१४ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

अस्पताल खर्च ६ लाख, औषधी खर्च ७ लाख

उपोभोक्ता ठगीरहदा राज्य बेखबर
Logo

दिनेश खड्का
विराटनगर, भाद्र ५
विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भएका एक विरामीको औषधी खर्च ७ लाख रुपैयाँ पुगेको छ । उत्ता अस्पताल खर्च भने ६ लाख रुपैयाँ मात्र भएको अस्पताल प्रशासनले जनाएको छ । यसरी अस्पताल भन्दा औषधी खर्च बढी आएपछि विमारीको आफन्तजन चकित परेका छन् ।
विरामी भारतको अररिया जिल्लाका बथनाहा निवासी मो. सिराज अंसारीको हुन् । सवारी दुर्घटनामा परी सख्त घाईते भएको अंसारीलाई दुई महिना अघि उपचारका लागी न्यूरो अस्पताल ल्याईएको थियो । सबै उपचार सकिएपछि अस्पताले अंसारीलाई भदौ २ गते डिस्चार्च गरी घर लैजान भनेको थियो ।
अस्पतालको निर्देशन अनुसार विमारीका आफन्तजनले अंसारीलाई डिस्र्जाच गरी घर फर्काउने क्रममा औषधिको पैशा तिर्नु बाँकी छ भन्दै सत्यम नेपाली नाम गरेका एक व्यक्तिले बिचबाटो बाटै बिरामी बोकी घर जादै गरेको एम्बुलेन्स पुनः अस्पताल फर्काउन लगाए । सत्यम नेपाली न्यूरो अस्पतालको परिसरमा रहेको निलगौरी औषधि पसलको संचालक हुन् ।

सत्यम,निलगौरीका संचालक

बिमारीका पिता मो.सदिक अंसारीका अनुसार फार्मेसीको सम्पूर्ण रकम तिरिसकेपनि फजुलका रकम जोडी थप पैशा तिर्न सत्यम नेपालीले दवाब दिएको बताए । उनले भने  “हामीले करिब चार लाखभन्दा बढी पैशा फर्मेसीलाइ तिरिसकेका छौं, हामीले के को चार लाख भयो भनेर एउटा पर्ची पनि मागेनौं अन्त्यमा आएर सत्यम नेपालीले बिल ७ लाख पुगेको छ थप ३ लाख रुपैयाँ दिनुपर्छ भन्दै बिचबाटो बाटै हामीलाई फर्कायो ”
बिचबाटोबाट अपमानित हुदै अस्पताल फर्किनु परेपछि विरामीका आफन्तजनले अस्पताल परिसरमा केही बेर हंगामै मच्याए । आफु ठगीमा परेको भन्दै विरामीका आफन्तजनले प्रहरी, पत्रकार, नागरिक समाज एवं अस्पतालको प्रशासनलाई तत्काल गुहार मागे ।

गुहारवाट जम्मा भएको जमातलाई फर्मेसीको कुरामा विश्वास नलागेपछि के के सामान खरिद भएको हो भनी ७ लाखको बिल तत्काल पेश गर्न निलगिरि फर्मेसीलाई दावाब दियो । बिल कुराआएपछि फामेर्सीका संचालक सत्यमले बिल पनि नदिने र विरामीसँग थप ३ लाख पनि नलिने आपसी सहमती गर्दै केस त्यही डिसमिस गरिदिए । सात लाखको बिल दिन नसकेपछि नगरिक समाजले फामेर्सीले ठगी गरेको हुनुपर्ने अड्कल काटेपनि, फामेर्सी र विरामी पक्षविच भएको सहमतिको कारण कसैले केहि बोल्न सकेनन् ।
अर्कोतर्फ निलगरि संचालक सत्यम नेपालीले अस्पताल र नागरिक समाजको दावाबमा आफुले घाटा वेहोर्रनु परेको प्रतिक्रिया दिएका छन् । बिल चानचुन ७ लाखकै भएपनि दावाब खेप्न नसकेपछि आफुले घाटा खाएर विमारीलाई जान दिएको सत्यम बताउछन् ।
यी सबै घटना न्यूरो अस्पतालकै डिजाईनमा भएको समेत सत्यमले आरोप लगाएका छन् । बाहिरको फामेर्सीले गरि खाएको देख्न नसक्ने प्रवृति अस्पताल संचालनहरुको रहेको र बारम्बार अस्तालले विरामीलाई औषधीको पैशा नतिरिकनै फारर हुन सहयोग पुर्याईरहेको सत्यमको गुनासो छ ।
उपोभोक्ता ठगीरहदा राज्य बेखबर
पछिल्लो समय विराटनगरमा ठुला अस्पताल आसपास संचालित फार्मेसीहरुले आनाहक बिल बनाएर बिरामीहरुसँग बढीभन्दा बढी पैशा लिई ठगी गर्ने गरेका छन् ।
अस्पतालको भन्दा औषधीको बिल बढी आएपछि, ठगी गर्ने फार्मेर्सीको लिष्टमा अब निलगिरि फार्मेसीको नाम समेत थपिने हो की ? वा संचालक वास्तवमै अन्यायमा परेका हुन् यो कुरा बाहिर आउने जरुरी छ । यस विषयको तथ्यसत्य राज्यको संबन्धित निकायहरुले छानबिन गरेपछि मात्र बाहिर आउने छ ।
तर उक्त घटनामा राज्यका नियामक निकायहरुले खासै चासो दिएजस्तो देखिदैन । विराटनगरमा औषधीको विषयमा छानविन, खोजीनीति तथा कारीवाही गर्न सक्ने अख्तियार प्राप्त औषीधी व्यवस्था विभागको क्षेत्रीय कार्यलयले नै छ । तर पनि घटना भएको तिन दिन बितिसक्दा पनि उक्त कार्यलय बेखबर छ वा बुझ पचाएर बसेको छ , खै के हो थाह छैन् ।
तस्तै, लेनदेन र बिलबिजकको विषयमा छानविन गर्न सक्ने अख्तियार प्राप्त आन्तिरिक राजस्व कार्यलय विराटनगरले पनि हालसम्म सात लाखको बिलको बारेमा खोजी निति शुरु गरेको छैन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]

विराटनगर,२६ साउन । विराटनगरमा रहेको आशिर्वाद डेन्टल हस्पिटलले आफ्नै सुविधासम्पन्न भवनवाट सेवा सुरु गरेको छ । आधुनिक प्रविधिका साथ विराटनगर १२ पान्चाली बाट सेवा सुरु गरेको हो । स्थापना भएको भण्डै १२ वर्ष पछाडि हस्पिटल आफ्नै भवनमा सरेको छ । हस्पिटलको शुक्रबार विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरेका छन् । उनले दन्तपरिक्षण देखि परामर्श सेवा […]