२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

महेन्द्र मोरङका पुर्व विद्यार्थीहरु संगठित, घिमिरेले पाए नेतृत्व

अविस्मरणीय र अकल्पनीय योगदान पुर्याउने प्रतिवद्धता
Logo

विराटनगर, भाद्र ४

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका पुर्व विद्यार्थीहरु संगठित भएका छन् । क्यापसको सभाहलमा आज भएको पुर्व विद्यार्थीहरुको भेलाले संगठनका लागी नेतृत्व समेत चयन गरेको छ । एम.एम.ए.एम.सी आल्मुनाई एशोशिएसन नाम दिईएको उक्त संगठनको पहिलो नतृत्वमा (अध्यक्ष) भिम घिमिरे चुनिएका छन् । घिमिरे हाल उद्योग संगठन मोरङका अध्ययक्ष समेत रहेका छन् ।
त्यस्तै उपाध्यक्षमा कृष्ण कार्कि, महासचिवमा लिला ढुंगेल, कोषाध्यक्षमा गंगा राई, सचिवमा संजु कुमारी साह छानिएका छन् । सदस्यमा उद्धव भट्राई र शिव प्रसाद अधिकारी चयन भएका छन् ।
कार्यक्रममा बोल्दै एम.एम.ए.एम.सी आल्मुनाई एशोशिएसनका नवनिर्वाचित अध्यक्ष भिम घिमिरेले आफ्नो कार्यकालमा विश्वभरका फैलिएका मेहेन्द्र मोरगका विद्यार्थीलाई संगठित गरी विद्यालयका लागी अविस्मरणीय र अकल्पनीय योगदान पुर्याउने प्रतिवद्धता व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]