०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

फिक्सिङ आराेपमा दुई नेपाली क्रिकेट खेलाडी पक्राउ

Logo
प्रकाशित सोमबार, माघ ०९, २०७९

विराटनगर, माघ ९

फिक्सिङ गरेको आरोपमा  दुई जना नेपालका क्रिकेट खेलाडीलाई प्रहरीले सोमवार नियन्त्रणमा लिएको छ । साे आराेपमा नेपाली क्रिकेट टोलीका पूर्व राष्ट्रिय खेलाडी महबुब आलम र अहिलेका राष्ट्रिय खेलाडी आदिल अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

पूर्वराष्ट्रिय खेलाडी आलमलाई विराटनगरकाे भिन्तुना हाेटलबाट र  अन्सारीलाई सप्तरीको राजविराजस्थित पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयको खेल मैदानबाट प्रहरीले प्रक्राउ गरेकाे हाे ।

पुस ९ देखि २७ सम्म भएको खेल नेपाल टी–२० लिगका खेलमा फिक्सिङ गरेकाे उनीहरुविरुद्ध आराेप छ ।  पूर्वराष्ट्रिय क्रिकेट खेलाडी आलम अलराउण्डर हुन्, उनले २००८ मा मोजाम्बिकविरुद्धको खेलमा १० विकेट लिएर रेकर्ड राखेका छन्। अन्सारीले भने गत जेठमा मात्रै अमेरिकाविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका थिए ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]

विराटनगर ,२७ चैत । विराटनगरमा आयोजना हुने तेस्रो प्रादेशिक बहिरा क्रिकेट टि २० प्रतियोगिता बिहीबारदेखि शुरु हुने भएको छ। राष्ट्रिय बहिरा क्रिकेट सङ्घ मोरङको आयोजनामा विराटनगर– १९ स्थित वैजनाथपुर क्रिकेट मैदानमा यो प्रतियोगिता सञ्चालन हुनेछ। बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय बहिरा क्रिकेट सङ्घका अध्यक्ष मोहन तिवारीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार […]