०४ साउन २०८३, सोमबार
20-07-2026 , Mon
Gold Silver Price (Asar 24, 2083, WED)
Fine Gold 1 Tola NRs. 287600
Silver 1 Tola Nrs. 4515

भारतीय भोजपुरी कलाकार खेसारीलाल आउँदा, बर्जु महोत्सवमा जनताको टाउको फुट्यो, जिम्मेवार को…?

Logo

निरज बस्नेत
बर्जु, माघ ४
बर्जु जुवाजन्य महोत्सवको अन्तिम दिन मंगलवार दर्जनौंको टाउँको फुटेको छ । भारतीय भोजपुरी कलाकार खेसारीलाल यादव बर्जु महोत्सवमा आउँदा सो घटना हुन पुगेको हो ।

यसअघि पनि खेसारीलाल आउँने तयारी गर्दा ठूलो झडप भएको थियो । आयोजक समितिले विना तयारी हचुवाको भरमा यस्तो कार्यक्रम गर्दा अन्ततः नेपाली जनताकै टाउँको फुटेको छ ।

घाइतेको विराटनगरस्थित नोवेल अस्पतालमा उपचार भइरहेको छ । यसको प्रमुख जिम्मेवारी बर्जु ताल समितिका अध्यक्ष एवं महोत्सव समितिका समेत संयोजक रहेका श्रवण चौधरी मुख्य जिम्मेवार हुनुपर्दछ । चौधरीकी श्रीमती हाल बर्जु गाउँपालिकाकी उपाध्यक्ष हुन् । यसमा बर्जु गाउँपालिका पनि स्वभावत् मुछिएको देखिन्छ ।

गाउँमा यसअघि खेसारीलालकै कारण तेत्रो मानवीय क्षतिको साथमा करौडौंको जिन्सी सामानमा तोडफोडको घटना भएकै थियो । फेरी महोत्सवमा खेसारीलाई नै प्राथमिकता दिएर ल्याइनुलाई रहस्मय तवरले टिप्पणी गरिदैछ ।

भारतीय कलाकारलाई ज्यादा प्राथमिकतामा राखिनु अनि नेपाली कलाकारलाई वेवास्ता गरिने यो परिपाटीले समग्रतामा आम नेपाली कलाकारप्रतिको यो अपमान भएको देखिन्छ । त्यसमाथि आपत्ति त यस मानेमा छ की रु १६ लाख भारु रकम खर्चेर भारतीय कलाकारलाई प्रमोसन गर्नु त्यस्तो के नै जरुरी थियो र ? प्रश्न गम्भिर छ ।

यसमा आयोजक समितिका सवै दोषी छन् । अझ प्रमुख भएका नाताले श्रवण चौधरी त झन् बढी दोषी देखिन्छन् । यसका वावजूद गाउँपालिका अध्यक्ष जीवच्छ कुमार राय लगायत प्रमुख प्रशासकीय अधिकृत लगायत अन्य समेत केही हदसम्म दोषी देखिन्नछन् ।

फेरी प्रहरीलाई बल प्रयोग गरी जनताको टाउँकोमा नै टाउँको फुट्ने गरी भर्कुनुपर्ने त्यस्तो के आपत् आईलाग्यो ?

अतः आगामी दिनमा यस्तो गल्ती फेरी नदोहोरियोस् । रु १०० भनिएको टिकटमा रु ५०० क्षणभरमै नबनाइयोस् । जसले जहाँबाट सकिन्छ, नेपाली जनता नै लुट्ने काम आगामी दिनमा बन्द गरियोस् । र, सिंगो गाउँपालिकाभित्र कहाँ कस्ता कार्यक्रम हुदै छन्, यसतर्फ गाउँपालिकाका नेतृत्वकर्ताहरुले समयमा नै ध्यान पुर्याउनु अत्यन्तै जरुरी हुन जान्छ ।

आम पब्लिकको त यसमा रत्तिभर गल्ती देखिदैन । गाउँमा महोत्सप लाग्यो । भारतबाट कलाकार आयो । बस् रमाइलो गर्न गएँ । रु १०० राखिएको टिकट दरलाई एक्कासी फाइदाको लागि मनग्गै आम्दानी गर्ने हिसावले रु ५०० टिकट राख्नु आयोजकको ठूलो भूल देखियो ।

साथमा बेलैमा समन्वयकारी भूमिका खेल्न तदारुकता देखाउँन नसक्नु गाउँपालिकाका नेतृत्वकर्ताको महाभूल समेत थपियो । परिणामतः जनताको टाउँको विनाकारण फुट्यो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, जस  । नेपालकै पहिलो उद्योग वाणिज्य संघ मोरङ उद्योग व्यापार संघले अन्तर्राष्ट्रिय व्यापारिक संस्था इन्टरनेशनल चेम्बर अफ कमर्श (आईसीसी) अन्तर्गत उपलब्ध हुने विश्वस्तरीय सेवा, सुविधा र नेटवर्कमा भर्खरै मात्र पूर्ण पहुँच पाएको छ । संघले सन् २०२५ देखि नै आईसीसीको सदस्यता प्राप्त गरे पनि सोअन्तर्गतका वास्तविक सुविधा र अवसरहरु उपयोग गर्ने बाटो भने भर्खरै […]

विराटनगर, असार २१ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री डा. इस्राईल मन्सुरीको पहलमा सहकारी पीडित बचतकर्तालाई राहत दिने उद्देश्यले सञ्चालन गरिएको बचत फिर्ता अभियान प्रभावकारी रूपमा अघि बढिरहेको छ। प्रदेश सरकारका अनुसार हालसम्म कोशी प्रदेशभर ३ करोड ८४ लाख ६५ हजार ३२१ रुपैयाँ ७४ पैसा (रु. ३८,४६५,३२१.७४) बचतकर्ताको बैंक खातामा सिधै जम्मा […]

विराटनगर।  लायन्स क्लब अफ विराटनगरको लायन्स वर्ष २०२६/२७ का लागि चाँद ईराकी अध्यक्ष पदमा चयन भएका छन्। नयाँ नेतृत्व चयनसँगै क्लबले सामाजिक सेवा र समुदायमुखी कार्यक्रमलाई अझ प्रभावकारी ढंगले विस्तार गर्ने अध्यक्ष ईराकीले बताउनुभयो । नवनिर्वाचित अध्यक्ष ईराकीले मानव सेवा, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा परिणाममुखी र दीर्घकालीन कार्यक्रम सञ्चालन […]