२२ साउन २०८३, शुक्रबार
07-08-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

देशभरीबाट ५० हजार जुत्ता–चप्पल व्यापारी एक्स्पोमा सहभागी हुने अनुमान

Logo

दिनेश खड्का

काठमाडौं, पुष १९
जुत्ताचप्पल बिक्रेताहरुको लागी पहिलो पटक नेपालमा जुत्ता उत्पादक संघले अन्तराष्ट्रिय फुटवेयर एक्स्पोको आयोजना गर्दैछ ।

“१६औँ अन्तर्राष्ट्रिय फुटवेयर प्रदर्शनी २०२३” नाम दिईएको सो एक्स्पो पुष २१ देखि २३ गतेसम्म काठमाडौंको भृकुटिमण्डपमा आयोजना हुँदैछ । जुत्ता व्यापारीलाई लक्षित गरी आयोजना गरिएको उक्त एक्स्पोमा खुद्रा जुत्ता चप्पल बिक्रि नगरिने एक्स्पोका संयोजक सुरज बंजाडेले जानकारी गराए ।

एक्स्पोको १५ औं संस्करणसम्म खुद्रा उपाभोक्ताको लागी समेत आयोजना हुँदै आएको उक्त एक्स्पो यसपटक भने डिलर, होलसेल र विक्रेताको लागी मात्र आयोजना गरिएको संयोजक बंजाडेले बताए । “यो एउटा विशुद्ध वि टु वि मोडलको एक्स्पो हो । यहाँ खुद्रा सामान विक्रि वितरण हुदैन” संयोजक वंजाडेले भने “ यो एक्स्पोमा जुत्ताचप्पल उत्पादकले मुलुकको विभिन्न ठाँउबाट आएका व्यापारीलाई मात्र सामान बेच्ने हो । र, उत्पादक र विक्रेता विच सम्बन्ध स्थापित गराउने एक्स्पोको उद्देश्य हो”
एक्स्पोमा १ सय १५ जुत्ता चप्पल कम्पनीका स्टलहरु रहने बतार्ईएको छ । त्यसै गरी फुटवेयर म्यानुफ्याक्चरका लागी आवश्यक पर्ने कच्चाबस्तुका उत्पादक र आयतकर्ताहरुको समेत एक्स्पोमा स्टलहरु रहने छ ।

एक्स्पो पुर्णरुपमा निशुल्क रहेकाले दशैभरिका जुत्ताचप्पल व्यापारीलाई एकपटक एक्स्पो अवलोकन गर्न आयोजकले आग्रह गरेको छ । व्यापारीहरुले एक्स्पोमा सहभागी हुन विजनेश कार्ड, भिजिटिङ कार्ड वा कुनै पनि प्रकारको व्यापारीसँग आवद्ध रहेको प्रमाण देखाउनु पर्ने हुन्छ । एक्स्पोमा आउने व्यापारीहरुले विभिन्न जुत्ता चप्पल कम्पनीका संचालक तथा प्रतिनिधिसँग प्रत्यक्ष कुराकानी गर्ने अवसर पाउनेछन् । व्यापारका लागी विभिन्न कम्पनीसँग जोडिन चाहने, विभिन्न शहरहरुमा डिलर तथा होलसेल खोल्न चाहने व्यापारीहरुको लागी समेत एक्स्पो फलदाही हुने संघका अध्यक्ष नानीराज घिमिरेले जानकारी गराए । विभिन्न स्वदेशी तथा विदेशी कम्पनीहरुले अनेकौं स्किम तथा छुट दिने भएकाले, देशका कोहीपनि जुत्ता चप्पल व्यापारीलाई एक्स्पो नछुटाउन अयोजकले सुझाएका छन् ।

एक्स्पोमा विदेशवाट समेत विक्रेताहरुलाई बोलाईएको छ । भारत, चाईना, भेतनाम र डेनमार्कबाट समेत विक्रेताहरु आउने आयोजकले जानकारी दिएको छ । त्यससँगै जुत्ता चप्पल बनाउन आवश्यक पर्ने अत्याधुनिक उपकरणहरुको स्टलहरु समेत एक्स्पोमा राखिने बताईएको छ ।
मुलुकका विभिन्न शहरबाट आएका करिब ५० हजार जुत्ता चप्पल व्यापारीले एक्स्पोको अवलोकन गर्ने आयोजकको अनुमान छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]

५ साउन, काठमाडौं । बिल लिने बानीलाई प्रोत्साहन दिन सरकारले नगद पुरस्कार योजना ल्याएको छ । अर्थ मन्त्रालयले “करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३” जारी गरी यो व्यवस्था लागू गरेको हो । योजनाअनुसार हरेक दिन एक जना उपभोक्ताले १ लाख ३३ हजार ३४ रुपैयाँ जित्नेछन् भने महिनामा दुई पटक हुने बम्पर उपहारमा दुई जनाले […]