्ने कला आज हेर्न लायक हुनेछ । लुसेल रंगशालामा आजको फाइनल खेल खेलाइनेछ । अर्जेन्टिनासँग मेसीको अनुभव छ । यता मेसी आफै पुरै लयमा छन् । मेसी जारी विश्वकपको गोल्डेन बुटको प्रवल दावेदार हुन् । मेसीले जारी विश्वकपमा अहिलेसम्म ५ गोल हानिसकेका छन् । ३ असिष्ट समेत पनि छेट्टै समावेश छ ।

अर्जेन्टिनाले गत वर्ष रियो दी जेनेरियोको माराकाना रंगशालामा प्रमुख प्रतिद्दन्दी ब्राजिललाई हराएर कोपा अमेरिकाको उपाधि जितेको थियो । यही खेलको सफलताको संझना र मेसीको उपस्थितिका कारण फ्रान्ससँग फाइनलमा डराउनुपर्ने कुनै कारण नभएको अर्जेन्टिनासँग छ ।

धेरैले चाही फ्रान्सलाई नै उपाधि दावेदार समेत मानेका छन् । दुवै टोलीले अहिलेसम्म २–२ पटक विश्वकप घर लगिसकेका छन् । यो विश्वकप फ्रान्स एवं अर्जेन्टिना दुवैको लागि तेस्रो विश्वकप घर ल्याउने राम्रो चान्स बन्न सक्छ । फ्रान्ससँगको विश्वकप मेसीको लागि अन्तिम विश्वकपको यात्रा हुनसक्दछ । यसै कारण पनि मेसीको लागि यो अवसर अन्तिम हुनसक्दछ । यो गोल्डेन मौका यसपाली नचुकाउने स्वं मेसी बताउँछन् ।

मेसी र पेरिस सेन्ट जर्मेनबाटखेल्ने उनका साथी फ्रान्सका फरवार्ड केलियन एमबाप्पेबीच नै फाइनल खेल केन्द्रित हुनेमा अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनी सहमत देखिएका भने छैनन् । उनको भनाइमा अव हुने फाइनल खेल फ्रान्स विरुद्द अर्जेन्टिनाको हो । मेसी विरुद्द एमवाप्पेको होइन ।

अर्जेन्टिनाले फाइनलसम्म यात्रा गर्दा सवै ६ खेल खेलेका डी पाउलले कुनैपनि गोल गर्न सकेनन् । तर, यिनी अर्जेन्टिनी टोलीका भरपर्दा खेलाडी हुन् । स्टाइकरद्दय मेसी र जुलियन अल्भारेजको ठीकमुनि रहेर खेल्ने यिनले अहिलेसम्म खेल समन्वय राम्ररी निर्वाह गरिरहेका छन् ।

यता फ्रान्सका ग्रिजमनको फेरिएको शैली कतार विश्वकपमा स्पष्ट देखिन्छ । विगतमा फरवार्डको भूमिका खेल्दै आएका यिनले फ्रान्सेली टोलीका अग्रपंक्तिका खेलाडीहरु एमबाप्पे, ओसमान, जिरुडलाइ सघाउँदै आएका छन् ।

तेस्रो स्थानको लागि भएको खेलमा क्रोएसिया विजयी भएको छ ।

फुटवल विश्वकप आज विराटनगरको पारिजात होटलमा समेत देखाइने कुराको जानकारी पारिजात होटलका संचालकद्दय परशुराम–परितोष(बुवा–छोरा) गिरी बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]

विराटनगर ,२७ चैत । विराटनगरमा आयोजना हुने तेस्रो प्रादेशिक बहिरा क्रिकेट टि २० प्रतियोगिता बिहीबारदेखि शुरु हुने भएको छ। राष्ट्रिय बहिरा क्रिकेट सङ्घ मोरङको आयोजनामा विराटनगर– १९ स्थित वैजनाथपुर क्रिकेट मैदानमा यो प्रतियोगिता सञ्चालन हुनेछ। बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय बहिरा क्रिकेट सङ्घका अध्यक्ष मोहन तिवारीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार […]